ट्रेंडिंग:

>> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक >> दुर्घटना न्युनीकरण गर्न चालक र सहचालकलाई प्रशिक्षण >> सामाजिक विभेदको पराकाष्ठा : गल्ती एउटाको, निर्दोष बालकलाई सामाजिक सजायँ >> सुदुरपश्चिममा फेरि लफडा : रेशम पक्षका लक्ष्मणकिशोर सर्वोच्चमा >> आगलागीबाट प्रभावित परिवारलाई राहत वितरण >> गुरुकुलीय संस्कृत शिक्षाप्रतिको आकर्षण बढ्दो
समाचार

गुल्मीमा पहिलो पटक ‘मह उत्सव’

६ बैशाख २०८०, बुधबार
६ बैशाख २०८०, बुधबार

गुल्मी, वैशाख ।
गुल्मीको मुसिकोट नगरपालिकामा मह उत्सव मनाईएको छ । मुसिकोट नगरपालिका अन्तर्गत ८ र ९ मा रहेको सालिमे स्मार्ट कृषि गाउँ मौरी पकेट समूहको आयोजनामा उक्त मह उत्सव कार्यक्रमको आयोजना गरिएको हो । कृषि ज्ञान केन्द्र गुल्मीको सहयोगमा जिल्लाको मुसिकोट नगरपालिकामा मौरी स्मार्ट गाउँ कार्यक्रम लागू भएपछि त्यहाँका ५० घर परिवार कृषकहरू व्यवसायिक मौरी पालनतर्फ आकर्षित बनेका हुन ।

गत तीन वर्षअघिे मौरी स्मार्ट कार्यक्रम लागु भएपछि त्यहाँका कृषकहरूले व्यावसायीक रूपमा मौरी पालन गर्दै आईरहेका छन ।
मौरी पालन व्यावसायलाई आधुनिकिकरणसँगै महलाई विविधिकरण गरि त्यसको व्यवसायीकरण प्रवद्र्धन गरि गुल्मी जिल्लालाई महमा आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लामा पहिलो पटक मह उत्सव गरिएको सालिमे स्मार्ट कृषि गाउँ कार्यक्रमका अध्यक्ष चुमा घर्तिमगरले बताए ।


सालीमे मौरी स्मार्ट गाउँ कार्यक्रमका लागि कृषि ज्ञान केन्द्र मार्फत चार वर्षको अवधिमा एक करोड २५ लाख रूपैंया अनुदान उपलब्ध गराउने कार्यक्रम रहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी गराएका छन । सालीमे मौरी स्र्माट समूहले पहिलो वर्षलाई आधार वर्ष, दोस्रो वर्षलाई मह वृद्धि वर्ष, तेस्रो वर्षलाई मह उत्सव र चौंथो वर्षलाई मह निर्यात वर्षको रूपमा व्यवस्थीत कार्ययोजना तय गरेको छ ।
कार्यक्रममा प्रदेश सभा सदश्य डिल्लीराज भुसाल, जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्री, मुसिकोट नगरपालिकाका पुर्व नगर प्रमुख सोमनाथ सापकोटा, नगर उपप्रमुख गंगा श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत बिनोद कुँवर लगायतका व्यक्तिहरूले मुसिकोटलाई मह पर्यटकीय स्थलको रूपमा विकास गनु पर्नेमा जोड दिएका थिए ।
मह उत्सवमा त्यस क्षेत्रमा उत्पादित अर्गानिक मह र मह उत्पादनमा प्रयोग गरिने आवश्यक सामग्रिको प्रर्दशनी गर्नुका साथै समूहद्वारा प्रकाशित २०८० को क्यालेण्डर समेत विमोचन गरिएको थियो । कार्यक्रममा सहभागि अतिथि लगायत सम्पूर्ण सहभागिहरूलाई महको सर्वत, महको चिया र महको खाजा खुवाईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?