ट्रेंडिंग:

>> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु >> नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ? >> सल्यानमा बस दुर्घटना हुंदा १३ जना घाइते >> एन्फा उपाध्यक्ष दावा लामा पक्राउ >> जँगली बँदेलले गाउँ पसेर मकैबाली खान थालेपछि स्थानीय चिन्तित

घोराही उपमहानगरपालिकामा बायो ग्याँसलाई फोहर अभाव

२९ बैशाख २०८०, शुक्रबार
२९ बैशाख २०८०, शुक्रबार

दाङ, २९ वैशाख ।

घोराही उपमहानगरपालिकालाई गल्ने फोहरको अभाव भएपछि पालिका भित्रका टोलबासीसँग छलफल सुरु गरेको छ । बायो ग्याँस उत्पादनमा गल्ने फोहर अभाव भएपछि दीगो रुपमा फोहोर व्यवस्थापन गर्न टोल विकास संस्थाका पदाधिकारीसँग सुझाव संकलन अभियान थालनी गरेको छ । सुन्दर सफा हरित वडा बनाउन टोल विकास संस्थाहरुका पदाधिकारीले फोहोर जथाभावी नफाल्ने योजना बनाउन सुझाव दिएका छन् ।

बाटो सफा सुग्घर बनाउन, सडक छेउँछाउँ फोहोर नहोस् भन्ने पालिकाको चाहनालाई पूरा गर्न साधन श्रोतले भ्याएसम्म आफ्नो घर वरपर, टोलको सफाईका बारेमा सबै जिम्मेवार बन्नुपर्नेमा टोल विकास संस्थाका पदाधिकारीले सुझाव दिएका छन् ।
घोराही १४ की सुशिला वलीले फोहर संकलनका लागि एउटा मात्रै गाडी टेलटोलमा आउने भएकाले नागरिकले गल्ने र नगल्ने फोहर एउटै गाडीमा राख्ने गर्दछन् । त्यसकारण गल्ने र नगल्ने फोहोर संकलनका लागि उपमहानगरले छुट्टाछुटै गाडी पठाइदिन अति नै आवश्यक रहेको वलीले बताइन् । बायो ग्याँस प्लान्टलाई दिगोरुपमा सञ्चालन र गल्ने फोहोरको उचित व्यवस्थापनका लागि अन्तत्र्रिmयालाई उपमहानगरले निरन्तरता दिएको छ ।

नगर उपप्रमुख हुमाकुमारी डिसीले गल्ने फोहोरलाई छुट्याएर राख्न सबैलाई आग्रह गरिन् । नगरले गल्ने फोहोरबाट वायो ग्याँस र मल उत्पादन थालेकाले यो अभियानलाई सफल पार्न पनि नगरबासीले गल्ने र नगल्ने फोहोरलाई छुट्टाछुट्टै राख्नुपर्ने र नगरलाई रुटिन बनाएर गाडीको व्यवस्था गर्ने बताइन् । गल्ने फोहरको कमी भएकाले सोचेजती ग्याँस उत्पादन हुन नसकेको उनले बताइन् ।

बाताबरण तथा विपद व्यवस्थापन समितिका संयोजक भानसिं बुढाले नगरबासीहरुले नगरपालिकालाई कर तिरेका छौँ भन्ने मानसिकताका हटाउन आग्रह गरे । फोहोर व्यवस्थापनका लागि निर्माण गरिएको वायो ग्याँस प्लान्टको प्रयोगमा ल्याउन, वातावरण स्वच्छ बनाउन र पालिकाको सुन्दरताका लागि फोहोर व्यवस्थापन प्राथमिकता रहनुपर्ने बताए ।

कुनै बेला घोराही बजारमा दैनिक ३० टन फोहोर संकलन हुने गरेकोमा अहिले घटेर १० टन मात्रै संकलन हुने गरेको भएपनि बजारका धेरै जसो ठाउँमा फोहोरले समस्या पैदा गरेको तर्फ ध्यानकर्षण गराउँदै वायो ग्यास प्लान्ट संचालनसँगै बजारको सुन्दरता कायम गर्दै सभ्य नागरिक बनाउने काममा नगरबासीलाई जुट्न अपिल गरे ।

सरसफाई व्यवस्थापन शाखा प्रमुख लक्ष्मण अधिकारीले सरसफाईका क्षेत्रमा भईरहेका प्रयास र अबको रणनीतिका बारेमा जानकारी गराएका थिए । आगामी वर्षको बजेटमा सफा, सुन्दर र हरित नगर बनाउन नगरबासीबाट आएका सल्लाह, सुझावलाई नीतिमा समावेश गरेर अघि बढ्ने प्रयास भएको उनको भनाइ थियो । समृद्ध टोल बनाउन स्थानीय सरकारले धेरै अधिकार दिएको हुँदा कार्यविधि अध्ययन गरेर जिम्मेवारीपूर्वक काम गर्न पालिकाले सहयोग गर्ने जानकारी गराएका थिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?