ट्रेंडिंग:

>> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना >> भदौ ६ को सहमति अनुसार सुन तस्करी अनुसन्धान आयोग बनाऊ : रास्वपा >> देवघाटमा नुहाउन गएका दुई युवक वेपत्ता >> गुण्डा नाइके समेत ६७० बन्दीको कैद मिनाहाबारे सरकारसंग जवाफ मागिने >> एमाले बागमतिको मतदान समय स-यो >> आज इन्द्रजात्रा पर्व मनाइँदै >> बर्दियामा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिन मुख्यमन्त्री चौधरीको निर्देशन >> हात नफैलाऊ, पौरख देखाउ >> भीम प्रदेशको उत्कृष्ट अस्पताल >> पश्चिम दाङमा पुल बनाउन माटो परिक्षण >> ‘विश्व कीर्तिमान’ ले परिवारमा ‘हर्ष’ >> विश्व रेबिज दिवसः रेबिज के हो र कसरी बच्ने ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> चार बुँदे सहमतिपछि ईःको आन्दोलन स्थगित >> बालविवाह गर्न लागेको जोडी प्रहरी आएको थाहा पाएपछि फरार >> मिस डायमण्ड नेपाल २०२३ को तयारी पूरा >> ट्रेक्टर र मोटरसाईकल एक आपसमा ठोकिदा ३ जना घाइते >> पर्यटन प्रवद्र्धनका कार्यक्रममा जोड दिन सुझाव >> प्राकृतिक र कृत्रिम जलाशयलाई बहुउपयोगी बनाउने गरी पर्यटकीय गन्तव्य बनाइने >> बालिका जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ >> ओलीले भने– मिशन ८४, हरेक वडामा ५१ प्रतिशत एमाले >> एमाले एक्लैले सरकारको नेतृत्व गर्ने गरी अभियान चलाएका छौ : शंकर पोखरेल >> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा
कृषि
स्थानीय सरकार

किसानको उत्पादन बर्दघाटले किनिदिने

५ जेष्ठ २०८०, शुक्रबार ०८:३१
५ जेष्ठ २०८०, शुक्रबार ०८:३१

नवलपरासी, जेठ
जिल्लाको वर्दघाट नगरपालिकाले सम्भवतः जिल्लामा पहिलो पटक किसानको उत्पादन आफै खरिद गरिदिइने गरि कृषि उपज संकलन तथा विक्रि केन्द्र सञ्चालनमा ल्याएको छ । नगरक्षेत्र भित्र तरकारी फलफूल लगायतका कृषि जन्य उत्पादन गर्ने कृषकहरुलाई राहत पुग्ने गरि सो केन्द्र सञ्चालनमा ल्याएको हो ।
कृषकको उत्पादन खेर नजाओस र कृषकलाई प्रोत्साहित गर्ने गरि कार्यविधि कानुन नै पास गरेर यस्तो कृषि उपज संकलन केन्द्र सञ्चालनका लागि बुधवार देखी संकलन कार्य शुभारम्भ गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । जिल्लाको सम्भवतः पहिलो पालिका हो,उनले भने,विधि पुर्वक किसानको उत्पादन नगरपालिकाले उचित मुल्यमा खरिद गरिदिइने र उपभोतmालाई विक्रि वितरण गरिदिईने गरि काम अगाडी बढाएको छ । रेडक्रसको भवन भाडामा लिई तत्काललाई संकलन केन्द्र सञ्चालनमा ल्याएको बताउदै उनले अगामी दिनमा यसलाई ब्यवस्थित र स्थायित्व हुने गरि काम गरिने नगरपालिकाको योजना रहेको उनले जानकारी गराए । यसले किसानमा उत्साही बनाएको छ, नगरपालिका आफै सरकारको हो,यसमा विचौलियाहरु खेल्ने अवसर पाउने छैनन् । उपभोतmालाई पनि राहत पुग्ने र किसानलाई पनि उचित मुल्य पाउने ब्यवस्था यो संकलन र विक्रि केन्द्रले गर्ने लक्ष्य लिएको उनले सुनाए ।

गाउ गाँउमा कृषि उत्पादन गर्ने किसान सोझासाझा हुन्छन्,उनले थपे,उनीहरुलाई बाध्य पारेर विचौलियाहरुले सस्तोमा किन्ने र महगोँमा विक्रि गर्ने हुदा किसान र उपभोतmा दुबैलाई मर्का पर्ने गरेको छ । हाटबजारमा समेत विचौलियाहरुकै हालीमुहाली हुने गरेको छ । किसानले उत्पादन गरेको तरकारी फलफुल बजारमा विक्रिका लागि लिएर आउदा विभिन्न दवाव र प्रभावमा पारेर सस्तोमा खरिद गरिदिन्छन्। सोझा साझा किसानले प्रतिवाद पनि गर्न सक्दैनन् । पछि तिनै विचौलियाहरुले बजारमा एकाधिकार सृजना गरि महगोँमा तरकारी बेच्दा उपभोतmाहरु महगोँमा खरिद गर्नु पर्छ । यसमा सरकारी हस्ताक्षेप हुने गरि वर्दघाट नगरपालिकाले यस्तो योजना ल्याएको छ । यसले वर्दघाटका किसानलाई राहत पुग्ने विश्वास नगरपालिकाले लिइएको छ । पहिलो दिनमा नै नगरपालिकाले किसानले लिएर आएका कृषि उपज तरकारीहरु करिब २ लाख मुल्यको खरिद गरि विक्रि केन्द्रमा राखि दिएको प्रमुख प्रशासकिय अधिकृत सापकोटाले जानकारी गराए ।

विगत बर्षमा किसानहरुले आफ्नो तरकारी विक्रि नभएको भन्दै नगरपालिका परिसरमै तरकारी फालेर आन्दोलन गरेका थिए । अहिले नगरपालिकाको यो कार्यक्रमले आन्दोलन गर्ने किसानलाई पनि उत्पादनका लागि हौसला मिल्ने छ । उपभोतmाहरुलाई पनि नगरपालिकाको संकलन केन्द्रबाट तरकारी खरिद गरि दिनका लागि आग्रह गरिएको छ । स्थानिय स्तरमा विक्रि हुन सकेसम्म गर्ने नभए बुटवल र नारायणघाटसम्म विक्रिका लागि पठाईदिइने कार्यका लागि पनि संकलन केन्द्रले ब्यवस्थापन गर्ने उनको भनाई थियो । नगरपालिकाको संकलन केन्द्रले किसानको लागत र उपभोतmाको अवस्थालाई समायोजन गरि मुल्य निर्धारण गर्नेछ । सो मुल्यमा तरकारी खरिद गरिने छ । किसानले संकलन केन्द्र भन्दा बढि मुल्य पाए बाहिरी बजारमा पनि बिक्रि गर्ने छन् । यदि बजारका ब्यपारीले कम मुल्य दिएमा संकलन केन्द्रमा पुर्याउन सक्ने गरि योजना रहेको उनले बताए ।
यस्तो संकलन केन्द्र सञ्चालनमा नगरप्रमुख सम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्र प्रकाश उपाध्यायको समेत क्रियाशिलता रहेको थियो । प्रमुख श्रेष्ठ र उपप्रमुख उपाध्यायका योजना अनुसार नै नगरपालिकाको कृषि शाखाले कार्यविधिको निर्माण गरेको थियो । कार्यविधि बनाएर मात्र अहिले उपज केन्द्र सञ्चालनमा ल्याइएको भनाई प्रमुख प्रशाकिय अधिकृत सापकोटाको थियो । शुरु शुरुमा केही कठिनाईहरु आउन सक्ने भए पनि अगामी दिनमा ब्यवस्थित गर्दै लगिने दिर्घकालिन योजना समेत रहेको छ,उनले भने,यसका लागि किसान,उपभोतmा र नगरबासी सबै मिलेर अगाडी बढनु पर्छ । समृद्ध नेपालका लागि समृद्ध किसान बन्नु आवश्यक छ ।
स्वदेशमा उत्पादन र स्वदेशी उत्पादनको उपभोगले मात्र मुलुक समृद्धि तर्फ जान सक्ने तथ्य रहेको उनले स्मरण गराएका थिए । जुन बस्तु नेपालमा छैन,त्यसको मात्र आयात गर्नु पर्छ,जुन बस्तु उत्पादन हुन्छ,त्यसको पहिला आफु उपभोगमा ल्याउने र पछि निर्यात गर्न सम्मको काम गर्नु आजको आवश्यकता रहेको उनले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?