ट्रेंडिंग:

>> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा

लुम्बिनीका प्रदेश सांसदले भने : कार्यान्वयनमुखी बजेट बनाऊ

१२ जेष्ठ २०८०, शुक्रबार
१२ जेष्ठ २०८०, शुक्रबार

बुटवल,१२ जेठ । लुम्बिनी प्रदेशका सांसदहरुले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमुखी बनाउन सरकारलाई सुझाव दिएका छन् ।

शुक्रबारदेखि सुरु भएको प्रदेशसभाको दोस्रो अधिवेशनको पहिलो बैठकमा सांसदहरुले आफ्ना धारणा राख्दै सरकारलाई कार्यान्वयनमुखी नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाएका हुन् ।

उनीहरुले आगामी आर्थिक वर्षको २०८०–०८१ बजेट तथा नीति कार्यक्रम निर्माणको पूर्वसध्न्यामा रहेकाले अघिल्लो वर्षको अनुभवलाई हेरेर कार्यान्वयनमुखी कार्यक्रम र त्यसैमा आधारित बजेट ल्याउनुपर्ने धारणा राखेका छन् ।
अधिकांश सांसदहरुले प्रदेशसभा वैठकको दिन हाजिर गर्नेबाहेक अरु काम नदिएको भन्दै सरकारको आलोचना गरे । सांसद सुमन शर्मा रायमाझीले सदनमा आउने, हाजिर गर्नेबाहेक अहिलेसम्म कुनै जिम्मेवारी नदिएको बताइन् ।

६ महिनासम्म विषयगत समिति बन्न नसकेको, सरकार बनाउने र गिराउनेबाहेक आफूहरुलाई अन्य समयमा वेवास्ता गरेको, अहिलेसम्म सदनमा कुनै विद्येयकका विषयमा प्रवेश नगराएको अधिकांश सत्तारुढ र विपक्षी अधिकांश सांसदहरुको गुनासो रहेको छ ।

एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले सरकारले दलगत स्वार्थभन्दा माथि उठेर प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दल र प्रदेशवासीको भावना र आवश्यकताको पहिचान गरी साझा ढङ्गले सरकारले बजेट निर्माण गर्ने सरकारलाई सुझाव दिएका छन् । उनले सरकारले कार्यकर्तामुखी नभई जनतामुखी बजेट र नीति कार्यक्रम बनाएर अघि बढ्न आग्रह गरे ।

सांसद आचार्यले प्रदेश सरकारका गौरवका आयोजनाहरू अघि बढ्न नसकेकाले प्रदेश सरकारले गौरवका आयोजना निर्माण र निरन्तरताका लागि आवश्यक कार्य सञ्चालन गर्नुपर्ने बताए ।

प्रदेश सरकारकै गौरवका आयोजनाहरू अलपत्र परेकाले सरकारले ती आयोजना निर्माणका लागि तदारुकता देखाउन उनले आग्रह गरे । उनले लुम्बिनी प्रदेशको समृद्धिको आधार पहिलो आधार कृषि क्षेत्रको रहेकाले कृषि क्षेत्रको विकास लागि बृहत् योजना र बजेट निर्धारण गर्न माग उनले गरेका छन् ।

त्यस्तै, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र स्वास्थ्य सेवाको स्तरोन्नतिको लागि सरकारले प्राथमिकताको योजना निर्माण गर्न सरकारलाई ध्यानाकर्षण गराएका थिए ।

सत्तारुढ नेपाली कांग्रेसका प्रम्ख सचेतक जन्मजय तिमिल्सिनाले आगामी वर्षको नीति कार्यक्रम र बजेटल प्रदेशलाई रूपान्तरण गर्ने गरी अधुरा योजनालाई पूरा गरी कृषि क्षेत्रमा आधारित योजना निर्माण प्राथमिकतामा राख्दै सरकार अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।

सरकारले प्रदेशको विकास, समृद्धि र समताका लागि आधारभूत विकास पहुँच बाहिर रहेका विकासको अभावमा बाँचिरहेका बस्तीका लागि समानतामूलक बजेटसहित जनभावना अनुरुपको बजेट र नीति कार्यक्रम लागू गर्न उनको सुझाव थियो । जसका लागि सबै सहमति र सहकार्य गरी सरकार अघि बढ्नुपर्ने सांसद तिमिल्सिनाले बताए ।

माओवादी सांसद ईन्द्रजीत थारुले प्रदेशको समृद्धि र विकासका लागि जनभावना अनुरुप बजेट तथा नीति कार्यक्रम तय गर्न प्रदेश सरकारलाई सुझाव दिएका थिए ।

जनताको भावना र विचार समेट्ने गरी सरकारले आगामी बजेट निर्धारण गरिनुपर्ने बताउँदे उनले समृद्ध लुम्बिनी प्रदेश निर्माणका लागि जनताको प्रतिनिधिको हैसियतले सरकारलाई सदैव सकारात्मक खबरदारी गर्नेसमेत बताए ।

शुक्रबारको बैठकमा प्रदेशसभा सदस्य नरमाया ढकाल, अम्बिका काफ्ले, सुमन शर्मा रायमाझी र मिनाकुमारी श्रेष्ठले सरकारलाई सुझावसहितको भनाइ राखेका थिए ।

बैठकमा मन्त्री सन्तोषकुमार पाण्डेले आन्तरिक मामिला औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित नियमको संशोधन सम्बन्धीको विधेयक प्रदेशसभा पेस गरेका थिए । लुम्बिनी प्रदेशसभाको आगामी बैठक यही जेठ १४ गते आइतबार दिउसो १ बजे बस्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?