ट्रेंडिंग:

>> यसरी नियन्त्रण गर्न सकिन्छ आगलागी >> सरकारसँगै फेरिन्छन भूमि आयोग >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कान्तिमा स्तरमापन परीक्षा >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु >> पेमेन्ट गेटवे प्रकरणमा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर, मधु मरासिनीलाई सफाइ >> सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा हुने >> यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै >> संजिवनी टोलको १० औ रक्तदान >> सुदूरपश्चिममा सत्ता गठबन्धन मन्त्रालय भागबण्डाको गृहकार्यमा >> विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह >> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा

नेपालको खेतमै कुहियो, भारतबाट करोडौंको आयात

१५ बैशाख २०८०, शुक्रबार
१५ बैशाख २०८०, शुक्रबार

बाँके, १५ बैशाख ।

बारीमा लगाएको टमाटर लटरम्म फलेर बोटमै पाक्न लागिसके । तर किन्न आउने कोही पनि भएनन् । बजार लगेर बेच्न खोजियो तर त्यहाँ पनि कसैले किनिदिएनन् । टमाटर बेचेर आम्दानीको हरहिसाव गर्दै बसेका बाँकेको खजुरा–२ सितापुर ‘ए’ गाउँका अगुवा किसान लाल बहादुर खत्रीलाई यसपटक निकै आपत प¥यो । केही गरे पनि दुख गरेर फलाएको टमाटर बेच्न नसकेपछि उनले दुई सय ‘क्यारेट’ टमाटर मलखादमा खन्याएका छन् ।

‘प्रति केजि १० रुपैयाँमा लैजाउ भन्दा पनि किन्न कोही आएन । यतिका टमाटर कहाँ लगेर राख्नु ! अति भएपछि बरु मल नै होला भनेर मलखातमा फालिदिएँ’– कृषि विकास बैंकको जागिरे जीवनपछि कृषिक्षेत्रमा लाग्दै आएका खत्रीले दुखेसो गर्दै भने । यतिबेला नेपालगन्जमा पाँच किलो टमाटरको रु एक सय छ । अहिले सिजन नै भएपनि अघिल्ला वर्षमा टमाटरको मूल्य यसरी कम नभएको खत्रीले बताए ।

उनका अनुसार, स्थानीय प्रशासनको उदासिनताका कारण भारतबाट बजारले माग नै नगरेको टमाटर आइदिंदा नेपाली किसानको उत्पादनले बजार पाउन नसकेको हो । ‘कम्तीमा स्थानीय प्रशासनले अभावका बेला खुकुलो गरेपनि स्थानीय उत्पादन नै पर्याप्त भएका बेला नियमन गर्न सक्नुपथ्र्यो’, अगुवा किसान खत्रीले भने, ‘टमाटरको बेला मात्रै होइन हरेक उत्पादनमा हामीलाई यसरी नै निरुत्साहित गर्ने गरिन्छ, लागत पनि नउठेपछि किसान कसरी उत्पादनमा अग्रसर होलान् ?’

बाँकेका कृषकको मुख्य बजार नेपालगन्ज हो । यहाँका तरकारी व्यापारीले सिन्डिकेट चलाएका छन् । उनीहरुले सस्तो कहाँ पाईन्छ भन्ने आधारमा तरकारी खरिद गर्दै आएका छन् । नेपालमा भन्दा सस्तो भारतमा पाइने अवस्थामा उनीहरुले उतैबाट आयात गर्छन् । त्यतिबेला नेपाली उत्पादक कृषकहरु मर्कामा पर्दै आएका छन् । तर व्यापारीहरु बाँकेमा सिजनमा धेरै उत्पादन भएका कारण मूल्य कम भएको बताउँछन् । माग भन्दा उत्पादन धेरै भएका कारण कृषक मर्कामा परेको उनीहरु स्वीकार गर्छन् ।

तर नेपालगन्ज भन्सारको तथ्यांकले भने नेपालगन्जका तरकारी व्यापारीहरुले मनग्य मात्रामा भारतबाट टमाटर लगायतका तरकारी आयात गर्दै आएको खुलेको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म रु ४ करोड ५३ लाख ३४ हजार ९ सय मूल्य बराबरको २५ सय ५६ मेट्रिक टन टमाटर आयात भएको छ । बैशाखको पहिलो साता भित्र मात्रै रु ७ लाख ९१ हजार मूल्य बराबरको ४५ हजार किलो टमाटर आयात भएकोे छ र यो त बैध तरिकाले आयात भएको लेखाजोखा मात्रै हो । बिभिन्न चोरी नाका हुँदै नेपालगन्जमा टमाटर कति भित्रिन्छ कति ! त्यसको कुनै हिसावकिताव हुँदैन । यसरी भारतबाट बैध र अबैध तरिकाले टमाटर आयात हुँदा बाँकेमै उत्पादन भएका टमाटर विक्री नभएपछि किसानले खेतमै गाड्न बाध्य हुन ।

यसरी भारतीय तरकारी आयात हुँदा मर्कामा परेका किसानलाई स्थानीय पालिकाले राहतका कार्यक्रम ल्याउनुपर्नेमा समेत आवाज उठ्न थालेको छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफानले टमाटर त्यसै सडेको भन्ने बिषयमा आफ्नो ध्यानार्कषण भएको बताउँदै समस्या समाधानको पहल लिने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?