Logo
२३ जेष्ठ २०८०, मंगलवार

राष्ट्र बैंकले २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने


बुटवल,१२ जेठ । नेपाल राष्ट्र बैंकले २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट त्यति बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो।
यही जेठ १४ गते आइतबार बोलकबोल गरिने जनाइएको छ। यसअघि यही जेठ ८ गते पनि केन्द्रीय बैंकले ३४ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल प्रक्रियामार्फत बिक्री गरेको थियो।

पछिल्लो पटक बिक्री गर्न लागिएको ट्रेजरी बिल २८ दिने अवधिदेखि ३६४ दिने अवधिसम्मका छन्। आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्न लागेको हो।

केन्द्रीय बैंकका अनुसार हाल ट्रेजरी बिलको अल्पकालीन ब्याज ७ दशमलव ९१ प्रतिशत बराबर रहेको छ। ३६४ दिनको ब्याज भने ८ दशमलव ८० प्रतिशत बराबर छ। अन्तरबैंक ब्याजदर भने ७ प्रतिशत बराबर छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?