ट्रेंडिंग:

>> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु >> नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ? >> सल्यानमा बस दुर्घटना हुंदा १३ जना घाइते >> एन्फा उपाध्यक्ष दावा लामा पक्राउ >> जँगली बँदेलले गाउँ पसेर मकैबाली खान थालेपछि स्थानीय चिन्तित >> बेष्ट ईन्स्टिच्युटले सुरु गर्यो लोकसेवा तयारी कक्षा >> घुस प्रकरणमा पोखरा महानगरका इन्जिनियर पक्राउ >> स्थानीय तहमा सडक बत्ती बापतको ३७ करोड बक्यौता, किस्ताबन्दीमा बुझाउने तयारी >> इलाम र बझाङमा उपचुनावको मतपत्र पठाइदै,इलाम २ मा १९ र बझाङमा ११ जना उम्मेदवार >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> एसीसी प्रिमियर कप : नेपाल र साउदी अरब भिड्दै >> आज रामनवमी पर्व मनाइँदै, देशैभरि सार्वजनिक बिदा

विपश्यना ध्यान केन्द्रले असल मानव बनाउने

४ जेष्ठ २०८०, बिहीबार
४ जेष्ठ २०८०, बिहीबार

दाङ, ४ जेठ ।

घोराही १३ तुरुन्तपुरमा रहेको विपश्यना ध्यान तथा चरित्र निर्माण केन्द्र धम्मपरागमा केही वर्षयता मानिसलाई चरित्रवान, कर्तव्यनिष्ठ, इमान्दार बन्न प्रेरित गर्दै सभ्य, सुसंस्कृत समाज निर्माणमा भूमिका खेल्ने उद्देश्यले ध्यान केन्द्र संचालनमा आएको छ । त्यहाँ ध्यान गर्न पुग्नेहरु आफूमा परिवर्तन आएको महसुस गर्छन् ।

बुधबार विपश्यना ध्यान केन्द्रमा आनापान गरिएको छ । उपस्थित प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतम, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी लगायतले ध्यान केन्द्रमा बसेर श्वास प्रश्वासका बारेमा जानकारी लिँदै आनापानको महत्व बारे बुझने मौका पाएका थिए ।

प्रमुख जिल्ला अधिकारी वैद्यले विपश्यनाका बारेमा सुनेको तर यसरी पहिलो पटक साक्षात्कार गर्ने अवसर पाउँदा मन निकै उत्साहित भएको बताए । यस्ता कार्यक्रमले मानिसमा सकारात्मक बिचार आउने उनको भनाइ थियो ।

केन्द्रबाट आएका वरिष्ठ विपश्वी साधक मेघराज ज्ञवालीले विपश्यनाका बारेमा जानकारी गराएका थिए । उनलाई सहभागीका तर्फबाट इन्जिनियर अनन्तराज घिमिरेले जीवन के हो ? भन्दै जिज्ञासा राखेका थिए । अन्य सहभागीले पनि चन्चल मनलाई एकाग्र बनाउन के कुरामा ध्यान दिने, चित्त शुद्ध बनाउन गर्नुपर्ने असल अभ्यासका सूत्र बारे जिज्ञासा राखेका थिए ।

दाङको संचालन भएको ध्यान केन्द्र नेपालको १८ औं ध्यान केन्द्रमा सूचिकृत भएको बरिष्ठ पत्रकार एवं केन्द्रका अध्यक्ष नारायणप्रसाद शर्माले बताए । शर्माको अगुवाइ र परिकल्पनामा बिपश्यना ध्यान केन्द्र स्थापना भएको हो ।

२०७६ सालमा स्थापित संस्था शान्ति, अहिंसा र करुणाका प्रतिमूर्ति विश्व शान्तिका अग्रदूत गौतम बुद्धले प्रतिपादन गरेको विपश्यना ध्यानका माध्यमबाट मानिसलाई चरित्रवान, कर्तव्यनिष्ठ, इमान्दार बन्न प्रेरित गर्दै सभ्य, सुसंस्कृत समाज निर्माणमा अग्रसरता बढाउने लक्ष्यका साथ असल मानव बनाउने अभियानमा जुटेको छ । “भौतिकवादमा लिप्त मानिसलाई कसरी मन एकाग्र बनाउन सिकाईन्छ भनेर हामीले विपश्यना ध्यान तथा चरित्र निर्माण केन्द्र स्थापना गरेका हौं”– धम्मपरागका अध्यक्ष नारायणप्रसाद शर्माले भने । उनले मानिसमा अहंकार बढ्दै गएको, मानवता हराउँदै गएको बेलामा यसको महत्व बारेमा आम मानिसमा पुर्याउन आवश्यक रहेको बताए ।

लुम्बिनी प्रदेश सरकारको सहयोग तथा घोराही उपमहानगरपालिकाको समन्वय र सहजीकरणमा ध्यान केन्द्रको हल, आवास, भान्साघर, शौचालय लगायतका संरचना निर्माण गरिएको छ ।

महिनामा २ पटक १० दिने शिविर नयाँ सहभागीको लागि संचालन हुन्छ । विश्वभर जुनसुकै स्थानको शिविरमा बस्नको लागि १ रुपैयाँ पनि पैसा लाग्दैन । १० दिनसम्म खान र बस्न पूर्णरुपमा निःशुल्क हुन्छ । शिविरको अन्तिम दिन आफ्नो स्वेच्छाले दानदिन सकिन्छ । विपश्यना ध्यान केन्द्रबाट अहिलेसम्म सयौँले सेवा लिई सकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?