ट्रेंडिंग:

>> निसन्तान दम्पत्तिका लागि लुुम्बिनी प्रादेशिकमा ‘आईयूआई’ सेवा सुरु >> सिईसि र धनगढी विजयी >> सुनको मूल्यमा नयाँ रेकर्ड कायम >> बुटवलमा एक पुरुष मृत अवस्थामा फेला >> प्रधानमन्त्री र देउवाबीचको भेटमा के कुरा भए ? >> नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द >> लुम्बिनीका होटेल व्यवसायीको अनिश्चितकालीन धर्ना शुरु >> समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी >> दाङका चार क्रेसर उद्योग बन्द गर्ने निर्णय >> लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र चार नगरपालिकाबीच समझ्दारी >> प्रधानमन्त्रीले बोलाए संधानिक परिषद् बैठक >> थुनामा रहेका रायमाझी अस्पताल भर्ना >> कक्षा १२ मा पढ्दै गरेकी युवतीको हत्या प्रकरण: पाल्पा अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि बुटवल ल्याइयो शव >> टी–२० सिरिजको पहिलो खेमा नेपाल ए र आयरल्याण्ड खेल्दै >> काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु >> लुम्बिनीमा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग >> दाङमा भिरबाट लडेर एकको मृत्यु  >> आईपीएलमा हैदराबादले बनायो सर्वाधिक रन, मुम्बई ३१ रनले पराजित >> यी प्रदेशमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना >> यस वर्षको एसईई आजबाट, ५ लाख भन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी हुँदै >> ‘दलित ज्ञान उत्सव’ रूपन्देहीमा >> उत्कृष्ट नतिजाको अग्रिम शुभकामना >> कस्तो जमाना ? अरुको भलाईमा परिवन्दको डर ! >> सात वर्षमा दुई पटक भाँचियोः अब कहिले बन्छ पुल ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलका मासुपसलमा मनपरी नेपालगञ्ज रोडमा सडेगलेको मासु बेचबेखन >> कर्तव्य ज्यान मुद्दाका कसुरदार १८ बर्ष पछी पक्राउ >> वीरेन्द्रनगरमा सडेको अवस्थामा महिलाको शव फेला >> भुमि सम्बन्धि समस्या दुई वर्ष भित्र समाधान हुन्छः मन्त्री अधिकारी >> मदन भण्डारी र स्टार विजयी हुदै अन्तिम चारमा >> प्रदेशको भागबण्डा टुंगिएको छैन : प्रधानमन्त्री >> रमेश खरेलद्वारा रास्वपा छाडेको घोषणा >> विनोद चौधरीसँग कुनै किसिमको पूर्वाग्रह नराखिएको गृहमन्त्रीको स्पष्टीकरण >> दाङमा १२ हजार ८ सय ९८ जना विद्यार्थीले एसइई परीक्षा दिदै >> प्रेस चौतारी रुपन्देहीद्वारा डिजिटल मिडिया तालिम सुरु >> २८ लाख ८८ हजार बराबरको अबैध सामान पक्राउ >> बुटवल १२ राजपुर खोलामा पक्की पुल निर्माण शुरु >> पाल्पामा कक्षा १२ मा पढ्दै गरेकी युवतीको घाँटी रेटेको अवस्थामा शव भेटियो >> बुटवलको मिलनचोकमा युवाहरुबीच चक्कु प्रहार, एक गम्भीर >> चेन्नईसामु गुजरात ६३ रनले पराजित >> आज यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना >> लुम्बिनी प्रदेश सरकारको चासोः नयाँ बजेट छाडेर नयाँ सरकार >> जनताको अपेक्षा अझैपनि तपसिलमा ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पश्चिम नेपाल बस व्यवसायीमा खरेल नेतृत्वको संयुक्त व्यवसायी प्यानल घोषणा >> पर्यटकीय गन्तब्य बनाउन ‘निग्रोधाराम उत्सव’ >> दुर्गा प्रसाईंलाई दिएको हतियार इजाजत छानबिन गर्न सर्वोच्चको आदेश >> बेष्ट्रन र स्टार विजयी >> एमाले सुर्खेतका नयाँ पदाधिकारीको सपथ ग्रहण >> आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जित

बालकृष्ण खाणलाई जोगाउन कांग्रेसभित्र लबिङ

७ जेष्ठ २०८०, आईतवार
७ जेष्ठ २०८०, आईतवार

काठमाडौँ ।

नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवको दिनचर्या फेरिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस प्रभावशाली नेता बालकृष्ण खाण २७ वैशाखमा पक्राउ परेपछि सहमहामन्त्री यादव चैनमा बस्न सकेका छैनन् । पूर्व गृहमन्त्री खाणका विश्वासपात्र यादव उनको प्रतिरक्षाका लागि दिलोज्यान दिएर लागेको देखिन्छ । पार्टीभित्र र बाहिर खाणको बचाउमा उनी खरो रूपमा उत्रिएका छन् । यादवले भने, ‘बालकृष्ण दाइ निर्दोष हुनुहुन्छ । उहाँलाई फसाउन खोजिँदै छ भनेर मैले पार्टीका नेताहरूलाई जानकारी गराउने काम गरेको हुँ ।’

तरुण दल र नेविसंघ दुवैका अध्यक्ष भइसकेका खाणको पार्टीमा देशभर सञ्जाल छ । यादवको योजनाअनुसार खाण निकट नेताहरू पार्टीभित्रका नेतामाथि दबाब बढाउन परिचालन भइरहेका छन् । सहमहामन्त्री यादव आफै पार्टीका सबै जसो शीर्ष नेताको निवासमै पुगेर खाणको पक्षमा उभिदिन आग्रह गरिरहेका छन् ।

एकजना प्रहरी अधिकृतका अनुसार यादवले जिल्ला प्रहरी परिसर काठमाडौँमा रहेका खाणलाई नियमित भेटिरहेका हुन्छन् । सह–महामन्त्री यादवमार्फत खाणले आफ्नो पक्षमा कार्यकर्ता ‘मुभ’ गराउन खोजेको देखिन्छ । यादवले पार्टीको पदाधिकारी बैठक र मिडियामा खाणको खुलेर बचाउ गरिरहेका छन् । कांग्रेसमा खाणलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने कि नगर्ने भन्नेमा मतभेद हुँदा यादव खाणको पक्षमा दह्रो ढङ्गले उभिएका थिए ।
गत बुधवार र बिहीबार बसेको पदाधिकारी बैठकमा महामन्त्री गगन थापाले खाणलाई निलम्बन गर्नुपर्ने मत राखेपछि यादव जङ्गिएका थिए । वैशाख २८ गते बिहान यादवको नेतृत्वमा केही केन्द्रीय सदस्यले सभापति देउवालाई भेटेर खाणको पक्षमा उभिन दबाब दिएका थिए । केन्द्रीय सदस्य मात्र होइन, खाण निकट पार्टीका सांसदहरूलाई पनि उनले ‘मुभ’ गराइरहेको देखिन्छ ।
कांग्रेस सांसदहरू नागिनाकुमारी यादव, कान्तिका सेजुवाल, रूपा विक, सुशीला थिङ, सीता राना लगायतले खाण पक्राउबारे सभापति देउवाको ध्यानाकर्षण गराएका थिए । वैशाख ३० गते देउवा निवास धुम्बाराही पुगेर उनीहरुले खाणलाई षड्यन्त्रपूर्वक फसाइएको नसहने चेतावनी दिएका थिए ।
खाण पक्राउपछि बसेको पदाधिकारी बैठकमा निलम्बन गर्न देउवा करिब–करिब सहमत देखिन्थे । महामन्त्री विश्वप्रकाश शर्माले खाणलाई निलम्बन गर्नु अहिले पार्टीको हितमा हुने सुनाएपछि देउवा सहमत भएका थिए । तर देउवाले निलम्बन गर्ने सङ्केत गरेपछि सहमहामन्त्री महेन्द्र यादव प्रतिवादमा उत्रिए ।

त्यसपछि उपसभापति पूर्णबहादुर खड्काले खाणको निलम्बनको विषय पूर्व पदाधिकारी तहसम्म लैजानुपर्ने प्रस्ताव राखे । त्यसपछि करिब दुई दर्जन नेता उपस्थित बिहीबारको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मात्र खाणको निलम्बनको पक्षमा खुले । बाँकी नेताहरूले ‘पार्टीको साथी दुःखमा परेको बेला निलम्बन गरेर थप पीडा दिन नहुने’ मत राखे । खाणले आफू निर्दोष रहेको दाबी गरिरहेको भन्दै पार्टीले ‘तँ दोषी होस्’ भनेर निलम्बन गर्न नहुने अधिकांश नेताको राय रह्यो ।

त्यसपछि देउवाले पनि खाणलाई निलम्बन नगर्न मन बदलेको कांग्रेसका एक पदाधिकारीको जिकिर छ । यता खाणलाई निलम्बनको स्वघोषणा गर्न लगाउने पनि महामन्त्री थापाको प्रस्ताव थियो । तर, खाणले देशी–विदेशीले आफूमाथि ‘रिभेन्ज’ लिएको भन्दै निलम्बन रोक्न निकटस्थ नेताबाट देउवामाथि दबाब बढाएको नेताहरू बताउँछन् । तरुण दलका अध्यक्ष विद्वान गुरुङले पनि तरुण दलका जिल्ला अध्यक्षलाई काठमाडौँ बोलाएर पार्टी सभापतिमाथि दबाब बढाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?