ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सियारीमा रोजगारीको अवसर खोज्न रोजगार संवाद मञ्च >> स्वास्थ्य सेवा बिस्तार गर्दै आम्दा >> गण्डकीका मुख्यमन्त्रीले गरेका निर्णयविरुद्ध कांग्रेस सर्वोच्चमा >> सुदूरपश्चिमका प्रदेश प्रमुखको कदमविरुद्ध कांग्रेस र नाउपा अदालत जाने >> डढेलोले लिदै कर्णालीबासीको ज्यानः दुई महिनामा सातजनाको मृत्यु >> सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीका दुवै दाबी अस्वीकार, फेरि पेश गर्न आह्वान >> सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नेपालगञ्जमा अभियान >> सिद्धार्थ कटेजलाई हरियो स्टिकर >> सशस्त्र प्रहरीद्वारा २ सय ७२ केजी गांजा बरामद >> गाउँलेले श्रमदान गरेर मर्मत गरे पाँच किलोमिटर सडक >> लुम्बिनीमा सात संसदीय समितिका सभापति सर्वसम्मत >> वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै >> प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता >> विश्वविद्यालयहरु दलीय हस्तक्षेपबाट मुक्त हुन्छन : शिक्षामन्त्री श्रेष्ठ >> सुप्रिम सहकारी पीडितद्वारा प्रदर्शन >> सुनको भाउमा फेरि नयाँ रेकर्ड, ताेलाको १ लाख ३९ हजार २ सय रुपैयाँ >> बुटवलका छापा संचारगृहहरूको संयुक्त बैठक >> अन्डरग्राउण्डसहित बन्ने छ १२ तलाको अत्याधुनिक भवन >> शँकरनगर सामुदायिक वनमा निःशुल्क आँखाको चेकजाँच शिविर >> सुप्रिम सहकारी घोटाला प्रकरण : आजदेखि थुनछेक बहस हुने >> नयाँ बर्षले पर्यटन क्षेत्रमा दिएको उत्साह >> पर्यटनको नाममा अर्ब सकियो, न बन्यो पूर्वाधार, न आए पर्यटक >> नयाँ वर्ष सबैको घरमा उमंग बनेर आओस् >> पञ्चेबाजा बजाउँदै विद्यार्थी भर्ना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> परिवर्तनका उपलव्धिको रक्षा जरुरीः छविलाल विश्वकर्मा >> विकासको मूलधारमा जोडिन मिडियाले अभियान चलाउनुर्छ : मन्त्री शर्मा >> कृषिमा फड्को मार्दै बुटवल >> नेपालको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने कम्पनीः मुख्यमन्त्री >> नुवाकोटमा उजिरसिहको पूर्णकदको मूर्ति अनवरण >> धादिङ – काठमाडौं जोड्ने नागढुङ्गा सुरुङमार्ग छिचोलियो >> एसीसी प्रिमियर कप : हङकङविरुद्ध ८ विकेटको जितसँगै नेपाल सेमिफाइनलमा >> सशस्त्र प्रहरीद्वारा ३ लाख ८२ हजार बराबरको अवैध सामान बरामद >> ‘दुर्घटनापछिको सहजीकरणमा भलाई कोषको ठूलो योगदान’ >> हङकङद्वारा नेपाललाई १ सय १५ रनको लक्ष्य >> सुदुरपश्चिममा गठबन्धन भत्किएपनि फरक पर्दैन : ओली >> माधव नेपालको चेतावनी : लुम्बिनी,बागमति र मधेशमा पनि खतराको घण्टी >> आईएमई ग्रुपको चौथो केबलकार कैलालीको चिसापानीमा शिलान्याश >> लुम्बिनीमा १७ महिनापछि संसदीय समितिले पूर्णता पाउंदै >> राप्रपाको प्रदर्शनमा प्रहरीले हानेको अश्रुग्यासले अस्वस्थ बर्दियाका डांगीको मृत्यु >> विपदबाट एक वर्षमा झण्डै पाँचसयको मृत्यु >> आज प्रतितोला सात सय रूपैयाँले बढ्यो सुन >> एसीसी प्रिमियर कपमा नेपाल र हङकङबीच खेल हुंदै >> एमाले संसदीय दलको वैठक बस्दै >> विश्वदीपले पनि छाडे बाबुरामको साथ >> रिडी पावर कम्पनीका न्यौपानेलाई एक वर्ष कैद ,३ करोड ९८ लाख रुपैयाँ जरिवाना >> दाङमा लागुऔषध सहित महिला पक्राउ >> आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> मौसमजन्य रोगको प्रकोप र चुनौति

लोककल्याणकारी विज्ञापन रोक्ने निर्णयप्रति पत्रकार महासंघको आपत्ति

७ जेष्ठ २०८०, आईतवार
७ जेष्ठ २०८०, आईतवार

काठमाडौं,७ जेठ । छापा माध्यमलाई दिने लोककल्याणकारी विज्ञापनलाई निरन्तर गर्न विज्ञापन बोर्डलाई नेपाल पत्रकार महासंघले आग्रह गरेको छ । छापामाध्यमको हितविरुद्ध हुने निर्णय तत्काल फिर्ता लिई छापामाध्यमलाई दिने लोककल्याणकारी विज्ञापनलाई निरन्तर गर्न महासंघले ध्यानाकर्षण गराएको हो ।

बोर्डले छापामाध्यमलाई प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन बापतको रकम नपुग भएको कारण देखाउँदै जेठ १५ गतेसम्म लोककल्याणकारी विज्ञापन प्रकाशनको मात्र भुक्तानी गरिने भनी २०८०।०१।३१ गते सूचना प्रकाशित गरेको थियो । लोककल्याणकारी विज्ञापनका सम्बन्धमा बोर्डले जारी गरेको यो सूचना आपत्तिजनक र छापामाध्यमको हितविरुद्ध रहेको महासंघले ठहर गरेको हो ।
महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘छापामाध्यमलाई निरन्तर रूपमा दिँदै आएको लोककल्याणकारी विज्ञापन प्रणालीलाई समयअनुसार थप परिमार्जित र व्यवस्थित गर्दै जानुपर्नेमा सूचना प्रकाशन गरेर लोककल्याणकारी विज्ञापन स्थगित गर्ने बोर्डको यो कार्यले छापामाध्यमलाई सशंकित बनाउनुका साथै बोर्डको नियतमाथि नै प्रश्न खडा गरेको छ ।’
कोरोना सङ्क्रमणकै कारण हालसमेत विविध समस्याहरू झेलिरहेका छापामाध्यमलाई विभिन्न बहानामा बोर्डले लोककल्याणकारी विज्ञापन प्रकाशनमा यस्ता व्यवधान खडा गर्दा साना लगानी तथा स्वरोजगारमूलक छापामाध्यमहरू थप धराशायी हुने महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?