ट्रेंडिंग:

>> कर्णाली प्रदेश : राजीनामा दिने तयारीमा माओवादीका मन्त्री >> प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु-गृहमन्त्री लेखक >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ >> नेप्सेमा हरियाली, ७० अंकले बढ्यो >> लुम्बिनीका प्रादेशिक अस्पतालमा निःशुल्क टिकटको व्यवस्था खारेज >> वैवाहिक बलात्कारको मुद्दामा गायक ओडलाई सफाई >> सहयोगको याचना गर्दै न्यौपाने >> परराष्ट्रमन्त्री राणालाई भारत र पाकिस्तानका समकक्षीको बधाई >> उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदुतको भेटवार्ता >> उत्तर कोरियाका कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबि >> अक्षयकुमारको सरफिरा बक्स अफिसमा असफल
वडा नं. ३ को वडा भेला

ढोका अगाडिको सरकारसँग नागरिकका गुनासा

नगरप्रमुख पाण्डेय भन्छन्– चुरे समस्या होईन सम्पत्ती हो
१३ जेष्ठ २०८०, शनिबार
१३ जेष्ठ २०८०, शनिबार

बुटवल, १२ जेठ ।

ढोका अगाडिको सरकारको रुपमा मानिने स्थानीय सरकारप्रति धेरै मागहरु लिएर जाने गरेका छन । विकास बजेटबाट भौतिक पुर्वाधारदेखि मानवीय विकास मात्र नभई ब्यक्तिगत जागिर, विवाद मेलमिलापसम्मको सोर्सफोर्सको लागि स्थानीय जनप्रतिनिधिलाई दबाब दिने गर्दछन् ।

चालू आर्थिक वर्षको प्रगति समीक्षा तथा आगामी आर्थिक वर्ष २०८०÷२०८१ को वार्षिक योजना तथा कार्यक्रम छनौटको लागि शुक्रबार वडा भेलामा धेरै स्थानीय बासिन्दाहरु आगामी बजेटमा आफ्नो टोलको विकासको योजना पेश गरे । बुटवल उपमहानगरपालिका कार्यालयको शिरमा पर्ने वडा नं. ३ विशेष प्राथमिकतामा पर्ने वडामा पर्दछ । ११ हजार २ सय २८ जनसंख्या रहेको वडामा जनज्योति आधारभुत विद्यालय र बालविकास आधारभुत गरी दुई वटा विद्यालय छन् । धार्मिक र ऐतिहासिक पर्यटकीय स्थलहरु सहश्रधारा, सिद्धबाबा, लुम्बिनी केबलकारको सबस्टेशन यही वडामा पर्दछ ।

कार्यक्रमको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उदघाटन गर्दै ज्योतिनगर पहिरो नगरको पहिलो प्राथमिकताको मुद्दा भएको बताए । स्थानीय सरकारको पहलमा रोकथामको काम भएको उनले दाबी गरे । ‘प्राविधिक रुपमा भु–अध्ययन जरुरी छ’– उनले भने । बुटवल नगरमा चुनौती बनेको ज्योतिनगर पहिरोलाई समस्या नभई सम्पत्तिका रुपमा लिएर अघि बढ्नुपर्ने उनले सुझाव दिए ।

संघ, प्रदेश सरकारको सहयोगमा दीर्घकालीन समाधान हुने गरी एक्सरे ल्याएर पूर्ण अध्ययन गरेर चेकड्याम बनाउने, वृक्षारोपण लगायतको कामलाई अगाडि बढाउने तयारी रहेको उनले बताए । बुटवलमा खानेपानीको विकराल समस्या बिस्तारै हट्दै गएको दाबी गर्दै उनले झुम्सा खानेपानी अन्तिम चरणमा पुगेसंगै समस्या हट्ने बताए । अर्कोतर्फ शिक्षाको हबका रुपमा रहेको बहुमुखी क्याम्पस ब्यवस्थापन सधै स्थानीय सरकारसंग समन्वय कमजोर देखिएको भन्दै यस विषयमा छिट्टै आवश्यक पहल गरिने उनले बताए । गोलपार्कदेखि दुर्गा मन्दिरसम्म ब्यापार बिस्तार, मासु ब्यवस्थापनको पहल अघि बढेको उनले बताए ।

कार्यक्रममा वडाअध्यक्ष विष्णु ढकालले एक वर्षको अवधिमा वडामा भएका भौतिक र मानवीय विकासको प्रगति विवरण प्रस्तुत गरे । वडामा ६८ लाख रुपैयाँ बराबरको सिलिङबाट समग्र काम गरिएको भन्दै अबका वर्षमा बजेट घट्ने बताए । आफ्नो एक वर्षको अवधिमा वडाका बाटामा रेलिङ, गमलासहित सौन्दर्यीकरण गर्ने, बाटो पिसिसि, नाला र ढक्कन लगाउने, भिमसेन मन्दिर ट्रस लगायत काम यो वर्ष सम्पन्न गरेका छन् । यसैगरी बुटवल बहुमुखीको खेलमैदान निर्माणको शुरुवात गरिएको उनले बताए । कर मुख्य आयश्रोत मुख्य हो ।

यो वर्षमा ९४ लाख ६६ हजार रुपैयाँ आय गर्न सफल भएको उनले बताए । अनलाईन फर्म, फोटोकपी मेशिन निःशुल्क सेवा दिएको उनले बताए । ज्योतिनगर क्षेत्रमा पहिरो रोकथाम, फुटट्रायल बनाउने, मिलन टोलको पहिरो रोकथामका लागि पहल गरेको उनले बताए । वडाका १२ वटा टोलहरुमा गणक खटाएर अपाङ्गता भएका, गरिबी तथा विपन्नको पहिचान गरी ६३ जनाको स्वस्थ्य बिमा गर्न सफल भएको उनले बताए । चुरेको काखमा रहेको वडा जोखिममा रहेको उनले बताए । वैदेशिक रोजगारमा जाने युवाहरुको सिफारिसमा दिन बित्ने गुनासो गर्दै सरकारबाट युवा रोजगारका लागि स्वदेशमा योजनाहरु ल्याउनुपर्ने सुझाव दिए । यसैगरी कतिपय वडामा संचालन भएका ठूलो परियोजना कार्यान्वनमा काधा हुने गरेको भन्दै फोकल पर्सन जिम्मेवारी सहित खटाउनुपर्ने उनले सुझाव दिए । आगामी वर्षका लागि सरसफाईमा स्थानिय टोल विकासलाई जिम्मेवार बनाउने, महत्वकाक्षी योजनाहरु अन्तर्गत स्वस्थ्य केन्द्रमा ल्याब संचालन गर्ने जस्ता योजनाहरु रहेको उनले बताए ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले वडाको नमुना र योजनावद्घ प्रगति विवरण प्रस्तुत भएको भन्दै सबै वडाहरुबाट यसरी नै काम गर्न सुझाव दिईन् । शिक्षा र स्वस्थ्यका हिसाबबाट पिछडिएको हुँदा पनि महिला उद्यमशिलता बढाउने गरी तालिम चलाउन सके धेरै फाईदा मिल्ने उनले बताईन् । नगरको यो वर्ष ४० करोड पनि राजश्व उठ्न मुश्किल देखिएको उनले बताईन् ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले प्रहरी र शान्ति सुरक्षाको विषयलाई निरन्तर समुदायको नेतृत्व तहसंग अन्तत्र्रिmया आवश्यकता रहने बताए । समाजमा आत्महत्याको दर बढ्ने, सडक दुर्घटना, लागुऔषध वृद्धि, साईबर अपराधको विषय, सामाजिक संजालको प्रयोग र दुरुपयोग, समाजमा सामाजिक मेलमिलापको कमजोरीहरु हटाउन पनि अन्तत्र्रिmयाको ब्यापकता रहने उनले बताए । प्रोएक्टिभ र रिएक्टिभ पुलिसिङको काममा सधै आफुहरु अग्रसर रहेको भन्दै लागुऔषधको दुब्यर्सन कुलतका रुपमा युवाहरु गलत बाटोमा लागेको बताए ।

सामाजिक संजाल कुलत(एडिक्सन)बन्दै जाँदा पछिल्लो समय चुनौती देखिएको उनले बताए । कार्यक्रममा वडासदस्य पवित्रा देवि श्रेष्ठ, वडा सचिव अशोक पाण्डे, नेपाली काँग्रेसका वडासभापति लक्ष्मण पोखरेलले अवसरसंगै चुनौतीहरु रहेको वडाको विकासमा सबै एक भएर अघि बढ्नुपर्ने बताए ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?