ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक >> दुर्घटना न्युनीकरण गर्न चालक र सहचालकलाई प्रशिक्षण >> सामाजिक विभेदको पराकाष्ठा : गल्ती एउटाको, निर्दोष बालकलाई सामाजिक सजायँ >> सुदुरपश्चिममा फेरि लफडा : रेशम पक्षका लक्ष्मणकिशोर सर्वोच्चमा >> आगलागीबाट प्रभावित परिवारलाई राहत वितरण
विचार

बुटवलका सामुदायिक विद्यालय र कालिका मानवज्ञानको छुट्टै पहिचान

२३ बैशाख २०८०, शनिबार
२३ बैशाख २०८०, शनिबार

विद्यालय भर्ना अभियान २०८० चलिरहेको छ । संस्थागत विद्यालयहरुमा विद्यार्थीहरुको भर्नाको लागि भीड छ । सीमितलाई छाडेर धेरैजसो सामुदायिक विद्यालयहरुले अपेक्षा बमोजिम विद्यार्थी पाइरहेका छैनन् । धेरैजसो सामुदायिक विद्यालयहरु विद्यार्थी नपाएर तड्पिनु परेको छ भने केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाको लागि थामिनसक्नु दवाव छ । रुपन्देहीका सीमित सामुदायिक विद्यालय बुटवलका कालिका मानवज्ञान, नविन औद्योगिक कद्दरबहादुर रिता, कान्ति र मणिग्रामको शान्ति नमुना माविमा विद्यार्थी भर्नाको लागि थामिनसक्नु दवाव छ । यी मध्ये कालिका मानवज्ञान माविमा सबैभन्दा बढी दवाव छ । यसो हुनुको मुख्य कारण यो मुलुकको उत्कृष्ट सामुदायिक विद्यालय मध्ये एक गनिएकाले हो । यो विद्यालय मुलुककै उत्कृष्ट कसरी बन्यो भन्ने विषयमा गत अंकमा विस्तृत चर्चा गरियो । अब यो विद्यालयले आफ्नो उचाई कसरी कायम राख्ने भन्ने विषयमा पनि चर्चा गर्नु आवश्यक सम्झेको छु ।

कालिका मानवज्ञान माविले सफलताको शिखर चुमेको छ । देशभरका हजारौ संख्यामा रहेका सामुदायिक विद्यालयहरुलाई उछिनेर उत्कृष्टहरु मध्ये एउटा भएको छ । मोफसलको शहरको एउटा विद्यालयको यो सफलताको यात्रा चानचुने कुरा होइन । सबै काम र सफलताको लागि केन्द्रीय राजधानी काठमाडौ केन्द्रित हाम्रो संरचनामा केन्द्रीय राजधानीबाट एउटा समुदायिक विद्यालयको सफलताको कथा सुन्न मोफसलको शहर बुटवलमा आउनुपर्ने वातावरण कालिका मानवज्ञान माविले सिर्जना गरेको छ । राजधानी काठमाडौबाट पनि ठूलो संख्यामा विद्यालयका शिक्षक, अभिभावक तथा व्यवस्थापन समितिका पदाधिकारीहरु, पत्रकार, योजानविद्, शिक्षाविद् र बुद्धिजीवीहरु कालिका मानवज्ञान माविको अवलोकन भ्रमणमा आउने गर्छन् । देशका अन्य विभिन्न भागबाट पनि वर्षेनी हजारौ संख्यामा शिक्षक, अभिभावक, बुद्धिजीवी, योजनाविद् विद्यालय व्यस्थापन समितिका पदाधिकारीहरु कालिका मानवज्ञान माविको अवलोकन भ्रमणमा आउने गरेको तथ्याङ्क छ । स्थानीय समुदायले कालिका मानवज्ञान माविको यो सफलतामा गौरव गरेको छ । खुशी मनाएको छ । लुम्बिनी प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाले पनि यो सफलतामा गौरव गर्दै आवश्यक सहयोग र समर्थन गर्दै आएका छन् । थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । लुम्बिनी प्रदेश र बुटवल उपमहानगरपालिकाका लागि यो गौरवपूर्ण उपलब्धि हो । यसले लुम्बिनी प्रदेश र बुटवल उपमहानगरपालिकाको गौरव त बढाएको छ नै वर्षेनी हजारौ संख्यामा बुटवलमा शैक्षिक पर्यटक पनि भित्र्याएको छ । बुटवलको महिमा बढाएको छ । अतः स्थानीय र प्रदेश सरकारले यसलाई निसंकोच सहयोग र हौसला प्रदान गर्नुपर्छ । कालिका मानवज्ञान माविको ६२ वर्ष लामो यात्रा गुणस्तरीय शैक्षिक केन्द्र कसरी बन्ने बनाउने भन्नेमा वित्यो । २०४६ सालपछि यसले विस्तारै राम्रो गति लिएको हो । २०४६ साल अघि राम्रो परीक्षाफल ननिकालेर अनुदान रोकिएको इतिहास छ । २०४६ सालपछि संघर्ष गर्दै राष्ट्रको एक गुणस्तरीय पढाईको नमूना शैक्षिक केन्द्र बन्यो । अबको यात्रा यो सफलता एवं लोकप्रियतालाई कसरी कायम राख्ने भन्ने तर्फ केन्द्रित हुनु जरुरी छ । यसको संघर्ष र सफलताको बारेमा धेरै संचारमाध्यममा समाचार र फिचर लेखिए । वृत्तचित्र बनाइए । मिडियाले यसको संघर्ष र सफलताको कथा प्रकाशित, प्रसारित गरे । अब यसलाई शिखरमा टिकाइ राख्न तर्फ दिशा निर्देश, दवाव र निगरानी राख्ने दायित्व पनि सबैले पूरा गर्नुपर्छ । गत अंकमा चर्चा गरियो, प्रधानाध्यापक (प्रअ) को कुशल नेतृत्व, शिक्षक र विद्यार्थीहरुको कडा मेहनत, विद्यालय व्यवस्थापन समितिको कुशल व्यवस्थापन र संचारमाध्यम एवं संचारकर्मीको सहयोगको कुशल संयोजन यस विद्यालयको सफलताको सुत्र हो । अब पनि यसलाई कायम राख्दै कुशलतापूर्वक अघि बढ्ने जिम्मेवारी विद्यालयका प्रअ, शिक्षक र विद्यालय व्यवस्थापन समितिको हो । घनश्याम पाठकले २०७७ सालमा विद्यालयबाट अनिवार्य अवकास लिएपछि विद्यालय विग्रने हो कि भन्ने चिन्ता अभिभावक एवं सम्बन्धित सबैले प्रकट गरेका थिए । पाठकको अवकासपछि प्रअको चयनमा केही बेर विद्यालय अलमलियो पनि । प्रधानाध्यापक चुन्ने विधि, प्रकृया र कार्यक्षमताको विषयमा मतभेद भयो । अन्ततः नमुना विद्यालयको नियमानुसार आन्तरिक प्रतिष्पर्धाबाट जाँच लिएर प्रधानाध्यापक चुन्ने काम सफलतापूर्वक सम्पन्न गरी विवादलाई सुरक्षित अवतरण गराउन विद्यालय व्यवस्थापन समिति सफल भयो । यसरी आन्तरिक प्रतिष्पर्धाबाट छानिएका प्रअ दिनेश थापाले विद्यालयलाई सुव्यवस्थित तरिकाले सम्हालेर विद्यालय बिग्रदैन भन्ने सन्देश प्रवाह गर्न सफल हुनु भएको छ । उहाँले सबै सहकर्मी शिक्षक साथीहरुलाई कुशलतापूर्वक संयोजन गरी प्रशासन चुस्त दुरुस्त राख्न सफल हुनु भएको छ । करिब एक दशक लामो अवधीसम्म विद्यालयको सहायक प्रधानाध्यापक रही सेवा गरेको अनुभव र ज्ञान समेत थापासँग छ । यसको उचाई कायम राख्नको लागी विगतदेखि सामूहिक पहल जो चलिरहेको छ, यसलाई कायम राख्नुपर्छ । शिक्षकहरु विचको सामूहिक एकता र पहल यसको सफलताको मुख्य कुञ्जी हो । प्रअको कुशल नेतृत्व र व्यवस्थापनमा सबै शिक्षकहरुको सामूहिक पहल एवं कडा मेहनतबाट यो विद्यालय सफल बनेको हो । यो विद्यालयका शिक्षक कर्मचारीहरु यति कठोर मेहनत गर्छन, अनि यति व्यस्त छन की निजी जीवनको सुविधा छैन । आफ्नो वृत्ति विकासको विषयमा सोंच्न पनि भ्याउँदैनन् । पूरा समय विद्यालयको विकास र बालबालिकाको पढाईमा सुधार ल्याउन दत्तचित्त र ध्यान केन्द्रित गर्दै आएका छन् । यसको सफलतामा शिक्षकहरुको मेहनतका पसिनाका धारा बगेका छन् । यसलाई सबै पक्षले मनन गरिनुपर्छ र उनीहरुलाई हौसला दिनुपर्छ । शिक्षकहरुलाई हौसला र प्रोत्साहन प्रदान गर्न सम्मानको लागि केही सामाजिक व्यक्तित्वहरुले शिक्षक सम्मान अक्षयकोष स्थापना गरिदिनु भएको छ । यो क्रम अझ अघि बढाउनु पर्छ । विद्यालयको बार्षिकोत्सवको अवसरमा शत प्रतिशत नतिजा हासिल गराउन मेहनत गर्ने शिक्षकलाई विद्यालयले सम्मान गर्ने गर्दछ । यस्तै वर्ष शिक्षक सम्मान पनि विद्यालयले प्रदान गर्ने गर्दछ । यो पर्याप्त छैन । लुम्बिनी प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाले पनि यस विद्यालयका शिक्षकलाई सम्मान र पुरस्कृत गर्ने व्यवस्था गर्नु अनिवार्य भएको छ । राष्ट्रले पनि राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरी सम्मान गर्नु पर्दछ । यसका प्रधानाध्यापकले बेलुकाको खाना खाने र सुत्ने बाहेक बाँकी समय प्रायः विद्यालयमै विताउने गर्नुहुन्छ । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले बैठकमा कालो चिया पिउने बाहेक विद्यालयबाट कुनै लाभ तथा सुविधा नलिई सेवा गर्दै आएका छन् । विद्यालयलाई आवश्यक पर्दा जुनसुकै बेला पनि व्यवस्थापन समितिका पदाधिकारीहरु विद्यालयमा उपलब्ध हुने गरेका छन् । व्यवस्थापन समितिले विद्यालयका भौतिक आवश्यकता पूर्ती गर्न सहयोग र श्रोत जुटाउने, स्थानीय समुदायको विद्यालयप्रति अपनत्वको भावना जगाउने, विद्यालयको सामाजिक सम्बन्ध कसिलो बनाउने आदि काम सफलतापूर्वक गर्दै आइरहेको छ । शिक्षकहरु आ–आफ्नो आस्थाका राजनीतिक दलका शिक्षकका संघ संगठनमा आवद्ध होलान तर ती संगठनका कार्यक्रममा सहभागी हुने फुर्सद र सुविधा कालिका मानवज्ञान माविका शिक्षकहरुलाई छैन । त्यसैले शिक्षकहरुबीच एक परिवारका सदस्य झैं आत्मीय सम्बन्ध छ । मर्दा पर्दा सबैले एक अर्कोलाई सघाउने र सुख दुःखमा साथ सहयोग आदान–प्रदान गर्ने गर्दछन् । राजनीतिक दलगत मतभेद र विभाजन नभएपछि यस्तो वातावरण सिर्जना हुन सकेको हो । विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा दलगत राजनीतिको चरम गुटबन्दी र हस्तक्षेप नभएकाले विद्यालय राजनीतिक खेलमैदान बन्नबाट जोगिएको छ । हाम्रो देशको परिप्रेक्ष्यमा यो महत्वपूर्ण पक्ष हो । गत पुस २९ गते सम्पन्न विद्यालय व्यवस्थापन समितिको चुनाव पनि अभिभावकको व्यापक सहभागीतामा सौहाद्र्रपूर्ण वातावरणमा सम्पन्न भयो । यो वातावरणलाई कायम राख्दै सबै अभिभावकको विश्वास र भरोसा कायम राख्नु पर्छ । अभिभावकको सहयोगमा विद्यालय निर्भर भएकाले अभिभावकको विश्वासमा कमी आउन दिनु हुँदैन । यसमा अभिभावक संघ पनि चनाखो र सचेत हुनु जरुरी छ । मलाई लागेको सबैभन्दा महत्वपूर्ण कुरा के हो भने यो विद्यालयको सफलता सामूहिक पहल र प्रयासबाट भएकोले यसको श्रेय पनि सामूहिक रुपमा लिनुपर्छ सबैले । स्वभाविक रुपमा बाहिरी आँखाले हेर्दा नेतृत्वले श्रेय पाउँछ । तर यो सामूहिक पहल हो । त्यसैले मैले भन्दै आएको छु– प्रधानाध्यापक, व्यवस्थापन समिति, शिक्षक र संचारमाध्यमको कुशल संयोजनबाट यो सफलता मिलेको हो । यो जोगाउनु पर्छ ।

जसरी सरकार र समुदायले यो विद्यालयलाई नमूना र उदाहरणका रुपमा प्रस्तुत गर्ने गरेको छ त्यसैगरी यसलाई गुणस्तरीय शैक्षिक केन्द्रको रुपमा कायम राखी राख्न अब ध्यान केन्द्रित गर्नुपर्छ । सरकारले यसलाई पूरा शिक्षक दरबन्दी उपलब्ध गराउनु पर्छ । कुल ३ सय ५१ जना शिक्षक कर्मचारीमध्ये ६१ जना मात्र सरकारी दरबन्दीका छन्, बाँकी सबै विद्यालय श्रोतका हुन् । यो दुःखद पक्ष हो । सरकारले यसको विकासमा पर्याप्त ध्यान नदिएको प्रमाण हो यो । सरकारले नमूना विद्यालय मान्नु तर आवश्यक श्रोत साधन नदिनु बिडम्बना हो । यसमा तत्काल सरकारको ध्यान जानु अनिवार्य छ । विद्यार्थीको चाप अनुसार चौरको कमी छ । विद्यालयको नजिकै नेपाली सेनाको स्वामित्वमा रहेको खाली जग्गा छ यसलाई चौरको रुपमा प्रयोगमा ल्याउन पहल गर्न सकिन्छ । सेना पनि यस विषयमा सकारात्मक बन्न सक्छ । विद्यार्थीको चाप अनुसार भवन एवं पूर्वाधारको कमी छ यसका लागि केन्द्र, प्रदेश र स्थानिय सरकारले पर्याप्त बजेट उपलब्ध गराउनु अनिवार्य छ । विद्यालयले पठन पाठनमा जसरी उपलब्धी हासिल गर्दै आएको छ । त्यसैगरी अतिरिक्त क्रियाकलापहरु विविध खेलकुद, साहित्य सिर्जना, जुनियर रेडक्रस, स्काउट आदी तर्फ पनि योग्य र दक्ष जनशक्ति उत्पादन गर्न ध्यान केन्द्रित गर्नुपर्छ ।

अहिले विद्यालयले यसै वर्षदेखि संचालनमा ल्याएको छात्राबासको व्यवस्थापन पनि चुनौतीका रुपमा अगाडि देखापरेको छ । अनाथ, असहाय, वालवालिकाको शैक्षिक विकासमा टेवा पु¥याउने उद्देश्य लिएको यो छात्राबासलाई नियमित बजेटको व्यवस्था मिलाउनु चुनौती हो । कुल २ सय सीट क्षमताको यो छात्राबासमा हाल २२ जनाले आवासीय सुविधा सहितको पढाई सुविधा प्राप्त गरेका छन् । भौतिक पूर्वाधार पर्याप्त र राम्रो छ । यसको लागि नियमित बजेटको व्यवस्था मिलाउन केन्द्र, प्रदेश र स्थानीय सरकारले सहयोग गर्नु अनिवार्य भएको छ । विद्यालयले वार्षिक कति बजेट आवश्यक पर्ने हो सो को स्पष्ट कागजात तयार गरी यथासिघ्र तिनै तहका सरकार समक्ष पेश गर्नुपर्दछ । यो विद्यालयको ब्राण्डिङ्गका आधारमा यसै विद्यालयद्वारा उत्पादित विद्यार्थीहरुलाई लक्षित गरी खोलिएको बुटवल कालिका क्याम्पसले पनि छोटो समयमा राम्रै सफलता हासिल गरिरहेको छ । यसरी बुटवल र लुम्बिनी प्रदेशमा मात्र नभई राष्ट्रमै कालिका मानवज्ञान एक नमूना शैक्षिक ब्राण्ड बनेको छ । यसलाई कायम राख्दै थप सर्वाङ्गिण विकासको लागि अघि बढ्नु अवको अपरिहार्यता हो । जस्तोसुकै कठिन अवस्थामा पनि कालिकाको लोकप्रियतामा कमी नआओस यसले निरन्तर शिखर चुमिरहोस् । जयकालिका ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?