ट्रेंडिंग:

>> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन्
कला समाचार

नाँच्दै–गाउँदै–सिक्दै शिक्षक

३० बैशाख २०८०, शनिबार
३० बैशाख २०८०, शनिबार

बुटवल,  बैशाख । पर्वतको महाशिलामा जन्मिएका विकास शर्मा पेशाले शिक्षक हुन् । उमेरले ४२ वर्ष पार गरिसकेका छन् शर्माले । उी विगत २५ वर्षदेखि निरन्तर शिक्षण पेशामा छन् । उनको विद्यालय तिलोत्तमानगर पालिकाको जनजागृति माध्यमिक विद्यालय हो । विद्यार्थीसँग रहने गरेका शर्मा केहि दिनयता गीत संगितमा रमाईरहेका छन् । पाठ्यक्रममा संगित समावेश भएपछि उनलाई यो अवसर जुरेको हो ।

पहिले त जे जानिएको छ त्यसैलाई कितावी ज्ञानको आधारमा पढाउथे तालिमपछि केहि सहज हुने आशा जागेको छ । यहाँ सिकेको आधारमा पनि अध्यापन गराउन सजिलो हुन्छ । तर त्यसका लागि विद्यालयको सहजीकरण भने गर्नुपर्छ । हामी कहाँ अहिलेसम्म कितावको मात्रै कुरा भईरहेका छन् । अभ्यासका लागि संगितका साम्रगी पनि व्यवस्थापन हुन सक्यो भने अध्यापन गराउन सहज हुने देख्छु ।

बर्दघाटको माकर स्थायी घर भएकी अम्बिका रेग्मीले २०७१ सालबाट शिक्षण पेशा शुरु गरेकी हुन् । उनी भन्छिन् संगित आफैमा सुनौलो अक्षर हो, यो विषयलाई मन नपराउने कोहि पनि छैनन होला जसलाई पनि गीत, संगित, बाजा र नृत्यले लोभ्याउछ । त्यसैले पनि यो क्षेत्र सबैका लागि महत्वपुर्ण छ । त्यस माथि विद्यार्थीहरूको पहिलो रोजाइमा पर्छ । निजि विद्यालयहरूले धेरै पहिलेबाट नै संगित शिक्षक राखेर अध्यापन गराईसकेका छन् त्यसको महत्व बुझेर तर सामुदायिक विद्यालयको यसको व्यवस्था हुन नसक्दा हामीले जसरी संगीतलाई बुझयौ त्यसरी नै पढायौं त्यो वास्तममा सहि थिएन । अहिले यहाँ संगीतको कक्षा लिई रहदा त्यो महसुस भएको छ । यो तालिमले पक्कै पनि पाठ्यक्रमलाई न्याय दिन मद्दत गर्छ । रेग्मीले अहिले सेमरा बजार माध्यमिक विद्यालयमा अध्यापन गराउँछिन ।

रुद्रलाल भण्डारीले तिलोत्तमा ११ मा रहेका शिवपुर माध्यमिक विद्यालयमा २०५७ सालबाट पढाउन शुरु गरेका हुन् । उनी भन्छन् संगीतको ज्ञान नहुदा कसरी पढाउदा विद्यार्थी बुझछ भन्ने नै थाहा थिएन । पुरानै शैली जसरी हामीले सिक्यौ समाजमा देख्यौ र बुभ्यौ त्यसरी नै विद्यार्थी सिकाउने क्रम जारी थियो । तर अहिले यहाँ आएर यो संगितको कक्षा लिदा निकै खुशी लागेको छ । अध्यापनको दौरानमा धेरै तालिम लिए पनि यो तालिममा जस्तो आत्मसन्तुष्टी अरू तालिमबाट नमिलेको भण्डारीको भनाई छ । यहाँबाट बाजा, मादल कसरी बजाउने कसरी नाच्ने, संगीतको महत्व के भन्ने विषयमा ज्ञान भएको छ ।
यो सिकाईलाई अब विद्यालयमा गएर विद्यार्थी बाँड्नु छ । त्यसका लागि बाद्यबाजनहरूका लागि विद्यालयले सहजीकरण गर्नु पर्ने उनको भनाइ छ ।
अर्थपुर्ण सिकाईका लागि यो तालिक निकै महत्वपुर्ण रहेको जनज्योति माध्यमिक विद्यालयकी शिक्षक सविना न्यौपानेले बताईन । स्थानीय पाठ्यक्रमका लागि पनि यो तालिम निकै महत्वपुर्ण रहेको उनको भनाई छ । तालिमको पहिलो अनुभव भए पनि असाध्यै रमाईलो भएको भन्दै यसबाट स्थानिय पाठ्यक्रममा समावेश भएका कतिपय विषयको उद्देश्य पुरा गर्न सहज हुने विश्वास व्यतm गरिन ।

नृत्य प्रशिक्षक पुनम थापाले शिक्षकहरूसँगको बसाई नौलो अनुभव भएको बताईन । उनले पहिलो दिन शिक्षकहरूले नाच्न आनाकानी गरे पनि संगीत र नृत्यले यति छिटो तान्यो कि अहिले गीत बज्यो कि शिक्षकहरू नाँच्न अघि आईहाल्छन् । शुरुमा पाका त्यस माथि पनि शिक्षकहरू कसरी सिकाउने भन्ने थियो तर पछि संगित न हो जसलाई पनि मोह बस्छ । यस्तै रमाईलो भएको छ । नाँच्न उमेरले छेक्दैनन भन्ने उदाहरण पनि हो उहाँहरू पनि असाध्यै रमाउनु भएको छ ।
तिलोत्तमानगर पालिकाले संगितको माध्यमबाट अध्यापन गराउन सके विद्यार्थीहरूले छोटो समयमा सहज तरिकाले पाठ्यपुस्तकका विषयबस्तुहरू बुझन सक्छन् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको नगरका उपप्रमुख जागेश्वरदेवी चौधरीले जानकारी दिईन । तालिमले शिक्षकलाई उर्जा हुने बताईन । उनले स्थानिय पाठ्यक्रम र सामाजिक विषयमा पनि संगित शिक्षा हुने भएकाले पनि यो तालिम शिक्षकहरूका लागि फलदायी हुने विश्वास व्यतm गरिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np