ट्रेंडिंग:

>> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप
रगत अभाव रोक्न नियमित र आकस्मिक रक्तदान

तिलोत्तमामा वृहत रक्तदानमा ५२ युनिट संकलन

१३ जेष्ठ २०८०, शनिबार
१३ जेष्ठ २०८०, शनिबार

बुटवल, १३ जेठ ।

रक्तसंचार केन्द्र बुटवलमा विभिन्न रक्तसमुहको रगतको अभाव देखिएसंगै जिल्लामा क्रियाशिल स्वयंसेवी संघसंस्थाहरुले नियमित र आकस्मिक रक्तदानलाई जोड दिएका छन् । शनिबार रुपन्देहीमा विभिन्न सामाजिक संघसंस्थाहरुले आधा दर्जन बढी स्थानमा रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सामाजिक सेवामा अग्रसर रोटरी ई क्लब अफ मेडिकोफयुजन हाईब्रीड नेपाल, लियो क्लब अफ तिलोत्तमा भृकुटी टाउन र तिलोत्तमा रक्तदाता समाजको आयोजनामा तिलोत्तमा, सुनौलो नेपाल पुरुष जागरण समुहका आयोजनामा चंंकीपुर तथा नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा बुटवलमा रक्तसंचार केन्द्रको कार्यालयमा रक्तदान भएका छन् ।

सामाजिक सेवामा अग्रसर रोटरी ई क्लब अफ मेडिकोफयुजन हाईब्रीड नेपाल, लियो क्लब अफ तिलोत्तमा भृकुटी टाउन र तिलोत्तमा रक्तदाता समाजको आयोजनामा शनिबार वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बिच तिलोत्तमा नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष कृष्ण पौडेलले रक्तदातालाई ब्लड ब्याग बितरण गर्दै उद्घाटन गरे । रुपन्देही जिल्ला रक्तदाताको हबका रुपमा विकास भएको भन्दै उनले सामाजिक कार्यमा सबैबाट सहकार्य जरुरी रहेको बताए ।

क्लबका अध्यक्ष डा प्रकाश बस्नेतले संस्थागत उदेश्य अनुसार आफुहरु निरन्तर समुदायमा रहेर विभिन्न स्वस्थ्य, शिक्षा, सशक्तिकरणका अभियान चलाउँदै आएको बताए ।
तिलोत्तमा रक्तदाता समाजका अध्यक्ष गोबिन्द बन्जाडेले रगत अभाव रोक्ने युवाहरुको अगुवाईमा स्थापना भएको समाजबाट नियमित साप्ताहिक साथै आकस्मिक रक्तदानका कार्यक्रम गर्दै आएको बताए ।

कार्यक्रममा वरिष्ठ न्युरोसर्जन चिकित्सक डा.केआई सिह केसी, वरिष्ठ कन्सल्टेन्ट प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा.अनुपा थापा, बालरोग विशेषज्ञ डा.सन्तोष पोखरेल, लियो क्लब अफ तिलोत्तमा भृकुटी टाउनका उत्तम पोखरेलले आफनो पेशा ब्यवसायसंगै सामाजिक कार्यमा अग्रसरता जरुरी रहेको बताए । कार्यक्रमलाई नेपथ्य कलेजले प्रायोजन, तिलोत्तमा बिल्डर्स, लायन्स क्लब अफ भलबारी, लायन्स क्लब अफ मणिग्रामको सहआयोजन, रोटरी क्लब अफ तिलोत्तमा रुपन्देही, लायन्स क्लब अफ बुटवल चौतारी, लायन्स क्लब अफ सिद्धार्थनगर युथको सहयोगमा भएको कार्यक्रममा ५२ युनिट रगत संकलन भएको क्लबका अध्यक्ष डा प्रकाश बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?