ट्रेंडिंग:

>> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता

प्राचीन कपिलवस्तुमा शिशु सिद्धार्थ भित्रिए

२४ बैशाख २०८०, आईतवार
२४ बैशाख २०८०, आईतवार

कपिलवस्तु, २४ बैशाख ।

बैशाख पूर्णिमाका दिन लुम्बिनीमा जन्मिएका शिशु सिद्धार्थ गौतमलाई राजकीय सम्मानका साथ गृह नगर प्राचिन कपिलवस्तुमा भित्र्याईएको छ । प्राचिन कपिलवस्तु दरबार (तिलौराकोट) मा बुद्धजयन्ती तथा प्रसुती उत्सवको आयोजना गरी शिशु सिद्धार्थलाई भित्र्याईएको हो । लुम्बिनीबाट बाजा गाजाका साथ ल्याईएका शिशु बुद्धलाई तौलिहवा नगर परिक्रममा गराई तिलौराकोट ल्याईएको हो । शिशु सिद्धार्थलाई गृह नगर भित्र्याउने कार्यक्रममा कपिलवस्तु नगरपालिका क्षेत्रका स्थानीयले घर घरबाट सहभागिता जनाएका थिए । प्रसुती उत्सवको अवसर पारेर तिलौराकोटमा प्रसुती उत्सवको कार्यक्रम र “तस्बिरमा सम्पदा” फोटो प्रदर्शनीको कार्यक्रमको कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले उदघाटन गरे ।

सो अवसरमा लुम्बिनी विकास कोषका परिषद सदस्य गोपीकृष्ण शर्माले सिद्धार्थ गौतमको बुवा राजा शुद्धोधनको राजधानी तथा सिद्धार्थले २९ बर्ष बिताएको प्राचिन कपिलवस्तुको विकासमा बिगतमा यथेष्ट ध्यान नपुगेको भए पनि अब कपिलवस्तु विकासको बिषय साझा सरोकारको बिषय बन्नु पर्ने बताए । लुम्बिनी जत्तिकै विकास कपिलवस्तुका बुद्धस्थलको हुनुपर्ने शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीले माग राखे । लुम्बिनीमा भव्य कार्यक्रम हुने गरे पनि कपिलवस्तुको कार्यक्रममा मन्त्रालय र कोषले चासो नलिनु दुःखद भएको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले बताए । कपिलवस्तु महत्वपूर्ण स्थान भए पनि प्राथमिकतामा नपर्नु दुखदः रहेकाले अब कपिलवस्तु विकासमा सरकारको ध्यान पुग्नै पर्ने र स्थानीय सरकार सहकार्यका लागि तयार रहेकोमा पौडेलले जोड दिए ।

लुम्बिनी विकास ऐन बनेबाटै कपिलवस्तुको बिकास पीछडिएको बताउँदै त्यतिबेलै कपिलवस्तु तिलौराकोट विकास ऐन बनाएर लुम्बिनीलाई त्यही मातहत ल्याउनु पर्नेमा हुन नसकेको लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले बताए । लुम्बिनी विकासका लागि ऐन बनेको बर्षौ सम्म कपिलवस्तु विकास नभएको भन्दै पाण्डेयले छुट्टै तिलौराकोट विकास ऐन बनाउनु पर्नेमा जोड दिए ।

कोषले कागजमा मात्रै काम गर्दा कपिलवस्तुको विकासमा प्रश्न उठेको उनको आरोप थियो । लुम्बिनी विकासको गुरुयोजनाको काम समयमै हुन नसक्नु लज्जाको बिषय भएको बताउदै बाँकी अुधरा काम तदारुकताका साथ हुनु पर्नेमा भारतका लागि पुर्व राजदुत तथा पुर्व पर्यटनमन्त्री दिप कुमार उपाध्यायले जोड दिए । तीनै तहका सरकार मिलेर कपिलवस्तुको बुद्धस्थलको तीव्र विकासमा लाग्नु पर्नेमा प्रतिनिधिसभा सदस्य रुपा बिकको जोड थियो । कार्यक्रममा बोल्ने स्थानीयले तिलौराकोटलाई बिश्व सम्पदा सूचीमा सूचीकरण गर्ने प्रक्रिया बारे स्थानीयलाई जानकारी गराउनु पर्ने, तिलौराकोटमा पायक पर्ने स्थानमा शौचालय सहितका अत्यावश्यक संरचना निर्माण गर्नुपर्ने, जग्गा अधिग्रहणबारे प्रष्ट योजना आउनु पर्ने सुझाव दिएका थिए । लुम्बिनी बिकास कोषले कपिलवस्तु बिकासको गुरुयोजना अगाडि बढाएको र बुद्धस्थलको संरक्षण सम्बद्र्धनमा कोष प्रतिवद्ध रहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेले बताए ।

सो अवसरमा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले बृहत्तर लुम्बिनी विकासको योजनामा कपिलवस्तु र नवलपरासीको बुद्धस्थलको समान विकासको आवश्यकता रहेको बताए । कपिलवस्तु विकासका लागि छुट्टै योजना कार्यान्वयमा ल्याउनु पर्ने तथा यहाँ भएका उत्खनन र अन्वेषणका उपलब्धि जोगाउन जनसरोकार वृद्धि हुनु पर्नेमा उनले जोड दिए । कपिलवस्तुको विकासमा सरोकारवालाबीचको साझा बहस र योजना कार्यान्वयनका लागि सहकार्य आवश्यक रहेकोमा भुसालले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?