ट्रेंडिंग:

>> नेपालगञ्जमा दिसाजन्य लेदो ब्यवस्थापनको समस्या अन्त्य >> रुख कटानको काम सुरु >> श्रम स्वीकृतिको काम एकै दिनमा हुने >> आयरल्यान्ड वुल्भ्सले दियो नेपाल ‘ए’ लाई २२३ रनको विशाल लक्ष्य >> एसईई अनुगमनका जथाभावी अनुमति पत्र रद्द >> १९ वर्षीया पद्मा सुनार हत्याका अभियुक्त सार्की सार्वजनिक >> बागमतिमा मुख्यमन्त्रीलाई विश्वासको मत दिए मन्त्रीलाई कारवाही : घिमिरे >> सडकबत्तीको महसुल तत्काल भुक्तानी गर्न पालिकाहरुलाई प्राधिकरणको आग्रह >> नमुना महिला विकास सहकारीको स्थापना दिवस >> स्थानीय वायुले देशभरको मौसम बदली >> आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको लगातार दोस्रो जित >> नेपाल ए र आयरल्यान्ड ए टोलीबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला आजदेखि >> प्रदेशमा अपाङ्गता कार्यक्रमः सीप बिर्सदै पूर्वाधारको पछिपछि >> प्रि मनसुनको जोखिम र सावधानी >> मधेशमा बिकराल बन्दै मिटर ब्याजको समस्या >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रेस चौतारी रुपन्देहीको आयोजनामा डिजिटल मिडिया व्यवस्थापन तालिम सम्पन्न  >> लुम्बिनी वल्र्ड स्कुलले “हेप्पीनेस लाईफ” कार्यक्रम गर्दै >> दाङमा लागुपदार्थ सहित एक महिला पक्राउ >> ग्याष्ट्रो सेन्टर बुटवलमा पहिलो पटक बच्चाको ईन्डोस्कोपी >> स्वरुप फेर्दै बुटवल बसपार्क : कस्ता बन्दैछन् संरचना ? >> बन चौरी अंकित चिन्ह राखेर एमाले हुम्लाले बनायो लोगो >> एमाले रुपन्देहीको अधिवेशन जेठ १६ र १७ गते, करिब ८ सय मतदाता >> निसन्तान दम्पत्तिका लागि लुम्बिनी प्रादेशिकमा ‘आईयूआई’ सेवा सुरु >> सिईसि र धनगढी विजयी >> सुनको मूल्यमा नयाँ रेकर्ड कायम >> बुटवलमा एक पुरुष मृत अवस्थामा फेला >> प्रधानमन्त्री र देउवाबीचको भेटमा के कुरा भए ? >> नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द >> लुम्बिनीका होटेल व्यवसायीको अनिश्चितकालीन धर्ना शुरु >> समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी >> दाङका चार क्रेसर उद्योग बन्द गर्ने निर्णय >> लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र चार नगरपालिकाबीच समझ्दारी >> प्रधानमन्त्रीले बोलाए संधानिक परिषद् बैठक >> थुनामा रहेका रायमाझी अस्पताल भर्ना >> कक्षा १२ मा पढ्दै गरेकी युवतीको हत्या प्रकरण: पाल्पा अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि बुटवल ल्याइयो शव >> टी–२० सिरिजको पहिलो खेमा नेपाल ए र आयरल्याण्ड खेल्दै >> काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु >> लुम्बिनीमा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग >> दाङमा भिरबाट लडेर एकको मृत्यु  >> आईपीएलमा हैदराबादले बनायो सर्वाधिक रन, मुम्बई ३१ रनले पराजित >> यी प्रदेशमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना >> यस वर्षको एसईई आजबाट, ५ लाख भन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी हुँदै >> ‘दलित ज्ञान उत्सव’ रूपन्देहीमा >> उत्कृष्ट नतिजाको अग्रिम शुभकामना >> कस्तो जमाना ? अरुको भलाईमा परिवन्दको डर ! >> सात वर्षमा दुई पटक भाँचियोः अब कहिले बन्छ पुल ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलका मासुपसलमा मनपरी नेपालगञ्ज रोडमा सडेगलेको मासु बेचबेखन >> कर्तव्य ज्यान मुद्दाका कसुरदार १८ बर्ष पछी पक्राउ
पुल नहुँदा पाँच गाउँका विद्यार्थी प्रभावित

हिउँदमा स्कुल, बर्खामा भर छैन

११ जेष्ठ २०८०, बिहीबार
११ जेष्ठ २०८०, बिहीबार

चन्द्रौटा(कपिलवस्तु),  जेठ ।- कपिलवस्तुको विजयनगर गाउँपालिकाको एक विद्यालयका विद्यार्थी जोखिमपूर्ण यात्रा गर्नबाध्य भएका छन् । वडा नम्बर–१ अवस्थित आधारभूत विद्यालय थरौलीका विद्यार्थी जोखिम मोलेर विद्यालय आवतजावत गरेका छन् ।
हिउँदको समयमा जेनतन विद्यालय जाने विद्यार्थीहरु बर्खाको समयमा भने विदालय जानबाट बञ्चीत हुदै आएका छन् । कतिपय विद्यार्थीहरुले ज्यान नै जोखिममा राखेर खोला तरी विद्यालय जाने गरेको भएपनि अधिकांस सानो उमेरका बालवालिकाहरुभने बार्खामा विद्यालय नै जादैनन ।
चिरई खोलामा पुल नभएकैकारण बालबालिका विद्यालय जाँदा बर्खाको उर्लिदो विद्यार्थी जोखिम मोलेर खोला तर्छन् । वड नम्बर–५, ६ दालपुर, नौरंगया, छुट्पाटि, खजानिया, उज्ज्वलपुरका बालबालिका छुट्पाटी–थरौलीघाट जोड्ने पुल नहुँदा जोखिम यात्रा गर्ने गरेको स्थानीय बताउँछन् । कक्षा ६ मा अध्ययनरत अर्का विद्यार्थी बन्दना पालले चिरई नदीकै कारण कैयौं पटक कक्षामा उपस्थित हुन नसकेको उनी बताउँछिन् । “नदी तर्दा कहिले काहिँ त पाठ्यपुस्तक नै लगायत बग्ने, भिज्ने गरेको छ’ ः उनले भनिन् ।
पटकपटक पुल माग गर्दा समेत सम्बन्धित निकायको ध्यान नदिँदा वर्षातको समयमा खोला तर्न जोखिम मोल्नु परेको बाध्यता रहेको शिक्षिका जसमती यादवले बताइन् । उनले भनिन् ः “पुल नहुदाँ विद्यार्थीहरूको पठनपाठन नै प्रभावित हुने गरेको छ ।“ यादवले थपिन ः “ पुल नहुदाँ विद्यार्थीहरुले जोखिम मोलेर खोला पार गर्छन, कहिले काहीँ पढाइ सुरु भैसकेपछि मात्रै विद्यालयमा उपस्थित हुन्छन्, जसले गर्दा उनीहरुलाई अध्ययनमा समस्या हुने गर्दछ ।“
खोलामा पुल नहुँदा स्थानीयलाई आवतजावत गर्न समस्या हुना थालेको छ । अधिकांश विद्यार्थी खोला तरेर विद्यालय पुग्ने गर्छन् । वर्षौदेखि पुल नहुँदा स्थानीयले ज्यानकै बाजी लगाएर खोला तर्नुपर्ने बाध्यता रहेको छ । हिँउदको समयमा जोखिम कम हुने भएपनि बर्षातको भेलमा खोला तर्न निकै सकस हुने गरेको स्थानीय कृष्ण पौडेल बताउँछन् ।
खोलाकै कारण बालबालिकालाई विद्यालय पठाउन समेत समस्या हुने गरेको अभिभावक अनिल थारुले बताए । विद्यार्थीहरु मात्रै होइन्, यहाँका स्थानियहरुले पनि घाँस दाउरा, मेलापात चिरई नदि तरेर गर्नुपर्ने बाध्यता छ’ उनले भने । बर्षातको समयमा आधा बढी विद्यार्थी विद्यालयमा अनुपस्थित हुने गरेको उनको भनाइ छ ।
विद्यालयका प्रधानाध्यापक तुल बहादुर सारुले भौगोलिक रुपले खोलाको किनारमा रहेको बताउँदै यस क्षेत्र दुर्गममा रहेको दावी गरे । उनका अनुसार विद्यालयमा करिब ५ सय विद्यार्थी अध्ययन गर्न आउने गरेको छन् । जसमध्ये २ सय ६५ विद्यार्थी पारीबाट वारी विद्यालय आउने गरेको छन् ।उक्त खोलामा पुलकालागि पटकपटक सम्बन्धित निकायमा ढोका ढकढक्याउन पुगेको स्थानीय बताउँछन् । तर यसतर्फ स्थानीय, प्रदेश तथा केन्द्र सरकारको खासै ध्यान नगएको गुनासोसमेत गरेका छन् । यता गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले पुल निर्माण खर्चिलो भएको हुनाले प्रदेश र केन्द्र सरकारसँग पहल गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?