ट्रेंडिंग:

>> सुदूरपश्चिमका प्रदेश प्रमुखको कदमविरुद्ध कांग्रेस र नाउपा अदालत जाने >> डढेलोले लिदै कर्णालीबासीको ज्यानः दुई महिनामा सातजनाको मृत्यु >> सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीका दुवै दाबी अस्वीकार, फेरि पेश गर्न आह्वान >> सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नेपालगञ्जमा अभियान >> सिद्धार्थ कटेजलाई हरियो स्टिकर >> सशस्त्र प्रहरीद्वारा २ सय ७२ केजी गांजा बरामद >> गाउँलेले श्रमदान गरेर मर्मत गरे पाँच किलोमिटर सडक >> लुम्बिनीमा सात संसदीय समितिका सभापति सर्वसम्मत >> वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै >> प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता >> विश्वविद्यालयहरु दलीय हस्तक्षेपबाट मुक्त हुन्छन : शिक्षामन्त्री श्रेष्ठ >> सुप्रिम सहकारी पीडितद्वारा प्रदर्शन >> सुनको भाउमा फेरि नयाँ रेकर्ड, ताेलाको १ लाख ३९ हजार २ सय रुपैयाँ >> बुटवलका छापा संचारगृहहरूको संयुक्त बैठक >> अन्डरग्राउण्डसहित बन्ने छ १२ तलाको अत्याधुनिक भवन >> शँकरनगर सामुदायिक वनमा निःशुल्क आँखाको चेकजाँच शिविर >> सुप्रिम सहकारी घोटाला प्रकरण : आजदेखि थुनछेक बहस हुने >> नयाँ बर्षले पर्यटन क्षेत्रमा दिएको उत्साह >> पर्यटनको नाममा अर्ब सकियो, न बन्यो पूर्वाधार, न आए पर्यटक >> नयाँ वर्ष सबैको घरमा उमंग बनेर आओस् >> पञ्चेबाजा बजाउँदै विद्यार्थी भर्ना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> परिवर्तनका उपलव्धिको रक्षा जरुरीः छविलाल विश्वकर्मा >> विकासको मूलधारमा जोडिन मिडियाले अभियान चलाउनुर्छ : मन्त्री शर्मा >> कृषिमा फड्को मार्दै बुटवल >> नेपालको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने कम्पनीः मुख्यमन्त्री >> नुवाकोटमा उजिरसिहको पूर्णकदको मूर्ति अनवरण >> धादिङ – काठमाडौं जोड्ने नागढुङ्गा सुरुङमार्ग छिचोलियो >> एसीसी प्रिमियर कप : हङकङविरुद्ध ८ विकेटको जितसँगै नेपाल सेमिफाइनलमा >> सशस्त्र प्रहरीद्वारा ३ लाख ८२ हजार बराबरको अवैध सामान बरामद >> ‘दुर्घटनापछिको सहजीकरणमा भलाई कोषको ठूलो योगदान’ >> हङकङद्वारा नेपाललाई १ सय १५ रनको लक्ष्य >> सुदुरपश्चिममा गठबन्धन भत्किएपनि फरक पर्दैन : ओली >> माधव नेपालको चेतावनी : लुम्बिनी,बागमति र मधेशमा पनि खतराको घण्टी >> आईएमई ग्रुपको चौथो केबलकार कैलालीको चिसापानीमा शिलान्याश >> लुम्बिनीमा १७ महिनापछि संसदीय समितिले पूर्णता पाउंदै >> राप्रपाको प्रदर्शनमा प्रहरीले हानेको अश्रुग्यासले अस्वस्थ बर्दियाका डांगीको मृत्यु >> विपदबाट एक वर्षमा झण्डै पाँचसयको मृत्यु >> आज प्रतितोला सात सय रूपैयाँले बढ्यो सुन >> एसीसी प्रिमियर कपमा नेपाल र हङकङबीच खेल हुंदै >> एमाले संसदीय दलको वैठक बस्दै >> विश्वदीपले पनि छाडे बाबुरामको साथ >> रिडी पावर कम्पनीका न्यौपानेलाई एक वर्ष कैद ,३ करोड ९८ लाख रुपैयाँ जरिवाना >> दाङमा लागुऔषध सहित महिला पक्राउ >> आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> मौसमजन्य रोगको प्रकोप र चुनौति >> ‘शैक्षिक बेरोजगार सम्बोधन कार्यक्रम’ >> भन्सार कार्यालयको सक्रियता बढ्दो >> सुनछहरीमा ‘शून्य उजुरी’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल
सन्दर्भ : विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस

पुस्तक पढ्नुको महत्व 

१० बैशाख २०८०, आईतवार
१० बैशाख २०८०, आईतवार

पछिल्लो तीन महिनामा तपाईंले कुन पुस्तकको सुरूदेखि अन्त्यसम्म पढ्नु भयो ? विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका सन्दर्भमा हामी सबैले मनन गर्नुपर्ने भएको छ कि हामी कति पढ्छौं । आइसल्याण्डका ५० प्रतिशत मानिसहरूले वार्षिक आठवटा पुस्तक पढ्छन् र त्यहाँका ९३ प्रतिशत मानिसहरूले वार्षिक एउटा पुस्तक पढ्छन् । पढ्नु किन जरुरी छ ? केही पाठकहरू राम्रो पुस्तकमा घुमिरहन्छन् भने कोही कथामा हराउँछन् । कसैलाई पात्रको जीवन, ब्यक्तित्व र साहसिक कार्य वा आदर्श कार्यले आकर्षित गर्दछ । तर केही मानिसहरूले पढ्ने समय हुदैन वा ध्यान नै जादैन भनेर पठनमा रुचि नदेखाउने पनि गर्दछन् । तर विभिन्न अनुसन्धान र लेखहरूमा पठनका धेरै फाइदाहरू भएको र मानिसको सकारात्मक कल्याण वा कुशल मङ्गलका लागि सहयोगी हुने बताइएको छ ।

पुस्तक जहाँ पनि पढ्न सकिन्छ । बसमा यात्रा गर्दा, सवारी साधन पर्खिरहँदा, घरमा, साँझ, बिहान जुनसुकै समयमा र स्थानमा पुस्तक पढ्न सकिन्छ । पुस्तक पढ्नाले पाठकको भाषिक शब्द भण्डार र विश्वको बारेका ज्ञान बढ्दछ । यसले विभिन्न विचारहरूका लागि मस्तिष्कमा ठाउँ खुला गर्दछ र हाम्रो विद्यमान विचारलाई चुनौति दिन्छ । पठन कार्यमा लागिरहने मानिसमा समालोचनात्मक र सिजएनात्मक सिपको विकास हुन्छ । आफूमा भएका आग्रह वा पूर्वाग्रहहरूको पुनःविचार गरी नयाँ सोंच विकास गर्नका लागि पुस्तकले प्रभावकारी भूमिका खेल्दछ । त्यसपछि हामीले संसारलाई फरक दृष्टिकोणबाट हेर्ने बानी विकास हुन्छ । पठन ज्ञानका लागि र पठन पठनकै लागि आवश्यक छ । हामीमा लिखित सामग्रीलाई ग्रहण गर्ने क्षमताको विकास पठन संस्कृतिबाट मात्र सम्भव छ ।

पढाइले शब्द भण्डार, विश्व ज्ञान र पठन सिप विकास गर्ने मात्र होइन पठनले मानिसको शारीरिक र मानसिक स्वास्थ्यमा समेत सकारात्मक सहयोग पुग्दछ । योगा वा शारीरिक अभ्यासले जस्तै पठनले तनाव कम गर्ने, र उच्च रक्तचाप र मुटु रोगीहरूका लागि समेत सहयोगी हुने पाइएको छ । यसका अतिरिक्त पठनका निम्न फाइदाहरू छन् ।

– प्ठनले हाम्रो मस्तिष्कको सशक्तिकरण गर्दछ । सोंचाइ र स्मरण शक्ति बढाउँछ ।
– पठनले परानुभूतिको भावना विकास गर्दछ । यसले गर्दा सम्बन्धमा सुधार आउँछ ।
– पठनले तनाव वा डिप्रेशन हुनबाट रोक्दछ ।
– पठन संस्कृतिका कारण उमेर अनुसार विस्मरण हुने प्रबृत्ति क मगर्दछ ।
– पठनले राम्रो निद्रा पर्नुका साथै जीवन लम्ब्याउँछ । बढ्दो मोबाइल वा कम्प्युटर स्क्रिनको लतबाट जोगाएर पुस्तकले निद्रा सहज बनाउँछ । जब कि डिजिटर स्क्रिनले मानिसहरूको सुताइ ब्यवहारमा नकारात्मक प्रभाव पारिरहेको छ ।

पठनका कारण बालबालिकाहरूमा असल ब्यवहार विकास हुने, घरमा पढ्ने वानी परेका बालबालिकाले विद्यालय पढाइमा समेत राम्रो प्रभाव पर्ने भएकोले औपचारिक शिक्षामा समेत पठन संस्कृतिको सकारात्मक प्रभाव पर्दछ । पढ्ने वानी भएका बालबालिकामा आत्म सन्तुष्टि, आत्म सम्मान र सञ्चार सिपको विकास हुने गर्दछ । आफूलाई ज्ञानात्मक पक्षमा सबल ठानेर सिकाइ प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुने उत्प्रेरणा प्राप्त गर्दछन् ।

पढ्नका लागि अचेल धेरै स्रोत वा पुस्तकहरू उपलब्ध छन् । हामीले प्रयोग गनेै अन्य सागम्रीका तुलनामा पुस्तक सस्तो र सर्बसुलभ पनि हुन्छ । के पढ्ने भन्ने छनोट गर्नुभन्दा उपलब्ध सबै विधाका सबै सामग्री पढ्दा राम्रो हुन्छ । साथी, शिक्षक वा अभिभावकबाट सिफारिस गरिएका पुस्तकहरू अझ प्रभावकारी हुन सक्छन् । तसर्थ आजैबाट पुस्तक खोजौं, बसौं, पढौं र पढाइबाट हुने फाइदाहरू लिन सकौं । विश्व पुस्तक दिवसको यही शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np