ट्रेंडिंग:

>> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु >> नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ? >> सल्यानमा बस दुर्घटना हुंदा १३ जना घाइते >> एन्फा उपाध्यक्ष दावा लामा पक्राउ >> जँगली बँदेलले गाउँ पसेर मकैबाली खान थालेपछि स्थानीय चिन्तित >> बेष्ट ईन्स्टिच्युटले सुरु गर्यो लोकसेवा तयारी कक्षा >> घुस प्रकरणमा पोखरा महानगरका इन्जिनियर पक्राउ >> स्थानीय तहमा सडक बत्ती बापतको ३७ करोड बक्यौता, किस्ताबन्दीमा बुझाउने तयारी >> इलाम र बझाङमा उपचुनावको मतपत्र पठाइदै,इलाम २ मा १९ र बझाङमा ११ जना उम्मेदवार >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

गोकर्ण विष्टको प्रस्ताव : २०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गरौँ

१० जेष्ठ २०८०, बुधबार
१० जेष्ठ २०८०, बुधबार

 काठमाडौँ ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले २०४६ सालयता उच्च ओहोदामा रहेकाहरुको सम्पत्ति छानबिन हुनेगरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद विष्टले स्रोत नखुलेका वा कर नतिरेका सम्पत्ति जफत हुने गरी उच्च ओहोदामा रहेकाको सम्पत्ति छानबिन गर्न पनि सरकारलाई सचेत गराए।

सचिव विष्टले भ्रष्टाचार नियन्त्रणका लागि पनि उच्च ओहोदामा रहेकाको स्रोत नखुलेको सम्पत्ति राज्यले जफ्त गर्नैपर्ने आवश्यक्ता औंल्याए।

‘भ्रष्टाचार नियन्त्रणको कुरा आएको छ। मैले सम्मानित सदनसमक्ष २०४६ सालपछाडि जति व्यक्तिहरु ओहोदामा आएका छन्। ती सबैको छानबिन गरियोस्,’ उनले भने, ‘स्रोत नदेखिने कर नतिरेको सम्पत्तिलाई जफत गर्नेगरी कानुन निर्माण गरियोस्।’

सचिव विष्टले सरकारको नीति तथा कार्यक्रम मुलुकको गम्भीरतालाई महशुस गरेर नआएकाले त्यसलाई परिमार्जन गर्नुपर्ने बताए।

‘यताबाट आऊ, उताबाट जाऊ’ भन्ने नेपाली उखान चरितार्थ हुने गरी सरकारको नीति तथा कार्यक्रम आएको उनको जिकिर थियो।

‘यो नीति, कार्यक्रम कस्तो छ भने एउटा नेपालीमा उखान छ–यताबाट आऊ, उताबाट जाऊ । दाँतले चपाऊ तर केही पनि नखाऊ,’ उनले भने, ‘यही अवस्थामा नीति, कार्यक्रम आएको छ। त्यसकारण आजका गम्भीरतालाई महसुस गरेर नीति, कार्यक्रम अझ नयाँ ढंगले परिमार्जन गर्ने हिसावले सोचौँ।’

सचिव विष्टले सरकारले ल्याएको नीति तथा कार्यक्रमले मुलुकको आवश्यक्तालाई सम्बोधन गर्न नसक्ने दावी समेत गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?