ट्रेंडिंग:

>> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा

बुटवलमा राष्ट्रिय पार्क सम्मेलन, कानुन निर्माणलाई दवाव दिने लक्ष्य

६ जेष्ठ २०८०, शनिबार
६ जेष्ठ २०८०, शनिबार

बुटवल, ६ जेठ ।

देशभरका पार्क (उद्यान) हरूले भोग्नु परेको कानुनी जटिलता र नीतिगत समस्याको पहिचान र समाधानका लागि साझा पहल गर्ने उद्देश्यसहित बुटवलमा दुई दिने राष्ट्रिय पार्क सम्मेलन शुरु भएको छ ।

बुटवलको मणिमुकुन्द सेन उद्यान र तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) को आयोजनामा बुटवलमा भएको सम्मेलनको पुर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरे ।

सम्मेलन उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका पौडेलले ऐन कानुनको अभावमा सामुदायिक वनभित्र सञ्चालित पार्कहरुले समस्या र द्वन्द्व झेल्नुपरेको औंल्याए । मानिसको शारीरिक र मानसिक स्वास्थ्य, वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनमा पार्कहरुको भूमिका महत्वपूर्ण हुने भएकाले सरकारले कानून बनाएर वैज्ञानिक ढंगले दीगो व्यवस्थापनको बाटो खोल्नुपर्ने पौडेलले बताए ।

पार्कहरुको विशिष्टिकरण र वर्गीकरण आवश्यक रहेको सुझाव दिंदै पौडेलले सिंगो नेपाललाई उद्यानै उद्यानको देश बनाउन सकिने बताए । उनले सरकारले कानून निर्माणमा बेवास्ता गरे निजी क्षेत्रबाट गैर सरकारी विधेयक दर्ता गरेर पनि कानून बनाउन सकिने सुझाए ।

फरक प्रसंगमा पुर्व अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र कहालीलाग्दो अवस्थामा पुगेकाले सरकारले प्रमुख प्रतिपक्षी लगायत सबै दल र विज्ञहरुसंग छलफल गरेर फजुल खर्च कटौति गरी राजस्वले चालु खर्च धान्नेगरी वजेट बनाउनुपर्ने सुझाए ।

सम्मेलनमा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरी, वागमति प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेल, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, मणिमुकुन्द सेन उद्यानका अध्यक्ष खेम लुइटेल, शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेलप्रसाद शर्मा, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जुवल कसजूलगायतले धेरैजसो पार्कहरु वन क्षेत्रभित्र सञ्चालनमा रहेकाले बेलाबेलामा वनसंग हुने विवाद र द्वन्द्व अन्यका लागि स्पष्ट कानुन बनाउन सम्मेलनले दवाव दिने बताए ।

सम्मेलनमा पार्क व्यवस्थापनमा नीतिगत समस्या र कानुनी जटिलताका विषयमा संविधानविद् काशीराज दाहाल र पत्रकार डिआर घिमिरेले छुट्टाछुट्टै कार्यपत्र पेश गरेका छन् ।

सम्मेलनमा समुदायबाट सञ्चालित पार्कहरुलाई लगाइएको मुल्यअभिबृद्धि कर, उपभोक्ता समितिबाट हुने निर्माण कार्यका सम्बन्धमा रहेका जटिलताका विषयमा पनि छलफल गरी बुटवल घोषणपत्र समेत जारी गर्ने सम्मेलनका सदस्य सचिव अनन्त सिलवालले बताए ।

सम्मेलनले पार्कहरुको राष्ट्रिय सञ्जाल पार्क महासंघ गठन गरी नेतृत्व समेत चयन गर्ने सिलवालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np