ट्रेंडिंग:

>> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल

वैदेशिक रोजगारीको सीप प्रयोग गरेर साबुन उद्योग, निरन्तरतामा चुनौती

५ जेष्ठ २०८०, शुक्रबार
५ जेष्ठ २०८०, शुक्रबार

दाङ, ५ जेठ ।

लमही–६ देउपुरमा सरफ, हार्पिक र भाँडा माझ्ने साबुन उद्योग सञ्चालनमा ल्याएका शेरसिंह खड्का र तिलराम केसीले संचालन गरेको शिवम् सर्फ तथा ट्वाइलेट क्लिनर इण्ड्रष्ट्रिज नामको उद्योगमा १० जनालाई रोजगारी मिलेको छ । दुबैजना साउदीमा ११ वर्ष बसेर नेपाल आएका हुन् । त्यहाँ कमाएको पैसाले ७५ लाख लगानी गरेर साबुन उद्योग खोलेको उनले बताए ।

बबई गाउँपालिकाको हापुरे बजारमा स्थानीय दयाराम बिकले सञ्चालन गरेको साबुन उद्योग फस्टाउँदै गएको छ । रोजगारीको सिलसिलामा भारतको एक साबुन उद्योगमा लामो समय काम गर्ने अवसर पाएका बिकले अहिले आफैले उद्योग स्थापना गरी साबुन र सर्फ बिक्रीका लागि बजारमा पुर्याएको बताए । उनले एक करोड २५ लाख रुपैयाँको लगानीमा दया उजेली साबुन उद्योग सञ्चालनमा ल्याएका छन् । उनले लुगा धुने साबुन र सर्फ पनि बजारमा ल्याएका छन् ।

घोराही– ६ जजरागाउँमा चार जनाको लगानीमा ए एण्ड पी ब्रदर्श सोप इन्डष्ट्रिज प्रालिका नाममा साबुन उद्योग संचालन भएको छ । स्थानीय शिवराज पौडेल, गिरिराज पौडेल, सुनिल अधिकारी र यज्ञमूर्ति अधिकारीको ७५ लाख लगानीमा साबुन उद्योग सञ्चालनमा आएको हो । उद्योगबाट बिभिन्न कलरका लुगा धुने साबुन उत्पादन हुने गरेको छ । रुकुम, सल्यान, रोल्पा र प्युठानका बजारलाई मुख्य बिक्री केन्द्र बनाइएको छ । भारतको इलाहवादबाट मेसिन ल्याएर उद्योग संचालन गरिएको शिवराज पौडलले जानकारी दिए । कच्चा पदार्थको अभाव र स्थानीय उत्पादनले बजार नपाउदा उद्योग निरन्तरता हुन समस्या भएको उनले बताए ।

आगामी दिनमा नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, भाँडा माझ्ने साबुनलगायतका सामान उत्पादन गर्ने उद्योगको लक्ष्य थियो तर सोचे जती सफल हुन नसकेको उनले बताए । साबुन बनाउने कच्चा पदार्थ भारतबाट ल्याउनुपर्ने र यस्ता सामग्रीहरु समयमा उपलव्ध गर्न असहज भएका कारण उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुगेको उनी बताउँछन् ।

पछिल्लो समय विदेशबाट फर्किएर स्वदेशमै उद्यम गर्ने र आत्मनिर्भर बन्ने कोसिस गरे पनि स्थानीय, प्रदेश सरकारले चासो नदिँदा उद्योग संचालन गर्न समस्या परेको पौडेलको भनाइ छ । आर्थिक सहयोग पाएमा उद्योग निरन्तर र व्यबस्थित तरिकाले अगाडि बढाउने उद्देश्य रहेको उनले बताए ।

दाङमा ३५ वटा साबुन तथा सर्फ उद्योग रहेको घरेलु तथा साना उद्योग कार्यालयको तथ्यांक छ । जस अनुसार घोराहीमा ८ वटा, तुलसीपुरमा १५ वटा, गढवामा ५ वटा, लमहीमा ४ वटा, बबईमा ३ वटा गरी ३५ वटा साबुन र सर्फ सम्बन्धी उद्योग रहेका छन् ।

तुलसीपुरमा रहेका १५ वटा उद्योगमा ३ करोड ४२ लाख ६२ हजार, घोराहीमा रहेका ८ वटा उद्योगमा १ करोड ७ लाख ९९ हजार, गढवामा रहेका ५ वटा उद्योगमा १ करोड २ लाख ६१ हजार, बबईमा रहेका ३ उद्योगमा ४७ लाख ३० हजार, लमहीमा रहेका ४ वटा उद्योगमा ५० लाख ९६ हजार लगानी रहेको छ ।

जिल्लामा कुल ३५ वटा साबुन तथा सर्फ उद्योगमा ६ करोड ५१ लाख ४८ हजार लगानी भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लालबहादुर गुरुङले जानकारी दिए । उक्त उद्योगहरुमा १ सय ४० बढी जनशक्ति परिचालन भएको कार्यालयको भनाई छ । स्थानीय स्तरमा रहेका कच्चा पदार्थ प्रयोग गरेर पनि साबुन उद्योगहरुले उत्पादन गरिरहेका छन् । सरसफाईका लागि चाहिने हार्पिक, फिनाईल जस्ता पदार्थ उत्पादनमा पनि उनीहरुको लगानी रहेको कार्यालयले जनाएको छ । खासगरी, विदेशबाट फर्किएकाहरु तथा स्वदेशमै केही गर्नुपर्छ भन्ने मनसायका साथ सानो लगानीबाट सुरु गरेको साबुन उद्योगले बजार राम्रै पाईरहेको उद्योग संचालकहरुको भनाई छ । उद्योगको क्षमता बढाएर धेरै उत्पादन गर्ने र बस्तुको लागत घटाउने योजनामा रहेका केही साबुन उद्योग संचालकहरु अहिलेको परिस्थितिका कारण थप लगानी गर्न भने डराएका छन् ।

साबुन तथा सर्फको बजार राम्रै रहेको तथा अरु सरसफाईका सामानले पनि बजार पाईरहेको बेलामा जिल्लामा रहेका ३५ उद्योग पर्याप्त रहेको देखिएको छ । यहाँको जनसंख्या अनुपातमा उद्योगले उत्पादन गरेको वस्तु पर्याप्त रहेको छ । केही उद्योगहरुले आफ्नो उत्पादन अरु जिल्लामा पनि पठाउने गरेका छन् ।

केही उद्योगहरुले स्थानीय वनमा पाइने वनस्पति मिश्रित साबुन बनाउने काम गर्दै आएका छन् । चिउरी, गडीको तेल, मालागेडी, तितेपाती र टिमुरको मिश्रणमा नुहाउने साबुन उत्पादन गर्ने गरेको उद्योग संचालकहरुको भनाई छ ।

बढ्दो सहरीकरणसँगै पछिल्लो समय मानिसहरुमा सरसफाईमा साबुन र सर्फको खपत पनि बढेको छ । जस्ले गर्दा यसको व्यवसाय समेत राम्रो चल्ने गरेको छ ।

जिल्लाभर रहेका सबै उद्योगको उत्पादन क्षमता दैनिक रुपमा धेरै छ । तर, ती उद्योगले माग र आवश्यकताका आधारमा उत्पादन गर्ने गरेका छन् । बजारको अध्ययन नगरी हतारमा खुलेका तथा प्रतिष्पर्धामा आउन नसकेका केही साबुन उद्योग भने बन्द भएका कार्यालयको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?