ट्रेंडिंग:

>> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी

आठौं दिन साइक्लिष्ट बर्मा बुटवलमा

५ जेष्ठ २०८०, शुक्रबार
५ जेष्ठ २०८०, शुक्रबार

बुटवल, ५ जेठ ।

महाकाली –मेची साईकल यात्रामार्फत क्यान्सर बिरुद्ध अभियान थालेका तिलोत्तमाका एचबि वर्मा बिहिबार बुटवल आईपुगेका छन् । बैशाख २८ गते नेपाल–भारत सिमा गड्डाचौकी नाकाको महेन्द्रनगरबाट यात्रा शुरु गरेका उनी आठौ दिन बुटवल आईपुगेका हुन् । बर्मालाई रुपन्देही साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, सिद्धार्थ कटेज रेष्टुरेन्टका शाखा प्रमुख केशवराज बश्याल, मेन सेफ केशव अर्याल, एचआर म्यानेजर खगेन्द्र अधिकारी, फाईनान्स म्यानेजर पारिश्वर भण्डारी, हाउस किपिङ ईन्चार्ज कृष्ण तिवारी, बुटवल युनाईटेड साईक्लिङ क्लवका सचिव राजु तिवारी, सदस्य रविलाल सुवेदीले खादा, अबिर लगाएर स्वागत गरे । बर्मा कंन्चलपुरको बेलौरी, टिकापुरको कैलाली, नेपालगंज, अघैया, भालुवाङ, चन्द्रौटा, कृष्णनगर, हुँदै आठौ दिन बुटवलमा आईपुगेका हुन् ।

उनलाई सैनामैना नगरपालिकाबाट फरक क्षमता भएका कृष्ण क्षेत्रीले बुटवलसम्म साथ दिए । क्षेत्रीको जन्मजात शरिरको एउटा भाग चल्दैन तर पनि उनी निरन्तर साईकल चलाउँछन् । बर्माले यात्रा निक्कै उत्साहपूर्ण र उपलब्धिपूर्ण भएको बताए । आफुले सोचेभन्दा पनि धेरै सहयोग र साथीभाईहरु भेट्दै ठाउँठाउँमा स्वस्थ्यसंग साईकलको महत्व र क्यान्सर बारे सचेतना दिएको बताए । शुक्रबार बिहान उनी भैरहवा हुँदै नवलपरासी हिंड्ने बताए । ‘अब ८ दिनमा यात्रा पूरा हुन्छ’– उनले भने ।

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटिका क्षेत्रिय प्रबन्धक महेन्द्र न्यौपानेले साईकल साहसिक खेलसंगै नेपाली पर्यटन उद्योगलाई टेवा दिनसक्ने रुपमा रहेको बताए । क्यान्सर सचेतना अभियानमा आफ्नो संस्थागत सहयोग गर्न पाउँदा निकै आभारी भएको समेत बताए । यात्रालाई सैनामैना साईकल साथीबाट जर्सी तथा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबाट आफनो शाखाहरुमा आतिथ्यता सौजन्य गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?