ट्रेंडिंग:

>> रास्वपा स्वार्थी, अस्थिर र डोलायमान : ओली >> एनजी मार्केटको बम्पर उपहार विजेतालाई डेढकरोडको घर बनाइदिने सम्झौता हस्तान्तरण >> नासिंदै चौपारीहरु : गमलाको पिपल पूजा गर्दै, संस्कृति जोगाउँदै >> भारतले रोक्यो नेपाली चिया निर्यात,१७ ट्रक चिया भारतमा अलपत्र >> काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना, १९ जना घाइते >> सल्यान उद्योग वाणिज्य संघको मतदान सुरु >> नवलपरासीमा आगलागी : १० घर जलेर नष्ट >> आइपिओ जारी गर्दै ड्रिम इन्टरनेशनल >> एमाले प्रतिनिधि परिषद् बैठक आज, २ हजार ४ सयको सहभागिता रहने >> कथाः हेडसर >> यसरी नियन्त्रण गर्न सकिन्छ आगलागी >> सरकारसँगै फेरिन्छन भूमि आयोग >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कान्तिमा स्तरमापन परीक्षा >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु >> पेमेन्ट गेटवे प्रकरणमा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर, मधु मरासिनीलाई सफाइ >> सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा हुने >> यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै >> संजिवनी टोलको १० औ रक्तदान >> सुदूरपश्चिममा सत्ता गठबन्धन मन्त्रालय भागबण्डाको गृहकार्यमा >> विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह >> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन

माक्र्सवादी ज्ञान केन्द्रको दुई दिने कार्यशाला बुटवलमा सम्पन्न

८ बैशाख २०८०, शुक्रबार
८ बैशाख २०८०, शुक्रबार

बुटवल, ८ बैशाख ।

माक्र्सवादी ज्ञान केन्द्रको आयोजनामा ‘समाज रूपान्तरणको पाठशाला’ नामक खोज तथा अनुसन्धान सहजीकरण कार्यशाला बुटवलमा सम्पन्न भएको छ ।

माक्र्सवादी ज्ञान केन्द्र लुम्बिनी प्रदेशको व्यवस्थापनमा बुटवलमा आयोजित उक्त कार्यशाला दुई दिन सञ्चालन भएको थियो । सांस्कृतिक प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यशालामा सांस्कृतिक सम्पदालाई आयआर्जनमा जोड्ने मुख्य बिषय रहेको थियो ।

समापन कार्यक्रमलाई संबोधन गर्दै संघ सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपालीले समृद्धिको आधार सम्पदा र संस्कृतिको संरक्षण गरी समुदाय सङ्ग जोड्दै ब्यवसायीकरण गर्नुपर्ने बताईन् । “नेपाल कला संस्कृतिमा विश्वकै नमुना देश भएकाले यसलाई संरक्षण र संवद्र्धन गरी बाह्य पर्यटक नेपाल भित्र्याउन सकेमात्र थिचिएको अर्थतन्त्रमा केही सुधार हुनसक्छ यसका लागि हामी सांस्कृतिक सम्पदाको खोजी र संरक्षणमा निरन्तर लाग्नु पर्छ”– उनले भनिन् ।

कार्यशालामा उठेका विषयहरू र सांस्कृतिक सम्पदालाई अर्थतन्त्रमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्राप्त सुझावका आधारमा प्रतिवेदन तयार पारिने माक्र्सवादी ज्ञान केन्द्रका वरिष्ठ उपाध्यक्ष विशेश्वर कट्टेलले जानकारी दिनुभयो । उहाँले उक्त प्रतिवेदन नेपाल सरकारलाई बुझाउने बताउनुभयो । यसले सरकारलाई आवश्यक नीति निर्माणमा सहयोग पुर्याउने उपाध्यक्ष कट्टेलको बताउनुभयो ।

नेपाली समुदायमा रहेका सँस्कृति सम्पदा र तिनका पहिचानका आधारहरु, नेपालका साँस्कृतिक अर्थशास्त्र र उदीयमान समाजवादी क्रान्ति, मुर्त र अर्मूत साँस्कृतिक सम्पदा र तिनीहरुको अवधारणा, सहित सांस्कृतिक सम्पदालाई आयआर्जनसँग जोड्न खोज तथा अनुसन्धान गर्ने गरी विषय विज्ञ डा. निमानन्द रिजाल, विश्वेश्वर कट्टेल केन्द्रीय सचिव हुमनाथ कार्यशाला सहजीकरण गरेका थिए ।

समापन सत्रको अध्यक्षता मार्क्सवादी ज्ञान केन्द्र लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष नरबहादुर जिसि तथा संचालन हुमानाथ न्यौपाने (सुदिप) ले गरेका थियो । कार्यशालामा लुम्बिनी प्रदेशबाट ४५ जना सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?