ट्रेंडिंग:

>> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल
मुख्य समाचार

‘डिग्री होल्डर’ को तरबुजा तरक्की

कृषि पढेका साथीहरू अघिल्लो कोभिडको बेलामा बसेर एउटा योजना बनाए ‘कृषि क्षेत्रमा केही काम गर्नुपर्दछ ।’ उनीहरू ५ जना शेयर सदस्यको लगानीमा सुरु भयो ‘फोकस मल्ट्री एग्रो कन्र्सन एण्ड रिसर्च प्रालि ।’ बुटवल उपमहानगरपालिका वडा नम्बर १५ मा ३० कठ्ठा जग्गा भाडामा लिएर उनीहरूले केही बर्ष पहिले कृषि कर्म सुरु गरेका थिए ।
२९ बैशाख २०८०, शुक्रबार
२९ बैशाख २०८०, शुक्रबार

बुटवल,   बैशाख । ६ जना युवाहरू कृषि विषय र व्यवस्थापन विषयमा स्नाकोत्तर गरेका छन् । ‘डिग्री होल्डर’ हरूले कृषि क्षेत्रमा नै केही नयाँ कार्य गर्ने योजना अनुसार लागि परेका छन् । कोभिड १९ को कारण थला परेको कृषि क्षेत्रलाई उकास्ने गरी योजना बनाएका उनीहरूले कृषि क्षेत्रमा केही फरक गर्ने योजना सहित आम्दानी पनि राम्रै गर्ने गरेका छन् ।

उनीहरू एकै स्थानमा भने होईन । राजेश कुँवर, सरोज भट्टराई, विशाल पन्थी अर्घाखाँचीका जिल्लाका हुन । अध्ययनको क्रममा उनीहरूको भेट भएको हो । उनीहरू संगै फार्म सञ्चालक सञ्जय अर्याल र विवेक ज्ञवाली गुल्मी जिल्लाका हुन । यस्तै किरण तिमेल्सीना धादिङ्गका हुन । अधिकांसक युवाहरूले कृषि क्षेत्रमा नै माष्टर्स गरेका छन् । एक जना पूर्णकालिन फार्म व्यवस्थापक हुन भने एक जना पार्ट टाईम अध्यायपन गराउदै आएका छन् भने अन्य ४ जना युवाहरू पुर्णकालिन प्रशिक्षक हुन । उनीहले प्राविधिक विद्यालयमा अध्यापन समेत गराउदै आएका छन् । विदाको समयमा उनीहरूले फार्ममा आउँछन्, प्राविधिक कुराहरू सिकाउँछन्, फार्म अवलोकन गर्दै आगामी योजना बनाएर जान्छन् ।

बुटवल १५ मा रहेको फार्म भने फार्म व्यवस्थापक व्यवस्थापन विषयमा मास्टर्स गरेका विशाल पन्थी र शेयर सदस्य समेत रहेका राजेश कुँवरले मुख्य रूपमा चलाउँदै आएका छन् । यसमा अन्य केही स्थानीयले रोजगारी समेत पाएका छन् ।कृषि पढेका साथीहरू अघिल्लो कोभिडको बेलामा बसेर एउटा योजना बनाए ‘कृषि क्षेत्रमा केही काम गर्नुपर्दछ ।’ उनीहरू ५ जना शेयर सदस्य को लगानीमा सुरु भयो ‘फोकस मल्ट्री एग्रो कन्र्सन एण्ड रिसर्र्च प्रालि, बुटवल रूपन्देही’ बुटवल उपमहानगरपालिका वडा नम्बर १५ मा ३० कठ्ठ जग्गा भाडामा लिएर उनीहरूले केही बर्ष पहिला मात्रै कृषि कर्म सुरुवात गरेका थिए ।

यसलाई अझै बिस्तार गर्ने योजना समेत बनाएका छन् । जग्गा भाडामा पाइएमा अझै बिस्तार गर्ने योजना रहेको सञ्चालक राजेश कुँवर बताउँछन् । व्यवसायीक रूपमा सयपत्री खेती गर्दै आएका युवाहरूले तरकारी खेती विरुवा उत्पादन गर्दै आएका छन् । फलफूल खेतीमा समेत जोड दिएका उनीहरूले ड्रगन फ्रुट समेत लगाएका छन् । जसको उत्पादन अझै बजारमा आएको छैन । अघिल्लो बर्ष परिक्षणको रूपमा लगाएका तरबुजा यो पटक १ विघामा व्यवसायीक रूपमा लगाएका हुन । जसको उत्पादन अहिले बजारमा धमाधम भैरहेको छ ।

डेढ विघा जग्गा १० बर्षको लागि भाडामा लिएर सुरुवात भएको फार्ममा अहिले १ विघा भन्दा बढिमा तरबुजा खेती छ । बहुतह खेतीको रूपमा उनीहरूले ड्रागन फ्रुट, कागती संगै सयपत्री फुल र तरबुजा खेती गरेका हुन । सिजन अनुसार कहिले तरबुजा त कहिले सयत्री फुलको खेती गर्दै आएका हुनीहरूले अम्बा समेत रोप्ने तयारी गरेका छन् । फार्म सञ्चालक राजेश कुँवर भन्छन्–‘फार्ममा अव अम्बा लगाउने योजना छ, विरुवा तयार भएका छन्, हामीले यसको पनि खेती सुरु गर्दछौं ।’

कागती उनीहरूको फार्ममा साढे ४ कठ्ठा भन्दा बढिमा खेती भैरहेको छ भने साढे ३ कठ्ठा बढीमा ड्रागन फ्रुटको खेती भैरहेको छ । २ हजार रूपैयाँ प्रति कठ्ठा तिर्ने गरी १० बर्षको लागि जग्गा भाडामा लिएका उनीहरूले प्रति बर्ष १० प्रतिशतका दरले वृद्धि भाडा समेत तिर्ने सहमती छ ।

अघिल्लो बर्ष नमुना परिक्षणको रूपमा खेती गरेको तरबुजा उत्पादन राम्रो भएपनि अहिले व्यवसायिक रूपमा १ विघा बढिमा खेती गरिएको हो । उनीहरूको उत्पादन अहिले बजारका विभिन्न स्थानमा आटो रिक्सा फार्मत बिक्री गर्दै आएका छन् । युवाहरूको पहल सुरुवात भएको फोकस मल्ट्री एग्रोको उत्पादनमा अहिले बुुटवल लगायतका विभिन्न स्थानमा पाईन्छ ।

युवाहरूले स्वदेशी माटोमा पहिलो पटक उत्पादन गरेको सरस्वती, आरोही र विशाला नामको तरबजुरमा धमाधाम बिक्री वितरण भैरहेको छ । १ विघा बढि क्षेक्रफलमा लगाइएको तरबुजा अहिले ३ टन भन्दा बढि उत्पादन भैसकेको छ । ७ टन भन्दा बढि उत्पादन हुने अपेक्षा समेत गरिएको फार्मका सञ्चालक राजेश कुँवर बताउँछन् ।

अहिले फोकस एग्रोमा उत्पादन भएका तरबुजा ‘स्थानीय उत्पादन उपभोग गरौ स्थानी किसानलाई प्रोत्साहन गरौं’ भन्ने नारा नै दिएर बजारीकरणमा लागेका छन् । उनीहरूले सवारी साधन मार्फत घुम्ती रूपमा बुटवलका विभिन्न स्थानमा समेत विक्रि गर्दै आएका हुन । उनीहरूको उत्पादन अर्घाखाँची, दाङ, कपिलस्तु, मकवानपुर, कोहलपुर, हेटौडा लगायतका जिल्लामा समेत जाने गरेको छ ।

युवाहरूले गरेको कृषि कर्मको विषयमा विभिन्न व्याक्तिहरूले समेत अवलोकन गर्ने, तरबुजा किन्ने खरिद गर्ने लैजान गरेका छन् । फार्ममा नै गएर रोजी रोजी तरबुजा किनेर ल्याउन र खान पाइने भएको कारण पनि बुटवल–१५ चम्कीपुरको फोकस एग्रो रोजाईको केन्द्र समेत बन्न थालेको छ ।

अघिल्लो पटक युवाहरूले लगाएको सयपत्री फुल खेतीको उत्पादन पु¥याउनको लागि उनीहरूलाई हम्मे हम्मे परेको थियो । फुल खेतीलाई उनीहरूले अहिले पनि निरन्तरता दिएका छन् । सयपत्री फुल अहिले पनि उनीहरूको फार्मममा लटरम्म फुलेका छन् । बैशाख महिना विवाहको सिजन भएको कारण उत्पादित सबै फुल सकीएका छन् भने अन्य किसानहरू संगको सहकार्य संमन्वयमा उनले ग्राहकलाई स्वदेशी फुल नै उपलब्ध गराउँन्दै आएका छन् ।

ड्रगन फु्रट संगै उनीहरूले नियमित रूपमा मौसमी र बेमौसमी तरकारी खेती समेत गर्दै आएका छन्् ।युवाहरूको फार्ममा गण्डकी, बागमती, कार्णली प्रदेशका विभिन्न जिल्लाहरूबाट किसान, समुह, प्राविधिक(कृषि) क्षेत्रका विद्यार्थी साथै सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागीता समेत हुदै आएका छन् । किसानहरूलाई उनीहरूले जैविक खेती सम्बन्धी तालिम समेत प्रदान गर्दै आएका छन् । आफैमा कृषि पढेका प्राविधिक भएको कारण पनि उनिहरूले बेला बेलामा किसानलाई जैविक मल, तरकारी खेती,कौशी खेती लगायतका विषयामा तालिम समेत सञ्चालन गर्दै आएका हुन ।

कृषि क्षेत्रमा अध्यायन गरेका युवाहरूको पहल, उनीहरूको प्रत्यक्ष निगरानीमा उत्पादन भएका कृषि जन्य उपजको १०० प्रतिशत विशादी रहित रहेको ग्यारेन्टी समेत फार्मले गर्दैैै आएको छ । फार्ममा नै गएर सामाजिक सञ्जाल, टिकट, रिल लगायतका मनोरञ्जनका सामग्री बनाउनेहरूको संख्या समेत विभिन्न स्थानबाट आउनेहरूको संख्या समेत बढ्दै गएको छ ।

उनीहरूले उत्पादित बस्तु प्रर्दशन गर्ने, खाने र टिकट,रिल बनाउनको लागि स्थान समेत बनाएका छन् । यो सिजनमा तरबुजा मार्फ १ लाख बढिको विक्रि गरिएको जानकारी दिदै फार्मका व्यवस्थापक विशाल पन्थीले तरबुजाबाट खर्च कटाएर २ लाख बढि आम्दानी गर्ने लक्ष्य लिएको बताउँछन् । उनीहरूले उत्पादन गरेको ‘आरोही , विशाला र सरस्वती जातको तरबुजाको माग बढि छ । यसमा पनि अन्य तरबुजा भन्दा गुलोदर बढि भएको कारण सरस्वती जातको तरबुजा बढि रोजाईमा पर्ने गरेको छ । स्वदेशीकै कृषि, स्वदेशकै उत्पादन लाई जोड दिएर सुरुवात गरिएको तरबजुजा माकेटिङ्गमा दैनिक जसो ७ देखि ८०० किलो सम्म विक्रि हुदै आएको छ । फार्ममा नै आएर ताजा तरबुजा किनेर लैजानको लागि उनीहरूले प्रोत्साहन समेत गर्नै गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?