ट्रेंडिंग:

>> नासिंदै चौपारीहरु : गमलाको पिपल पूजा गर्दै, संस्कृति जोगाउँदै >> भारतले रोक्यो नेपाली चिया निर्यात,१७ ट्रक चिया भारतमा अलपत्र >> काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना, १९ जना घाइते >> सल्यान उद्योग वाणिज्य संघको मतदान सुरु >> नवलपरासीमा आगलागी : १० घर जलेर नष्ट >> आइपिओ जारी गर्दै ड्रिम इन्टरनेशनल >> एमाले प्रतिनिधि परिषद् बैठक आज, २ हजार ४ सयको सहभागिता रहने >> कथाः हेडसर >> यसरी नियन्त्रण गर्न सकिन्छ आगलागी >> सरकारसँगै फेरिन्छन भूमि आयोग >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कान्तिमा स्तरमापन परीक्षा >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु >> पेमेन्ट गेटवे प्रकरणमा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर, मधु मरासिनीलाई सफाइ >> सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा हुने >> यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै >> संजिवनी टोलको १० औ रक्तदान >> सुदूरपश्चिममा सत्ता गठबन्धन मन्त्रालय भागबण्डाको गृहकार्यमा >> विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह >> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी
मुख्य खबर

गुल्मीदरबार पूर्ण पोषणमैत्री पालिका

८ जेष्ठ २०८०, सोमबार
८ जेष्ठ २०८०, सोमबार

गुल्मी(बुटवल टुडे) जेठ । नेपालमा पहिलो गुल्मीको गुल्मीदरबार गाउँपालिकाका पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको छ । गुल्मीदरबार गाउँपालिकाका सात वटै वडामा रहेका स्वास्थ्य संस्थालाइ   पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ ।
कार्यक्रमका लुम्बिनी प्रदेश साम्सद धनेन्द्र कार्कीलेएक कार्यक्रमका विच नेपाल मै पहिलो पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरेका हुन । कार्कीले कार्यक्रममा बोल्दै यस घोषणालाइ दिगो बनाइराख्न र पोषणमैत्रि स्थानिय सासन संचालन तर्फ उन्मुख गाउपालिकालाइ गराउन आफ्नो तर्फबाट सदैव सहयोग रहने बताए ।
पोषणमैत्री स्थानीय तह घोषणाको लागि गाउँपालिकाको स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गर्न आवश्यक १६ वटा सुचक तथा मापदण्डहरु पुरा गर्न हालसम्म भएगरेका गतिविधिहरुको श्रव्य दृश्य सामाग्रि भिडियो डकुमेन्टरी प्रस्तुत गरिएको थियो ।
गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक सुचक तथा मापदणडहरु पुरा भएकोले पुर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष तथा पालिका स्तरमा पोषण सम्वन्धि गुणस्तर सुधार कार्यसमितिका अध्यक्ष सरोज कुमार थापाले जानकारी दिए ।
२०७६ साल फागुनमा गुल्मीदरबार गाउँपालिकाका संस्थापक अध्यक्ष स्वर्गिय अशोक कुमार थापाको अध्यक्षतामा पालिकास्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक बसी १७ बुँदे प्रतिबद्धता जारी गरी पोषण तथा स्वास्थ्यको क्षेत्रमा थप नविनतम क्रियाकलापहरु संचालन गर्दै ३ बर्षको अथक प्रयास पश्चात शनिवार नेपालमै पहिलो पटक गस गाउँपालिकालाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणाको लागि आवश्यक सुचकहरु पुरा गर्न सफल भएको प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थीले बताए ।
घोषणाको तयारी पूर्व गर्नु पर्ने सुचकहरु पोषण मैत्री स्वास्थ्य संस्थाहरुको लागी आवस्यक सुचकहरुको प्रमाणिाकरण, गाउँकार्यपालिकाबाट पोषणको क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता, अनुगमन, समीक्षा र मुल्याकनको काम पुरा भएको प्रमुख प्रशासकिय अधिकृत एवम् पोषण सम्वन्धि गुणस्तर सुधार कार्यसमिति सदस्य राजिव पन्थीले जानकारी दिए ।
पालिका अध्यक्ष तथा पोषण सम्वन्धि गुणस्तर सुधार कार्यसमिति समितिका संयोजक थापाले भन्नुभयो–‘पोषणको बस्तुगत बिवरणा संकलन, तयारी, बिश्लेषणा र प्रकाशन, निश्चित सुचक तथा मापदण्डका आधारमा गाउँ, वडा हुँदै शाखागत र पालिका स्तरमा पोषणा सम्पर्क व्यक्ति, पोषण डेस्क स्थापना गर्दै आगामि दिनमा पूर्ण पोषणमैत्री स्थानिय सासनका लागि समेत आवस्यक कार्योजना बनाइनेछ ।

‘पोषण बिशेष कार्यक्रमको गुणस्तर सुधार निर्देशिका २०७८ बमोजिम ७ वटै वडाका सम्पुर्ण स्वास्थ्य संस्थाहरुले सवै सूचकहरु पुरा गरेको गाउँपालिका स्वास्थ्य शाखा अधिकृत तथा पोषण सम्वन्धि गुणस्तर सुधार कार्यसमिति समितिका सदस्य सचिव नारायण प्रसाद अर्यालले जानकारी दिए । गुल्मीदरबार गाउँपालिका, जिल्ला समन्वय र स्वास्थ्य कार्यालय गुल्मीको पोषण तथा खाद्य सुरक्षा निर्देशनक समितिले अनुगमन, मुल्यांकन तथा सुचकको प्रमाणिकरण पत्र प्राप्त भएपछि घोषणा गरिएको छ ।
गर्भवति महिलाले ८ पटक पूर्व प्रसुति जाँच, प्रसुति पछीको ४ पटक जाँच गर्भवति महिलाले टिडि खोप लिएको तालिम प्राप्त स्वास्थ्यकर्मीबाट स्वास्थ्य संस्थामा सुत्केरी गराएको, २४ महिनासम्म वालवालिकहरुले नियमित वृद्धि गर्ने गरेको पाईको छ
महिला, किशोरी तथा बालबालिकाको पोषणको अवस्थामा सुधार ल्याउन र पोषण सेवाको सुनिश्चतता र दिगोपना कायमको लागि पालिकालाई पोषण मैत्री स्थनीयशासनको लक्ष्य अनुसार गाउँपालिकाका पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको गाउँपालिका उपाध्यक्ष तारा थापाको भनाई रहेको छ उनले आगामी दिनमा पोषण मैत्री स्थानीय शासन पद्धतिलाई गाउँपालिकाको नीति तथा कार्यक्रममा पनि प्राथमिकता दिइने बताईन । अनुगमन तथा सुचकहरुको प्रमाणिाकरणको लागि सुआहाराका पोषण तथा खाद्य सुरक्षा विषेशज्ञ लिल बहादुर नेपाली र स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख बोम अर्यालले गुल्मीदरबार गाउँपालिकाले सम्पुर्ण सुचक पुरा गरेकाले गाउँपालिकालाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको बताए ।
जिल्ला समन्वय समितिका प्रमुख दोर्ण खत्रीले सामाजिक अभियान परिवर्तन गर्ने बहुआयामिक पोषणमैत्री कार्यक्रम भएकाले घोषणामा दिगो बनाउनु पर्नेमा जोड दिए ।घोषणा समारोहलाई सन्देशमुसलक बनाउनको लागि कार्यक्रम स्थलको बाहिर सात वटै स्वास्थ्य संस्थाहरुको पोषण प्रर्दशनी स्टल राखिएको थियो भने कार्यक्रमको विचविचमा पोषण सम्बन्धि सन्देशमुलक गित नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा ८३ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु स्वास्थ्यकर्मीहरु विभिन्न क्षेत्रबाट सहयोग गर्ने महानुभावहरु लाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?