ट्रेंडिंग:

>> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा

चुनावी वाचा अनुसार मत बराबरको वृक्षारोपण अभियानमा सिद्धार्थनगरका मेयर

४ जेष्ठ २०८०, बिहीबार
४ जेष्ठ २०८०, बिहीबार

बुटवल, ४ जेठ ।

“जति मत ल्याउँछु उति बोट बिरुवा लगाउँछु” भन्दै भोट माग्दै हिंडेका मेयर इस्तियाक अहमद खानको प्रतिबद्धता कार्यान्वयन हुन थालेपछि सिद्धार्थनगर नगरपालिका हराभरा र सुन्दर देखिा थालेको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका क्रममा उम्मेदवार बनेका खानले आफूले जति मत ल्याउँछु, उती नै बिरुवा रोप्छु भनी संकल्प गरेका थिए । मेयर खान त्यही संकल्प अनुरुप अघि बढेकाले नगरको सुन्दरता बढ्दै गएको हो । उनले निर्वाचनका बेला मत बराबरको रुख र फूलको बिरुवा रोप्ने उदघोष गरेका थिए । “यो काम सञ्चालन भैरहेको छ । यो निरन्तर अघि बढ्छ” – मेयर खानले भने

उनी नौ हजार एक सय ३४ मत प्राप्त गरी निर्वाचित भएका थिए । मत बराबरकै वृक्षरोपण नगरे पनि यो अभियानलाई निरन्तरता दिने प्रमुख खाँनको भनाइ छ । “हामीले गत वर्ष केही बिरुवा रोप्र्यौंँ, अहिले गर्मीको समय भएकाले रोकिएको छ । एक ÷दुई महिनापछि फेरि सुरु हुन्छ”, नगर प्रमुख खाँनले भने, “गर्मीमा बिरुवा रोप्यो भने मर्न सक्छ, त्यसैले चिसो मौसममा रोप्ने तयारीमा छौँ ।” नगरपालिकासहित अन्य सङ्घ संस्थाले पनि वृक्षारोपण अभियान चलाएको उनले बताए ।

उनले वृक्षारोपणको पहिलो दिन बिरेन्द्र फुल, राजबृक्ष र कपुरका गरि ३ सय ५० बिरुवा सिद्धार्थ राजमार्गको छेउमा रोपेर अभियान सुरु गरेका थिए । बेलहिया बाईपासदेखि आँखा अस्पतालको नजिक सम्म सडकको एक तर्फ उक्त बिरुवाहरु रोपिएको थियो ।

“अहिले ९ हजार १ सय ३४ बिरुवा रोप्दैछौ । यसपछि ३२ हजार रुख र क्रमशः ७४ हजार बिरुवा रोप्ने योजना रहेको छ” नगर प्रमुख खाँनले भने “जब सम्म भैरहवालाई हराभरा र फुलको शहरको रुपमा स्थापित गर्न सक्दैनौ तब सम्म यो अभियान जारी रहन्छ ।”

सिद्धार्थनगर नगरपालिकाकी उप–प्रमुख उमा अधिकारीले रोपिएका बिरुवाहरुको ब्यवस्थापनमा नगरपालिकाले ध्यान दिएको दावी गरिन् । उनले नगरवासीहरुको सहकार्यमा बिरुवाहरुलाई हुकाईने बताईन । “साझ बिहान नगरपालिकाले पानी हाल्नेछ । बाँकी स्थानीयहरुले नै बिरुवाको हेरचाह गर्न आग्रह गरेका छौं ।” रोपिएका बिरुवाहरुको बिषयमा नगरपालिकाले योजना बनाएर नै अगाडि बढेको नगरपालिकाको भनाई छ ।

भैरहवालाई हराभरा र फूलको सहरको रुपमा स्थापित गर्न सबैसँग समन्वय गरी काम गरिरहेको उनको भनाइ छ । नगरलाई ‘क्लिन’, ‘ग्रीन’ र ‘ईको फ्रेन्डली सिटी’ बनाउन विभिन्न क्षेत्रमा बिरुवा लगाइएको छ । नगरमा रोपिएका बिरुवा हुर्किएपछि सुन्दर र आकर्षक देखिएको छ । नगर क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्ग, बैंक रोड, नारायण पथ, मिलन चोक, बेलहिया, देवकोटा चोक, बुद्धचोक लगायतका क्षेत्रलाई हरियाली बनाउने योजना नगरपालिकाको छ ।

राजमार्गको दुवै किनार र बीच भाग (डिभाइडर) तथा बजार क्षेत्रको सडकको दुवै किनारमा फूल÷रुखका बिरुवा लगाउने काम भइरहेको नगरपालिकाका उपप्रमुख उमा अधिकारी बताउँछिन् । नगरको सौन्दर्यकरण साथै स्वास्थ्यलाई हित गर्ने बिरुवा रोपिने उनको भनाइ छ ।

स्थानीय सुनिता गुरुङका अनुसार पहिलेको तुलनामा अहिले सिद्धार्थनगर हरियाली र सुन्दर बनेको बताउँछिन् । “विभिन्न ठाउँमा लगाइएका बोट बिरुवा र फलफूलका बिरुवाका कारण पनि नगर क्षेत्र निकै सुन्दर देखिन थालेको छ”–उनले भनिन् ।

त्यस्तै अर्का स्थानीय विकास गुरुङ भन्छन्–“ बोटबिरुवाहरु त धेरै संघसंस्था, क्लबहरुले लगाउछन्, लगाएपछि त्यसलाई स्यार सम्हार रेखदेख गरेको पाइँदैन कति मर्छन् कति सुकेर जान्छन्, तर अहिले निकै राम्रो स्याहारसुसार भएको पाइएको छ ।”

सिद्धार्थनगरका मेयर खानले अहिलेसम्म ३ हजारदेखि ४ हजार बोटबिरुवा रोपिसकेका छन् । बोटबिरुवा रेखदेख र संरक्षणको लागि मालीहरु पनि खटाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np