ट्रेंडिंग:

>> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद
पत्रकार महासंघ सदस्यता शुद्धिकरण

महासंघको खुट्टा कति बलियो ?

शुद्धिकरण भए झण्डै आधा सदस्य “आउट”, पूर्व र वर्तमान अध्यक्षमाथि नै प्रश्न, कार्यसमितिका कति जोगिएलान् ?
१३ जेष्ठ २०८०, शनिबार
१३ जेष्ठ २०८०, शनिबार

बुटवल – २०७९ वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा तिलोत्तमा नगरपालिकामा मेयरको उम्मेदवार बनेका मोहन चापागाईंले तत्कालै पत्रकार महासंघको सदस्यता त्यागेको घोषणा गरे । नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व अध्यक्ष समेत रहेका उनी चुनावमा उम्मेदवार भएपछि सदस्यता त्याग्ने पहिलो व्यक्ति हुन् ।
त्यसपछिको मंसिर ४ गते भएको संघीय र प्रदेशसभाको निर्वाचन अन्तर्गत विनोद पहाडी रूपन्देहीको क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा माओवादी केन्द्रका तर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवार बने । महासंघको पूर्व अध्यक्ष रहेका पहाडीले सदस्यता त्याग गरेनन् । नेपाल पत्रकार महासंघले चुनावमा उम्मेदवार बनेका पत्रकारहरूको सदस्यता स्वतः खारेज हुने यसअगाडि नै घोषणा गरेको थियो । तर नेपाल पत्रकार महासंघ रूपन्देहीको सदस्यता सूचीमा पहाडीको नाम अहिले पनि कायम छ ।
यी त केही प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । नेपाल पत्रकार महासंघ रूपन्देहीको ३१४ जनाको सदस्यता सूचीमा झण्डै आधा गैरपत्रकार रहेको पाइएको छ । ती मध्ये केही राजनीतिक दलमा क्रियाशिल रहेका, केही निर्वाचनमा उम्मेदवार बनेका, केहीले पत्रकारिता पेशा नै पूर्णरूपमा छाडेका, केही सरकारी तथा गैरसरकारी निकायमा कर्मचारीको रूपमा कार्यरत रहेका, केही उद्योग व्यवसाय सञ्चालन गरेर बसेका र केही विदेश पलायन भएका समेत छन् । पछिल्लोपल्ट पत्रकारितामा क्रियाशिल नरहेका हरिसुन्दर बासी, गिरी श्रीस र निजामती कर्मचारी कान्ती चुँदाली तथा देवीराम बन्जाडेले स्वेच्छिक रूपमा सदस्यता त्यागेका छन् । यसरी हेर्दा स्वेच्छिक सदस्यता त्याग्नेको संख्या रूपन्देहीमा जम्मा ५ जना मात्रै छ । तर शुद्धिकरण मापदण्डलाई पूर्णरूपमा कार्यान्वयन गराउने सवालमा महासंघको रूपन्देही नेतृत्व भने कटिवद्ध देखिएको छैन ।
केही दिनअघि यही विषयमा छलफल गर्न सञ्चारसम्बद्ध विभिन्न संगठनलाई बोलाएर महासंघले प्रतिवद्धता माग गरेको थियो । तर सबै संगठनले शुद्धिकरणमा प्रतिवद्धता जनाउँदा समेत महासंघको नेतृत्व शुद्धिकरणलाई प्रभावकारी रूपमा अघि बढाउन चाहेको देखिदैन । उक्त छलफलमा सहभागी महासंघका पूर्व अध्यक्ष हरि लम्सालले आफूले सदस्यता त्याग गरौं कि के गरौं भनेर महासंघको जिल्ला र केन्द्रीय नेतृत्वलाई सल्लाह गर्दा अहिले नत्याग्नु भनेकाले आफूले त्याग नगरेको बताएका थिए ।
यता, प्रेस युनियनका अध्यक्ष कविन्द्र नेपालले शुद्धिकरण मापदण्ड पूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने पक्षमा आफ्नो संगठन रहेको बताए । “महासंघले बनाएको मापदण्डलाई पूर्णरूपमा लागू गर्नुपर्छ”–उनले भने ।
त्यस्तै प्रेस चौतारी नेपाल रूपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले आफ्नो संगठनले सुरुदेखि नै शुद्धिकरणको मुद्दा उठाउँदै आएको बताउँदै महासंघ नेतृत्व यसमा खुट्टा नकमाईकन कार्यान्वयन गर्नुपर्ने बताए । प्रेस सेन्टर रूपन्देहीका अध्यक्ष विष्णु पोखरेलले सदस्यता शुद्धिकरण गरेर जानुपर्छ भन्ने मान्यतामा आफ्नो संगठन अडिग रहेको तर महासंघको नेतृत्वमा इच्छाशक्ति नदेखिएको बताए ।
शुद्धिकरण मापदण्ड पूर्णरूपमा कार्यान्वयन गर्ने गरी पत्रकारहरूको नामावली तयार गर्नका लागि उपाध्यक्ष विश्वास ढकालको संयोजकत्वमा उपाध्यक्ष अमृता अनमोल, सचिव विनोद परियार, कोषाध्यक्ष सन्जय सौगात र सदस्य विरेन्द्र कुँवर रहेको समिति गठन गरिएको छ । यस सन्दर्भमा समितिका संयोजक विश्वास ढकाल भन्छन्–“सबै सदस्यहरूको सन्दर्भमा बुझ्ने र छानविन गर्ने काम भइरहेको छ । हाम्रो काम छानविन गरेर प्रदेश मार्फत केन्द्रलाई सिफारिस गर्ने हो । शाखाको सिफारिसका आधारमा केन्द्रले शुद्धिकरण गर्ने हो । शुद्धिकरण गर्ने काम हाम्रो होईन ।” रूपन्देहीमा करिब १०० जनाको सदस्यता शुद्धिकरणमा पर्ने उनले दाबी गरे । तर पनि उक्त समितिले अहिलेसम्म के गरिरहेको छ भन्ने कुनै ठोस काम भने देखिएको छैन । महासंघका पूर्व अध्यक्षहरू पत्रकारितामा क्रियाशिल छन् कि छैनन् भन्ने बारेमा यो तथ्य हेरौं ।

१. बालकृष्ण चापागाईं
पत्रकार महासंघ रूपन्देहीका प्रथम अध्यक्ष हुन् बालकृष्ण चापागाईं । उनले विं.सं.२०४१ देखि २०५१ सम्म महासंघको नेतृत्व गरेका थिए । उनी सुरुदेखि नै पत्रकारितामा व्यवसायिक रूपले क्रियाशिल हुन् । चुनावमा उम्मेदवार बन्न पटक–पटक आकांक्षा राखेका उनी उम्मेदवार बन्न भने पाएनन् । अहिले पनि दैनिकपत्र दैनिकको प्रधानसम्पादक र सञ्चालक छन् ।

२. विनोद पहाडी
विनोद पहाडीले २०५३ देखि २०५५ सालसम्म पत्रकार महासंघ रूपन्देहीको नेतृत्व गरे । उनी दोस्रो कार्यकालका लागि २०५५ देखि २०५८ सम्म पनि महासंघको नेतृत्व सम्हाले । उनी संविधानसभा सदस्य समेत हुन् । राष्ट्रिय दलित पत्रकार संघको केन्द्रीय अध्यक्ष समेत रहेका पहाडी गत प्रदेशसभा निर्वाचनमा रूपन्देही ५ (१) बाट उम्मेदवार बनेका थिए । पत्रकार महासंघले निर्वाचनमा उम्मेदवार बनेकाहरूको सदस्यता स्वतः खारेज हुने भनेको थियो, तर सदस्यता यथावत रहेको छ ।

३. हरि लम्साल
हाल पत्रकारिता पेशामा नरहेका हरि लम्सालले २०५८ देखि २०६१ सम्म पत्रकार महासंघ रूपन्देहीको नेतृत्व गरे । उनी नेपाली काँग्रेसको तर्फबाट दुई कार्यकालका लागि रूपन्देही–२ को क्षेत्रीय सभापति समेत बने । तर २०७९ वैशाख ३० मा स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरको मेयरका लागि टिकट नपाएपछि काँग्रेसको सदस्यता त्यागेर स्वतन्त्र रहने घोषणा गरे । उनले मुख्य पेशाको रूपमा उद्योग व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

४. डि.आर. घिमिरे
डिआर घिमिरेले २०६१ सालदेखि २०६४ सालसम्म महासंघको जिम्मेवारी सम्हाले । उनी बिगतमा मेचीकाली दैनिकको सम्पादक भएर लामो समय क्रियाशील रहे । त्यसपछि उनले स्वाधिन साप्ताहिक निकाले भने हाल उनी इखबर नेपाल डटकम चलाउँछन् । घिमिरे एमाले लुम्बिनी प्रदेशको प्रचार विभाग प्रमुख हुन् ।

५. मोहन चापागाईं
मोहन चापागाई २०६४ सालदेखि २०६७ साल सम्म पत्रकार महासंघको अध्यक्ष भए । गत स्थानीय तहको निर्वाचनमा तिलोत्तमाबाट मेयरको उम्मेदवार बनेका चापागाईंले सदस्यता त्याग्दै नैतिकता देखाए । उनी अहिले भने दैनिक लुम्बिनी पत्रिकाको अध्यक्ष छन् ।

६. दीपक ज्ञवाली
दीपक ज्ञवाली २०६८ सालदेखि २०७० सालसम्म पत्रकार महासंघ रूपन्देहीको अध्यक्ष रहे । अहिले उनी गोरखापत्रको विज्ञ सल्लाहकारको रूपमा काम गर्छन् । यसअघि गोरखापत्रको लुम्बिनी प्रदेश संयोजकको रूपमा कार्यरत थिए । उनी मिडिया बाहेक अन्यत्र कतै संलग्न भएको देखिदैन ।

७. शेरबहादुर केसी
शेरबहादुर केसी पत्रकार महासंघ रूपन्देहीमा २०७० सालदेखि २०७३ सालसम्म अध्यक्ष थिए । उनी तत्कालीन प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार भएर काम गरे । उनी अहिले दैनिक लुम्बिनीमा सम्पादक छन् । नेकपा एमालेका प्रदेश कमिटी सदस्य रहेका उनी कालिका मानवज्ञान माविका पार्टटाइम शिक्षक समेत हुन् ।

८. यानेन्द्र जिसी
यानेन्द्र जिसी २०७३ सालमा रूपन्देही पत्रकार महासंघको अध्यक्ष बने । उनी निवर्तमान अध्यक्ष हुन् । अहिले उनी दैनिक लुम्बिनीमा कार्यरत छन् । उनी मिडिया बाहेक अन्यत्र कुनै पेशा व्यवसायमा संलग्न रहेको देखिदैन ।

वर्तमान कार्यसमिति
सदस्यता शुद्धिकरण मापदण्ड पूर्णरूपमा कार्यान्वयन गर्ने हो भने महासंघको वर्तमान नेतृत्वमा रहेका धेरैजना शुद्धिकरणमा पर्ने अवस्था छ । त्यसैले पनि महासंघ नेतृत्व शुद्धिकरणलाई पूर्णरूपमा कार्यान्वयन गर्ने पक्षमा देखिँदैन । महासंघका अध्यक्ष रामराज पोखरेल भन्छन्–“हामीले स्वेच्छिक रूपमा सदस्यता त्यागको आह्वान गरेका छौं, यसभन्दा अघि बढेर जोखिम लिन सकिँदैन ।” उनी आफू पनि मिडिया संस्था बाहेक अन्य संस्था इन्टेलेक्च्युअल बोर्डिङ स्कुल बुटवलका कर्मचारी (प्रबन्ध निर्देशक) हुन् भने सजिलो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत हुन् । लुम्बिनी अनलाईनका सम्पादक रहेका पोखरेलले शुद्धिकरण मापदण्ड पूर्णरूपमा लागू गर्दा धेरै जना फालिने तर आफू त्यो जोखिम लिने पक्षमा नरहेको बताए ।
महासंघका कोषाध्यक्ष सन्जय सौगात अहिले पत्रकारिता पेशा छोडी व्यवसाय चलाउँछन् भने कार्यसमिति सदस्य हरिकला (कमला) अधिकारी नेपाली काँग्रेस रूपन्देहीको कार्यसमिति सदस्य छन् । यस्तै अर्का सदस्य मोहन न्यौपाने पाँच वर्षदेखि तिलोत्तमा नगरपालिकाका करार कर्मचारी हुन् ।
टक (टंक) सुनार लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका कर्मचारी हुन् । कविराज (कपिल) अधिकारी प्रदेश सभा सचिवालयका कर्मचारी हुन् भने सदस्य राजाराम (राज) चौधरी पनि पत्रकारितामा सक्रिय छैनन् । उनी ल्याङ्ग्वेज ट्रेनिङ्ग सेन्टर चलाएर बसेका छन् । त्यसबाहेक मूल पेशा पत्रकारिता नबनाएका धेरै व्यक्ति पनि पत्रकार महासंघ रूपन्देहीको सदस्यता सूचीमा छन् । तीनलाई अहिलेसम्म पत्रकार महासंघ रूपन्देहीको नेतृत्वले स्वेच्छिक रूपमा सदस्यता त्याग्न आह्वान गर्ने बाहेक केही गर्न सकेको छैन । “शुद्धिकरण मापदण्डलाई कडाइपूर्वक लागू गर्दा पत्रकार महासंघको कार्यसमितिमै रहेका धेरैजना फालिने भएकोले महासंघको नेतृत्वले हिम्मत गर्न सकेको छैन”–महासंघका एक पूर्व अध्यक्षले भने ।
नेपाल पत्रकार महासंघको सदस्य शुद्धिकरणका लागि १५ वटा मापदण्ड बनाइएको छ । महासंघले सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गर्दा शुद्धिकरणका लागि बनाइएका १५ वटा मापदण्ड कार्यान्वयन गर्ने घोषणा समेत गरेको छ । कतिपय जिल्लामा यसको कार्यान्वयन समेत सुरु भैसकेको छ ।
महासंघका महासचिव रोशन पुरीको संयोजकत्वमा शुद्धिकरणका लागि मापदण्ड बनाउने समिति बनाइएको थियो । सो समितिले मापदण्ड तयार गरी जिल्ला र प्रदेश समितिलाई परिपत्र गरेको छ । महासचिव पुरीका अनुसार अब राजनीतिक दलमा आवद्धहरूको सदस्यता नवीकरण हुनेछैन । यस्तै पत्रकारिता छाडेकाहरूको पनि सदस्यता नवीकरण गरिने छैन भने कहिलेकाँही मात्र पत्रकारिता गर्नेहरूको पनि सदस्यता नवीकरण हुनेछैन । विदेश गएका, सरकारी वा गैरसरकारी क्षेत्रका कर्मचारीलगायतको पनि सदस्यता नवीकरण नगर्ने महासंघले मापदण्ड बनाएको हो ।

छिमेकी जिल्लामा के भयो ?
शुद्धिकरण मापदण्ड बनेसँगै नवलपरासी शाखाबाट सदस्यता लिएका १७ जनाले स्वेच्छिक रूपमा सदस्यता त्यागेको घोषणा गरेका थिए । सदस्यता त्याग गरेका सदस्यहरूलाई महासंघले सम्मानसहित विदाई गरेको शाखा अध्यक्ष हरि शर्माले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ गुल्मी शाखाले सदस्यता शुद्धीकरण अन्तिम चरणमा पु¥याएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको १० औं साधारण सभामा केन्द्रीय अभियानलाई सार्थकता दिन भन्दै पूर्वअध्यक्ष जनार्दन घिमिरे संयोजक रहने गरी निवर्तमान अध्यक्ष नवराज भुसाल र कार्यसमिति सहसचिव तिलाचन पाण्डे सदस्य रहने गरी कार्यदल गठन गरिएको थियो ।
कार्यदलका संयोजक घिमिरेले केन्द्रीय शुद्धीकरण अभियानलाई पूर्ण कार्यान्वयन गर्ने बताए । ‘सदस्यता शुद्धीकरणमा हामीलाई प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको छ’ संयोजक घिमिरेले भने, ‘हामीले क्रियाशील पत्रकारको मात्र सदस्यता कायम राख्ने गरी सुझाव दिन्छौं ।’
पत्रकारितामा योगदान गर्ने सदस्यहरूलाई मानार्थसहित सम्मान र पत्रकारिता नगर्नेलाई ससम्मान बिदाइ गरिनेछ । हाल ८५ जना सदस्य रहेको गुल्मी शाखामा कार्यदलले क्रियाशील पत्रकारको सदस्यता मात्र कायम राख्ने निर्णय सहितको सिफारिस प्रतिवेदन कार्यदलले तयार गरेको छ । जस अनुसार गुल्मी शाखामा मात्र २६ जना सदस्य रहने छन् ।

———————————————————————————————————————————————————————-

यस्तो छ शुद्धिकरण मापदण्ड: नेपाल पत्रकार महासंघको ‘नयाँ सदस्यता र सदस्य नवीकरण सम्बन्धमा शुद्धीकरण मापदण्ड’

सुर्खेतमा सम्पन्न साधारणसभाबाट गठन भएको महासचिव रोसन पुरी संयोजक र पूर्वमहासचिव उजीर मगर, पूर्वसचिव धर्मेन्द्र कर्ण र रामप्रसाद दाहाल सदस्यरहेको शुद्धीकरण समितिको निर्णय, लुम्बिनीमा सम्पन्न राष्ट्रिय मिडिया सम्मेलनको सुझाव र परासीमा सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार अन्तिमरुप दिइएको नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण मापदण्ड पूर्णरुपमा कार्यान्वयन गरौँ ।

१. वैशाख २५ गतेसम्म केन्द्रीय समितिले सबै सदस्यको विवरण आफ्नो वेबसाइट, फेसबुक पेज, ट्विटरलगायतबाट सार्वजनिक गर्ने, प्रदेश समितिले मातहतका सदस्यको नाम आफ्नो वेभसाइट तथा सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्ने, शाखा समिति तथा एसोसिएट संस्थाले वेभसाइट वा आफ्नो सामाजिक सञ्जालमार्फत् सदस्यता विवरण सार्वजनिक गर्ने । शुद्धीकरणका लागि प्रदेश समितिले महासचिव अनिवार्य रहेको समिति तत्काल गठन गरेर सम्पर्क नम्बरसहितको विवरण केन्द्रीय समितिलाई उपलब्ध गराउने । शाखा समितिले पनि आवश्यक समिति निर्माण गर्न सक्नेछन् ।

२. सार्वजनिक भएका साधारण सदस्यले कुन सञ्चारमाध्यममा र कहिलेदेखि (विगतमा काम गरेको र अहिले काम गरिरहेको संस्थाको नामसमेत) काम गरिरहेको भन्ने विवरण शाखा समितिले जेठ २५ गतेसम्म प्रदेश समितिमा पठाउने र प्रदेश समितिले उपलब्ध विवरण अध्यावधिक गरेर जेठ ३० गतेसम्म केन्द्रीय कार्यालयमा पठाउने । नवीकरणका हकमा महासंघको विधानको दफा ५ को उप–दफा (६) अनुसार व्यक्तिगत विवरण एक पटकका लागि (काम गरिरहेको विवरण खुल्ने कागजातहरु जस्तै, नियुक्तिपत्र वा परिचयपत्र वा संस्थागत कर्मचारी विवरणसहितका कागजात) शाखामा अनिवार्य उपलब्ध गराउने । त्यसरी प्राप्त फोटोसहितको पूर्ण डिजिटल विवरण (आवश्यक कागजातसहित) शाखाले एक–एक प्रति प्रदेश र केन्द्रीय कार्यालयलाई उपलब्ध गराउने ।
३. उपलब्ध नाम तथा काममा चित्त नबुझेमा उजुरी गर्नका लागि असार १० गतेसम्मको समय निर्धारण गरिएको छ । प्राप्त उजुरी उपर प्रदेश समितिले बनाएको समितिले आवश्यक छानवीन गरेर केन्द्रीय कार्यालयलाई असार २५ गतेसम्म जानकारी गराउने । केन्द्रमा प्राप्त सबै नाममध्ये विवादित नामका सन्दर्भमा शुद्धीकरण समितिको कार्यविधिअनुसार तत्काल टुंगो लगाउने ।
४.नयाँ सदस्यको हकमा हरेक शाखा समितिले जेठ १० गतेसम्म आवेदन लिने, आवेदनका क्रममा कहिलेदेखि कुन मिडियामा काम गरेको भन्ने प्रष्ट खुल्ने कागजात संकलन गर्ने र विधानको व्यवस्थाको पूर्ण कार्यान्वयन गरेर व्यक्तिगत फाइल नै खडा गर्ने । नयाँ सदस्यताको आवेदन उपर शाखा समितिले निर्णय लिएर प्रदेश समितिमा सिफारिस गर्ने तथा प्रदेश समितिले उक्त नामका सन्दर्भमा विवरणसहित सार्वजनिक गर्ने र जेठ २५ गतेसम्म उजुरी आव्हान गर्ने । प्रदेश समितिले असार १ गतेसम्म नयाँ सदस्यता स्वीकृति गरी अभिलेखका लागि केन्द्रीय कार्यालयलाई सिफारिस गर्ने ।
५. सदस्य नवीकरण र नयाँ सदस्यता सिफारिसका सन्दर्भमा शाखा समितिले सर्वसम्मत सिफारिस गरेका हकमा प्रदेश समितिले यहीँ मापदण्डका आधारमा निर्णय गरेर केन्द्रीय कार्यलयमा अभिलेखिकरणका लागि पठाउने । शाखाको कार्यसमितिमा विवाद भएको वा सर्वसम्मत नभएकाको वा उजुरी परेकाको हकमा प्रदेश समितिले उत्पन्न विवाद यही मापदण्डका आधारमा टुंगो लगाउने । तर, त्यसरी प्रदेश समितिमा पनि सर्वसम्मतरूपमा निर्णय हुन नसकेकाको हकमा भने शुद्धीकरण समितिले आफ्नो कार्यविधिअनुसार अन्तिम टुंगो लगाउने ।
६. प्रतिष्ठान प्रदेश अन्तरगतका शाखामा विधानअनुसारको संख्या नपुगेमा शाखा मर्जर गर्ने वा सदस्यलाई आफू खुसी जान चाहेको शाखामा स्थानान्त्रणका लागि समय दिने वा खारेजीका लागि प्रदेश समितिले केन्द्रमा सिफारिस गर्ने र शुद्धीकरण समितिले सो सिफारिस र विधानको व्यवस्थाअनुसार शाखा कायम राख्न संख्या नपुगेकाको हकमा आवश्यक निर्णय लिने ।
७. विधानको दफा ५(६) मा सदस्यता नवीकरणका लागि पत्रकारितामा निरन्तर संलग्न रहेको प्रमाण पेश गर्नुपर्ने प्रावधान रहेकाले सदस्य नवीकरण गर्दा पत्रकारिता क्षेत्रमा ३ वर्ष वा त्योभन्दा धेरै समयदेखि क्रियाशील नभएका व्यक्तिहरूलाई स–सम्मान बिदाई गर्ने र आवश्यक परेको अवस्थामा मानार्थ सदस्यतामा रूपान्तरण गर्न शाखा समितिले आवश्यक निर्णय लिने । उक्त निर्णयलाई प्रदेश समितिले अनुमोदन गरेर केन्द्रीय समितिमा पठाउने ।
८. विधानको दफा ३२ (२) मा महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भ्रातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न नपाउने व्यवस्था गरिएकाले महासंघका केन्द्रीय समिति, प्रदेश समिति र शाखा समितिका पदाधिकारी तथा सदस्यहरू राजनीतिक दल वा भ्रातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेको पाइएमा सदस्यता नवीकरण नगर्ने । राजनीतिक दलका केन्द्र, प्रदेश, जिल्ला र गाउँपालिका स्तरसम्मका सबै समितिका पदाधिकारीलाई सदस्यता पनि नदिने र नवीकरण पनि नगर्ने । प्रेस हेर्ने विभाग वा प्रेस सम्बद्ध संघसंस्थाका हकमा भने यो व्यवस्था लागू हुने छैन ।
९. मिडिया हाउसको व्यवस्थापक, बजार प्रतिनिधि, प्रशासनमा काम गर्नेहरूको हकमा सदस्यता नवीकरण नगर्ने र नयाँ सदस्यता पनि नदिने नीति पूर्णरूपमा लागू गर्ने ।
१०.जनप्रतिनिधि, निजामती स्थायी कर्मचारी (सेना, निजामति, प्रहरी, गुप्तचर, सुरक्षाकर्मीसमेत), अस्थायी, करार, सेवा आयोगहरू मार्फतका सरकारी कर्मचारी, मिडिया संस्थानबाहेकका संस्थानमा कार्यरत कर्मचारी, सरकारी कार्यालयमा करार कर्मचारीको हकमा नयाँ सदस्यता पनि नदिने र सदस्य कायम रहेको अवस्थामा नवीकरण नगर्ने । सरकारी तथा गैरसरकारी क्षेत्र, बित्तिय (सहकारी, बैंक, फाइनान्स) मा पूर्णकालीन जुनसुकै पेशामा आवद्ध भएको वा मुख्य पेशा, व्यवसाय अन्य बनाएर कहिले काहीँमात्रै पत्रकारिता गर्नेको हकमा पनि नयाँ सदस्यता प्रदान नगर्ने तथा नवीकरण नगर्ने ।
११.एसोसिएट संस्थाको हकमा जेठ मसान्तसम्म संस्था दर्ता, नवीकरणलगायतका अध्यावधिक विवरण (गत असार मसान्तसम्मको) प्रदेश समिति र केन्द्रीय कार्यालयमा उपलब्ध गराउने । संस्था दर्ता तथा नवीकरणलगायतका कागजात अद्यावधिक नगर्ने संस्थालाई विधानको दफा ५ अनुसार आवद्धता सदस्यता प्रदान नगर्ने र साधारण सदस्यताका सम्बन्धमा शुद्धीकरण समितिले एसोसिएट प्रदेशको समन्वयमा आफ्नो मापदण्डमा रहेर आवश्यक निर्णय लिने । एसोसिएट संस्थाले महासंघको सदस्यता कायम गर्नका लागि महासंघको विधानअनुसारका योग्यता पुगेका व्यक्तिलाई मात्रै सदस्यता दिने व्यवस्था मिलाउने ।
१२. केन्द्रीय साधारणसभाको अधिकारसहित म्याण्डेट, लुम्बिनीमा सम्पन्न राष्ट्रिय मिडिया सम्मेलनअनुसार साउन १ गतेसम्म शुद्धीकरण समितिले दिएको प्रतिवेदन अनुसार केन्द्रीय समितिले सदस्यता सम्बन्धि विवरणलाई सूचीकरण गर्ने । विधानको दफा ५ को उप–दफा (८) अनुसार साउन १ गतेसम्म कायम सदस्यले मात्रै आउँदो महासंघको चुनावमा मतदानमा भाग लिन पाउने व्यवस्था मिलाउने ।
१३. विभिन्न पेशा व्यवसायमा आवद्ध भएर पनि पत्रकारिता क्षेत्रमा आंशिक क्रियाशील भएका व्यक्तिलाई स्वघोषणा गरेर सक्रिय सदस्यता त्याग्नका लागि शाखा समितिले सुरुवातमै आव्हान गर्ने । त्यसरी सदस्यता त्याग गरेको लिखित जानकारी गराउने सदस्यलाई सम्मानसहित शाखाले विदाइ गर्ने र आवश्यकताका आधारमा मानार्थ सदस्यता प्रदान गर्ने ।
१४. पत्रकारिता बाहेकको अन्य कामका लागि विदेश गएका महासंघका सदस्यको हकमा ६ महिना भन्दा धेरै समय विदेशमा रहेको अवस्थामा सदस्यता निलम्वन गर्ने प्रावधानलाई लागू गरिनेछ । तर, वैदेशिक शाखा नियमावलीअनुसार महासंघका वैदेशिक शाखा र आवद्ध संस्थामा सदस्यता सार्नसक्ने प्रबन्ध मिलाउने । त्यसैगरी सदस्यता स्थानान्तरण गर्दा महासंघका अन्य सदस्य समान पत्रकारिताको क्रियाशीलताको प्रमाण पेश गर्नुपर्नेछ । नयाँ सदस्यताको हकमा विधानअनुसारको मापदण्ड लागू हुने ।
१५. महासंघको यो शुद्धीकरण अभियानलाई कार्यान्वयन गर्ने कम्तिमा १० वटा शाखा र उत्कृष्ट प्रदेश समितिलाई केन्द्रीय महाधिवेशनमा सम्मान गरिनेछ । तोकिएको समायावधिभित्र तोकिएका समितिहरूले काम सम्पन्न नगरेमा शुद्धीकरण समितिले आफ्नो कार्यविधिमा रहेर काम टुंगो लगाउने ।

कस्तो देखिन्छ, सदस्यको पत्रकारिता

क्र. स. नाम अवस्था
1 कर्णबहादुर कार्की पत्रकारितामा निष्क्रिय
2 मदन पौडेल पत्रकारितामा निष्क्रिय
3 शशी पौडेल पत्रकारितामा निष्क्रिय
4 ऋषिराम भुषाल पत्रकारितामा निष्क्रिय
5 हरि ज्ञवाली प्राचार्य, स्मृती बोर्डिङ स्कुल बुटवल
6 हरि लम्साल पत्रकारितामा निष्क्रिय, मुख्य पेशा उद्योग
7 मित्रबहादुर शाक्य पत्रकारितामा निष्क्रिय
8 सिद्धिचरण भट्टराई पत्रकारितामा निष्क्रिय (कोषाध्यक्ष, लुम्बिनी विकास कोष , नेकपा एसका केन्द्रीय सदस्य)
9 तिलक आचार्य पत्रकारितामा निष्क्रिय, रजिष्ट्रार, लुम्बिनी बौद्ध विश्वविद्यालय
10 चतुर्भुज आत्रेय पत्रकारितामा निष्क्रिय
11 दिलीप भट्टराई पत्रकारितामा निष्क्रिय
12 विनोद पहाडी प्रदेशसभा सदस्य उम्मेदवार (केन्द्रीय सदस्य माओवादी केन्द्र)
13 नारायण सापकोटा पत्रकारितामा निष्क्रिय
14 बालकृष्ण चापागाइँ पत्रकारितामा सक्रिय
15 प्रेम सुबेदी पत्रकारितामा निष्क्रिय, पोलिटब्यूरो सदस्य नेकपा क्रान्तिकारी माओवादी
16 दिल साहनी लेखक, स्तम्भकार, मुख्य पेशा कानून तथा प्राध्यापन
17 हरिष  ढकाल पत्रकारितामा सक्रिय
18 गुरुदत्त ज्ञवाली पत्रकारितामा निष्क्रिय
19 अर्जुन ज्ञवाली लेखक, स्तम्भकार
20 माधव ढुंगाना पत्रकारितामा सक्रिय
21 शम्भु पन्त पत्रकारितामा सक्रिय
22 कुलमणि ज्ञवाली पत्रकारितामा सक्रिय
23 छविलाल पाण्डे पत्रकारितामा सक्रिय
24 सुमन अधिकारी पत्रकारितामा सक्रिय
25 दिपक ज्ञवाली पत्रकारितामा सक्रिय
26 माधव ढुंगाना पत्रकारितामा सक्रिय
27 खिमानन्द भट्टराई पत्रकारितामा सक्रिय
28 यमलाल भुषाल पत्रकारितामा सक्रिय
29 डोलाराम घिमिरे प्रदेश प्रचार विभाग प्रमुख, नेकपा एमाले लुम्बिनी प्रदेश
30 गिरी श्रीस स्वेच्छिक त्याग
31 रामराज पोख्रेल प्रवन्ध निर्देशक, इन्टेलेक्चयुअल बोर्डिङ स्कुल बुटवल  तथा अध्यक्ष, सहकारी
32 माया गौतम महिला स्वास्थ्य स्वयंसेविका
33 दुर्गा पौडेल लेखक, स्तम्भकार
34 शम्भुप्रसाद शर्मा पत्रकारितामा निष्क्रिय
35 नारायण ज्ञवाली पत्रकारितामा निष्क्रिय
36 प्रेमबहादुर बस्नेत प्रध्यानाध्यापक, नवीन औद्योगिक कद्दरबहादुर रीता रायमाझी माध्यमिक विद्यालय
37 भरत के.सी. पत्रकारितामा सक्रिय
38 चेतन पन्त पत्रकारितामा निष्क्रिय
39 जीवनारायण अधिकारी प्राध्यापक, त्रिभुवन विश्वविद्यालय
40 शेरबहादुर के.सी. प्रदेश कमिटी सदस्य, नेकपा एमाले लुम्बिनी प्रदेश
41 दिपक विक पत्रकारितामा निष्क्रिय, मुख्य पेशा व्यवसाय
42 महेन्द्र थापा लेखक, स्तम्भकार
43 राजु पौड्याल पत्रकारितामा निष्क्रिय
44 दिपेन्द्र कुँवर रुपन्देही कार्यक्षेत्र बाहिर
45 युवराज पाण्डे पत्रकारितामा सक्रिय
46 रामकृष्ण भण्डारी रुपन्देही कार्यक्षेत्र बाहिर
47 विष्णुप्रसाद घिमिरे पत्रकारितामा सक्रिय
48 भवानीप्रसाद पाण्डे पत्रकारितामा सक्रिय
49 यानेन्द्र जी.सी. पत्रकारितामा सक्रिय
50 अरुण ज्ञवाली पत्रकारितामा निष्क्रिय
51 रवि पन्त पत्रकारितामा निष्क्रिय
52 भरतराज भुषाल पत्रकारिता निष्क्रिय, अध्यक्ष सहकारी
53 शोभाकान्त रेग्मी पत्रकारितामा निष्क्रिय
54 दिनेश पाण्डे प्रदेश कमिटी सदस्य, नेकपा एमाले लुम्बिनी प्रदेश
55 शारदा मल्ल पत्रकारितामा सक्रिय
56 टिपि भूषाल जिज्ञासु रुपन्देही कार्यक्षेत्र बाहिर
57 इन्दिरा अर्याल शिक्षक, सामुदायिक विद्यालय
58 हरिशुन्दर बासी स्वेच्छिक त्याग
59 प्रदीप आचार्य पत्रकारितामा सक्रिय
60 मुक्तिनाथ गैह्रे प्राध्यापक, राममणि बहुमुखी क्याम्पस
61 विश्वास ढकाल पत्रकारितामा सक्रिय
62 गोविन्दबन्धु अर्याल पत्रकारितामा निष्क्रिय
63 लक्ष्मण पौडेल पत्रकारितामा सक्रिय
64 अमृत गिरी पत्रकारितामा सक्रिय
65 रामप्रसाद आचार्य पत्रकारितामा सक्रिय
66 झविन्द्र देवकोटा पत्रकारितामा सक्रिय
67 भुवन कार्की पत्रकारितामा सक्रिय
68 सुकई कोहार पत्रकारितामा निष्क्रिय
69 भीमप्रसाद गुरुङ पत्रकारितामा निष्क्रिय
70 लोकबहादुर थापा (लोकनेश ढेंगा) पत्रकारितामा निष्क्रिय
71 यमबहादुर राना पत्रकारितामा निष्क्रिय, इन्चार्ज, देवदह नगर कमिटी नेकपा एमाले
72 ओमप्रसाद पंगेनी मुख्य पेशा कानून, अधिवक्ता
73 रमेश पोखरेल पत्रकारितामा निष्क्रिय
74 होमबहादुर पछाई (दिपेश) पत्रकारितामा सक्रिय
75 शारदा गैरे रुपन्देही कार्यक्षेत्र बाहिर
76 तिलोचन दाहाल पत्रकारितामा सक्रिय
77 नारायण पौड्याल पत्रकारितामा निष्क्रिय
78 बसन्तराज खनाल प्राध्यापक, त्रिभुवन विश्वविद्यालय
79 विक्रम खड्का पत्रकारितामा सक्रिय
80 कृष्ण मल्ल पत्रकारितामा सक्रिय
81 नारायण शर्मा पत्रकारितामा निष्क्रिय, मुख्य पेशा गायन
82 अमृता अनमोल (पाण्डेय) प्रचार प्रमुख, मदन भण्डारी स्र्पोटर्स एकेडेमी
83 खेमराज आत्रेय पत्रकारितामा निष्क्रिय
84 प्रकाश पाण्डेय पत्रकारितामा सक्रिय
85 भीष्मराज पन्थी कर्मचारी, सिद्धार्थनगर नगरपालिका
86 रेखा भुसाल पत्रकारितामा सक्रिय
87 दीवाकर पन्थी शिक्षक, निजी विद्यालय
88 शंकरप्रसाद पाण्डे पत्रकारितामा सक्रिय
89 प्रहलाद यादव
पत्रकारितामा निष्क्रिय
90 वीरेन्द्रकुमार मिश्र पत्रकारितामा निष्क्रिय
91 राजकुमार धवल पत्रकारितामा सक्रिय
92 श्यामप्रसाद बस्याल मुख्य पेशा व्यवसाय
93 कोमबहादुर गुरुङ पत्रकारितामा सक्रिय
94 टोपराज शर्मा पत्रकारितामा सक्रिय
95 बेलप्रसाद गौतम पत्रकारितामा सक्रिय
96 सुरज भण्डारी रुपन्देही कार्यक्षेत्र बाहिर (विदेश)
97 रामेश्वर भट्ट पत्रकारितामा निष्क्रिय
98 जीवलाल सापकोटा प्राध्यापक, त्रिभुवन विश्वविद्यालय
99 श्यामलाल पोखरेल पत्रकारितामा सक्रिय
100 दामोदर खनाल पत्रकारितामा सक्रिय
101 सन्जयकुमार गुप्ता पत्रकारितामा निष्क्रिय
102 कल्पना शर्मा पत्रकारितामा सक्रिय
103 बैकुण्ठ पाण्डे प्राध्यापक, त्रिभुवन विश्वविद्यालय
104 पुष्पा खनाल पत्रकारितामा सक्रिय
105 उषा कँडेल भुसाल रुपन्देही कार्यक्षेत्र बाहिर
106 गोम बहादुर कुँवर पत्रकारितामा निष्क्रिय, मुख्य पेशा व्यवसाय
107 रामविकास चौधरी पत्रकारितामा सक्रिय
108 निर्मल ढुंगाना शिक्षक, सामुदायिक विद्यालय
109 भरत पाण्डे मुख्य पेशा व्यवसाय
110 लोकबहादुर गुरुङ रुपन्देही कार्यक्षेत्र बाहिर
111 स्वस्तिक श्रेष्ठ पत्रकारितामा सक्रिय
112 विनोद परियार प्रेस कन्सल्टेन्ट (नासु, लुम्बिनी विकास कोष)
113 निरा (निरु) गौतम पत्रकारितामा सक्रिय
114 कान्ति चुदाली स्वेच्छिक त्याग
115 सन्जय सौगात विश्वकर्मा मुख्य पेशा व्यवसाय
116 प्रवीणकुमार गाहामगर पत्रकारितामा निष्क्रिय
117 कविन्द्र नेपाल पत्रकारितामा सक्रिय
118 विष्णुप्रसाद यादव पत्रकारितामा निष्क्रिय
119 दीपक गलामी शिक्षक, सामुदायिक विद्यालय
120 कपिल ज्ञवाली सचिव, मानव अधिकार तथा शान्ति समाज रुपन्देही
121 चन्द्रप्रकाश सीपी खनाल बुटवल उपमहानगरपालिकाको प्रेस सल्लाहकार
122 प्रकाश गौतम पत्रकारितामा सक्रिय
123 शान्ति विश्वकर्मा पत्रकारितामा निष्क्रिय
124 तेजेन्द्र केसी पत्रकारितामा सक्रिय
125 भगवती पाण्डे पत्रकारितामा सक्रिय
126 लक्ष्मण पोखरेल स्थायी कर्मचारी, लुम्बिनी बौद्ध विश्वविद्यालय
127 सरु राना पत्रकारितामा निष्क्रिय
128 रीता खरेल शिक्षक, सामुदायिक विद्यालय
129 राजनप्रसाद पन्थी शिक्षक, सामुदायिक विद्यालय
130 केशव भण्डारी  पत्रकारितामा सक्रिय
131 दीपक गलामी पत्रकारितामा सक्रिय
132 मीना ढकाल केन्द्रीय सचिव, मानव अधिकार तथा शान्ति समाज
133 अर्जुन काफ्ले रुपन्देही कार्यक्षेत्र बाहिर (विदेश)
134 दिनेश खड्का शिक्षक, सामुदायिक विद्यालय
135 भरत प्रधान रुपन्देही कार्यक्षेत्र बाहिर (विदेश)
136 डिल्लीनारायण पाण्डे पत्रकारितामा निष्क्रिय
137 रुद्रहरि कुँवर कर्मचारी, लुम्बिनी प्रदेशसभा
138 श्यामशंकर पाण्डे पत्रकारितामा सक्रिय
139 चन्द्रकान्त खनाल पत्रकारितामा सक्रिय
140 प्रकाश आचार्य पत्रकारितामा सक्रिय
141 इन्दिरा भण्डारी पत्रकारितामा निष्क्रिय
142 सीता विक रुपन्देही कार्यक्षेत्र बाहिर
143 उषा केसी पत्रकारितामा निष्क्रिय
144 रेनुका गिरी रुपन्देही कार्यक्षेत्र बाहिर
145 गोविन्दबहादुर घर्ती पत्रकारितामा सक्रिय
146 सुदीप भण्डारी पत्रकारितामा सक्रिय
147 नवराज अधिकारी पत्रकारितामा निष्क्रिय
148 यमकला न्यौपाने पत्रकारितामा निष्क्रिय
149 किस्मती चौधरी पत्रकारितामा निष्क्रिय
150 दीपक न्यौपाने पत्रकारितामा सक्रिय
151 माया केसी पत्रकारितामा सक्रिय
152 नरेश केसी प्रचार विभाग सचिव, नेकपा एमाले रुपन्देही
153 कमल रायमाझी पत्रकारितामा सक्रिय
154 ऋषि (आजद) आचार्य लेखक, स्तम्भकार
155 खेमराज रेग्मी पत्रकारितामा सक्रिय
156 कविराज (कपिल) अधिकारी कर्मचारी, लुम्बिनी प्रदेशसभा
157 सुमनरश्मी श्रेष्ठ पत्रकारितामा सक्रिय
158 रमेश अर्याल पत्रकारितामा सक्रिय
159 दीपेन्द्र पोखरेल मुख्य पेशा चिकित्सक
160 कृष्णप्रसाद खनाल पत्रकारितामा सक्रिय
161 चण्डीप्रसाद बस्याल पत्रकारितामा सक्रिय
162 पूर्णप्रसाद पौडेल मुख्य पेशा व्यवसाय
163 राधेश्याम विश्वकर्मा पत्रकारितामा सक्रिय
164 भरत अधिकारी शिक्षक, सामुदायिक विद्यालय
165 कमला चौधरी पत्रकारितामा निष्क्रिय
166 सावित्री रसाइली रुपन्देही  बाहिर
167 मनिकर कार्की केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी
168 खेमकुमारी (दिपु) पोखरेल पत्रकारितामा सक्रिय
169 राजाराम (राज) चौधरी पत्रकारितामा निष्क्रिय
170 युवराज कँडेल शिक्षक, सामुदायिक विद्यालय
171 ज्ञानु केसी मुख्य पेशा कानून (अधिवक्ता)
172 भोला बानियाँ पत्रकारितामा निष्क्रिय
173 विकास पराजुली पत्रकारितामा सक्रिय
174 बसन्ती (छाँया) आचार्य पत्रकारितामा सक्रिय
175 विवेककुमार विश्वकर्मा प्रेस सल्लाहकार ओमसतिया गाउँपालिका
176 खिनु गुरुङ पत्रकारितामा निष्क्रिय
177 चित्रबहादुर सुनारी मुख्य पेशा व्यवसाय
178 कमलप्रसाद न्यौपाने पत्रकारितामा निष्क्रिय
179 रिमा विसी गैरसरकारी संस्था, इन्सेक प्रतिनिधि
180 बाबुराम ज्ञवाली पत्रकारितामा निष्क्रिय
181 गुनाराम घिमिरे कर्मचारी, प्रदेश प्रमुख कार्यालय, लुम्बिनी प्रदेश
182 कल्पना तिवारी रेडियो मुक्ति व्यवस्थापक
183 खिमराज श्रेष्ठ मुख्य पेशा व्यवसाय
184 रामबहादुर गुरुङ शिक्षक, निजी विद्यालय
185 भुवन पाण्डे पत्रकारितामा सक्रिय
186 सन्जु पौडेल पत्रकारितामा सक्रिय
187 बाबुराम भुसाल पत्रकारितामा सक्रिय
188 माधव भुसाल पत्रकारितामा निष्क्रिय
189 तुल्सीराम पौडेल पत्रकारितामा सक्रिय
190 वीरेन्द्र कुँवर पत्रिका बजार व्यवस्थापक, खस्यौली साप्ताहिक
191 समीर सफीक मोहम्मद खान प्राचार्य, निजी विद्यालय
192 मानबहादुर कुँवर पत्रकारितामा निष्क्रिय, मुख्य पेशा व्यवसाय
193 माधव गौतम  मुख्य पेशा व्यवसाय (पुस्तक)
194 पार्वती न्यौपाने पत्रकारितामा निष्क्रिय
195 मोती (मोहन ) न्यौपाने कर्मचारी, तिलोत्तमा नगरपालिका
196 सुमित्रा चापागाइँ पत्रकारितामा सक्रिय
197 सुमा डुम्रे पत्रकारितामा निष्क्रिय
198 कमला अर्याल पत्रकारितामा निष्क्रिय
199 टकबहादुर सुनार कर्मचारी, मुख्यमन्त्री कार्यालय लुम्बिनी प्रदेश
200 विष्णुप्रसाद ज्ञवाली पत्रकारितामा निष्क्रिय
201 टीकाराम घिमिरे पत्रकारितामा सक्रिय
202 सपना तामाङ पत्रकारितामा निष्क्रिय
203 सिर्जना भट्टराई पत्रकारितामा सक्रिय
204 अर्जुन ज्ञवाली शाखा प्रवन्धक, बैंक
205 विजय पाण्डे मुख्य पेशा उद्योग, व्यवसाय
206 निरुकुमारी थापा पत्रकारितामा सक्रिय
207 मीना पाण्डे पत्रकारितामा सक्रिय
208 सलमान खान प्रेस सल्लाहका (कर्मचारी) सिद्धार्थनगर नगरपालिका
209 आविष्कार खनाल कर्मचारी, बैंक तथा वित्तीय क्षेत्र
210 सुजिता श्रेष्ठ पत्रकारितामा सक्रिय
211 कल्पना घिमिरे पत्रकारितामा निष्क्रिय
212 रेखा राना रुपन्देही कायक्षेत्र बाहिर (विदेश)
213 हरिकला अधिकारी जिल्ला कमिटी सदस्य, नेपाली काँग्रेस रुपन्देही
214 विजय पोखरेल कर्मचारी, लुम्बिनी प्रदेशसभा
215 सावित्रा अर्याल पत्रकारितामा सक्रिय
216 विष्णु खत्री पत्रकारितामा सक्रिय
217 गणेश पोखरेल शिक्षक, सामुदायिक विद्यालय
218 ऋषि न्यौपाने मुख्य पेशा व्यवसाय (कन्सल्टेन्सी)
219 विन्दु थापा रुपन्देही कार्यक्षेत्र बाहिर
220 गोरखप्रसाद थारु मुख्य पेशा व्यवसाय
221 मोहम्मद हबिब पत्रकारितामा सक्रिय
222 शिवकुमार चौधरी मुख्य पेशा व्यवसाय
223 सुनीता चुदाली पत्रकारितामा निष्क्रिय, कम्प्युटर अपरेटर
224 मिना पौडेल पत्रकारितामा निष्क्रिय
225 थानेश्वर घिमिरे पत्रकारितामा सक्रिय
226 नवराज कुँवर सदस्य, केन्द्रीय विज्ञान तथा प्रविधि विभाग, नेकपा एमाले
227 सूर्यबहादुर राना प्राध्यापक, त्रिभुवन विश्वविद्यालय
228 राजेन्द्रजंग रायमाझी पत्रकारितामा सक्रिय
229 भुवन जीसी पत्रकारितामा निष्क्रिय,प्रबन्ध निर्देशक साझा टिभी
230 शशि परियार पत्रकारितामा निष्क्रिय
231 प्रदीप आचार्य पत्रकारितामा सक्रिय
232 विकास गौतम प्रवन्धक, इन्स्योरेन्स कम्पनी
233 आरती गौतम परियार पत्रकारितामा निष्क्रिय
234 पुनहरि बेल्वासे पत्रकारितामा सक्रिय
235 माधवराज न्यौपाने पत्रकारितामा सक्रिय
236 देवीराम बन्जाडे स्वेच्छिक त्याग
237 फुलमाया सुनार पत्रकारितामा सक्रिय
238 हरिप्रसाद पाण्डेय पत्रकारितामा निष्क्रिय
239 शंकरप्रसाद गौतम प्राचार्य, निजी विद्यालय
240 सरिना मरासिनी पत्रकारितामा सक्रिय
241 पोषकान्त पोखरेल पत्रकारितामा सक्रिय
242 प्रकाश न्यौपाने पत्रकारितामा सक्रिय
243 जानकी थापा पत्रकारितामा निष्क्रिय
244 प्रदीप जीसी मुख्य पेशा व्यवसाय (होटल)
245 अमृत पाण्डेय नेपाली काग्रेस कालिगण्डकि गाउपालिका स्याङ्जा  क्षेत्रिय प्रतिनिधि
246 उषादेवी पन्थ पत्रिका बजार प्रवन्धक
247 कमलसिंह थारु पत्रकारितामा निष्क्रिय
248 सनु थापा पत्रकारितामा निष्क्रिय
249 खोमा तरामु लेखक, स्तम्भकार (राजनितिज्ञ)
250 प्रकाश डुम्रे पत्रकारितामा निष्क्रिय
251 शिव डुम्रे समानुपातिक उम्मेदवार, संघीय सांसद रास्वपा
252 रन्जु काफ्ले रुपन्देही कार्यक्षेत्र बाहिर
253 छवि ज्ञवाली शिक्षक, सामुदायिक विद्यालय
254 शेरबहादुर थापा पत्रकारितामा निष्क्रिय
255 नवसुजित भण्डारी मुख्य पेशा इन्जिनियर
256 योगिन्द्र पुर्विया थारु पत्रकारितामा निष्क्रिय
257 मनिराम पन्थ मुख्य पेशा फिल्म निर्देशक
258 राजकुमार यादव पत्रकारितामा निष्क्रिय
259 प्रतिमा गौतम पत्रकारितामा सक्रिय
260 जोगबहादुर सूर्यवंशी शिक्षक, सामुदायिक विद्यालय, अध्यक्ष सामुदायिक खानेपानी
261 दिनेशकुमार श्रेष्ठ पत्रकारितामा सक्रिय
262 मोहनलाल ठाकुर मुख्य पेशा व्यवसाय
263 मञ्जु टण्डन पत्रकारितामा निष्क्रिय
264 रविन्द्रप्रताप गुप्ता प्रेस सल्लाहकार, रोहिणी गाउँपालिका
265 सीता बराल मुख्य पेशा व्यवसाय
266 मुक्ति सुबेदी पत्रकारितामा निष्क्रिय (विदेश)
267 इश्वरी ज्ञवाली पत्रकारितामा सक्रिय
268 घनश्याम गौतम पत्रकारितामा सक्रिय
269 तिलक  सुबेदी कर्मचारी, बुटवल उपमहानगरपालिका
270 सन्तोषकुमार सुबेदी पत्रकारितामा निष्क्रिय
271 टीकाराम बस्याल पत्रकारितामा निष्क्रिय
272 हरिप्रसाद भुषाल पत्रकारितामा सक्रिय
273 ललित कुमार पाण्डे पत्रकारितामा सक्रिय
274 खेमानन्द पाठक पत्रकारितामा सक्रिय
275 टिका खराल पत्रकारितामा सक्रिय
276 पुजा पन्थी पत्रकारितामा सक्रिय
277 कृष्ण रणपाल बजार प्रबन्धक
278 कल्पना डुम्रे पत्रकारितामा सक्रिय
279 सुरेश  परियार कर्मचारी, लुम्बिनी सांस्कृतिक नगरपालिका
280 इन्द्र बहादुर खत्री पत्रकारितामा सक्रिय
281 राम प्रसाद भण्डारी पत्रकारितामा निष्क्रिय,बजार प्रबन्धक
282 माधव पौडेल पत्रकारितामा सक्रिय
283 ललिता घिमिरे पत्रकारितामा निष्क्रिय
284 प्रतिक पौडेल पत्रकारितामा सक्रिय
285 ह्रदयराम गुप्ता पत्रकारितामा सक्रिय
286 सावित्री घिमिरे पत्रकारितामा सक्रिय
287 चक्रपाडि डुम्रे पत्रकारितामा निष्क्रिय
288 विमल पुरी मन्त्री सचिवालय कर्मचारी, लुम्बिनी प्रदेश सरकार
289 सुरेन्द्र परियार रुपन्देही कार्यक्षेत्र बाहिर (विदेश)
290 अमृता पछिमा थारु पत्रकारितामा सक्रिय
291 विन्दु भट्टराई पत्रकारितामा सक्रिय
292 पवित्रा चौधरी पत्रकारितामा सक्रिय
293 सीमा  अधिकारी रुपन्देही कार्यक्षेत्र बाहिर (विदेश)
294 पद्मा चौधरी पत्रकारितामा सक्रिय
295 नरेश  चौधरी पत्रकारितामा सक्रिय
296 वसन्तराज वराल पत्रकारितामा सक्रिय
297 जीवराज चालिसे पत्रकारितामा सक्रिय
298 विष्णु प्रसाद घिमिरे पत्रकारितामा सक्रिय
299 नम्रता अर्याल पत्रकारितामा सक्रिय
300 अर्जुन भुषाल पत्रकारितामा निष्क्रिय
301 कृष्ण भण्डारी प्रेस सल्लाहकार (कर्मचारी) सैनामैना नगरपालिका
302 टेकराज भुषाल स्ववियु चुनावमा उम्मेदवार
303 शशी पन्थी पत्रकारितामा सक्रिय
304 अम्बिका दर्जी प्रदेश कमिटी उपाध्यक्ष, अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश
305 डोलबहादुर सुस्लिङ पत्रकारितामा सक्रिय
306 रमेश पराजुली पत्रकारितामा सक्रिय
307 गोविन्द बस्नेत मुख्य पेशा व्यवसाय कन्सल्टेन्सी
308 मदन  शर्मा पत्रकारितामा सक्रिय
309 शिवा खत्री पत्रकारितामा निष्क्रिय
310 अनिता  चौधरी पत्रकारितामा सक्रिय
311 दामोदर ढुँगाना पत्रकारितामा निष्क्रिय
312 केशव  पराजुली पत्रकारितामा निष्क्रिय
313 सिताराम चौधरी पत्रकारितामा सक्रिय
314 सन्तकुमार  श्रेष्ठ पत्रकारितामा सक्रिय

315   दिपक घिमिरे   प्रेस सल्लाहकार, सियारी गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?