ट्रेंडिंग:

>> प्रेस चौतारी रुपन्देहीको आयोजनामा डिजिटल मिडिया व्यवस्थापन तालिम सम्पन्न  >> लुम्बिनी वल्र्ड स्कुलले “हेप्पीनेस लाईफ” कार्यक्रम गर्दै >> दाङमा लागुपदार्थ सहित एक महिला पक्राउ >> ग्याष्ट्रो सेन्टर बुटवलमा पहिलो पटक बच्चाको ईन्डोस्कोपी >> स्वरुप फेर्दै बुटवल बसपार्क : कस्ता बन्दैछन् संरचना ? >> बन चौरी अंकित चिन्ह राखेर एमाले हुम्लाले बनायो लोगो >> एमाले रुपन्देहीको अधिवेशन जेठ १६ र १७ गते, करिब ८ सय मतदाता >> निसन्तान दम्पत्तिका लागि लुम्बिनी प्रादेशिकमा ‘आईयूआई’ सेवा सुरु >> सिईसि र धनगढी विजयी >> सुनको मूल्यमा नयाँ रेकर्ड कायम >> बुटवलमा एक पुरुष मृत अवस्थामा फेला >> प्रधानमन्त्री र देउवाबीचको भेटमा के कुरा भए ? >> नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द >> लुम्बिनीका होटेल व्यवसायीको अनिश्चितकालीन धर्ना शुरु >> समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी >> दाङका चार क्रेसर उद्योग बन्द गर्ने निर्णय >> लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र चार नगरपालिकाबीच समझ्दारी >> प्रधानमन्त्रीले बोलाए संधानिक परिषद् बैठक >> थुनामा रहेका रायमाझी अस्पताल भर्ना >> कक्षा १२ मा पढ्दै गरेकी युवतीको हत्या प्रकरण: पाल्पा अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि बुटवल ल्याइयो शव >> टी–२० सिरिजको पहिलो खेमा नेपाल ए र आयरल्याण्ड खेल्दै >> काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु >> लुम्बिनीमा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग >> दाङमा भिरबाट लडेर एकको मृत्यु  >> आईपीएलमा हैदराबादले बनायो सर्वाधिक रन, मुम्बई ३१ रनले पराजित >> यी प्रदेशमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना >> यस वर्षको एसईई आजबाट, ५ लाख भन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी हुँदै >> ‘दलित ज्ञान उत्सव’ रूपन्देहीमा >> उत्कृष्ट नतिजाको अग्रिम शुभकामना >> कस्तो जमाना ? अरुको भलाईमा परिवन्दको डर ! >> सात वर्षमा दुई पटक भाँचियोः अब कहिले बन्छ पुल ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलका मासुपसलमा मनपरी नेपालगञ्ज रोडमा सडेगलेको मासु बेचबेखन >> कर्तव्य ज्यान मुद्दाका कसुरदार १८ बर्ष पछी पक्राउ >> वीरेन्द्रनगरमा सडेको अवस्थामा महिलाको शव फेला >> भुमि सम्बन्धि समस्या दुई वर्ष भित्र समाधान हुन्छः मन्त्री अधिकारी >> मदन भण्डारी र स्टार विजयी हुदै अन्तिम चारमा >> प्रदेशको भागबण्डा टुंगिएको छैन : प्रधानमन्त्री >> रमेश खरेलद्वारा रास्वपा छाडेको घोषणा >> विनोद चौधरीसँग कुनै किसिमको पूर्वाग्रह नराखिएको गृहमन्त्रीको स्पष्टीकरण >> दाङमा १२ हजार ८ सय ९८ जना विद्यार्थीले एसइई परीक्षा दिदै >> प्रेस चौतारी रुपन्देहीद्वारा डिजिटल मिडिया तालिम सुरु >> २८ लाख ८८ हजार बराबरको अबैध सामान पक्राउ >> बुटवल १२ राजपुर खोलामा पक्की पुल निर्माण शुरु >> पाल्पामा कक्षा १२ मा पढ्दै गरेकी युवतीको घाँटी रेटेको अवस्थामा शव भेटियो >> बुटवलको मिलनचोकमा युवाहरुबीच चक्कु प्रहार, एक गम्भीर >> चेन्नईसामु गुजरात ६३ रनले पराजित >> आज यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना >> लुम्बिनी प्रदेश सरकारको चासोः नयाँ बजेट छाडेर नयाँ सरकार >> जनताको अपेक्षा अझैपनि तपसिलमा !

कोशी प्रदेश नामाकरणविरुद्ध प्रदेश सभाको बैठक अवरुद्ध गर्ने प्रयास,२३ जना पक्राउ

१४ जेष्ठ २०८०, आईतवार
१४ जेष्ठ २०८०, आईतवार

बुटवल,१४ जेठ । कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनरत पहिचान पक्षधरले प्रप्रदेश् सभाको बैठक अवरुद्ध गर्ने प्रयास गरेका छन् । सो क्रममा २३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरका विभिन्न स्थानबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

कोशी प्रदेश सभाको बैठकमा सहभागी हुन जाने प्रदेश सभा सदस्यहरूलाई अवरोध पुर्‍याएको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष सहितका नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरेको मञ्चका अध्यक्ष कुमार लिङ्देनले बताए । उनका अनुसार प्रहरीले उप महासचिव दिपा लावतीलाई पनि पक्राउ गरेको छ ।

कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका एलभी फोर्सका १७ जना कार्यकर्तालाई विराटनगरस्थित देवकोटा चोकबाट पक्राउ गरेको हो ।

उनीहरू प्रदेशसभा घेराउ गर्ने उद्देश्यले जम्मा भएका थिए । उनीहरूको साथबाट गुलेली लगायतका घरेलु हतियार समेत बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले बताए । उनका अनुसार सुरक्षा अवस्था मजबुत पारिएको बताए ।

कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएका विभिन्न पहिचान वादी पार्टी र सङ्घ संस्थाले प्रदेश सभा घेराउको कार्यक्रम राखेका छन् । उनीहरूले शनिवार बाटै विराटनगरमा प्रदर्शन गर्दै आएका छन् ।

विराटनगरमा हुने प्रदर्शनमा सहभागी हुन विभिन्न जिल्लाबाट नेता पहिचान वादी सङ्घ संस्थाका नेता तथा कार्यकर्ताहरू विराटनगर केन्द्रित भएका छन् ।

प्रदेश नम्बर १ पुन नामकरण सङ्घर्ष समितिको आयोजनामा हुने भनिएको प्रदर्शनलाई ध्यानमा राखेर सुरक्षा अवस्था कडा बनाइएको छ । शनिवार बाटै प्रदेश सभा सचिवालय आसपासका क्षेत्रमा निषेधाज्ञा जारी भएको छ ।

प्रहरीले सुरक्षा चके जाँच तीव्र बनाएको मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?