ट्रेंडिंग:

>> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक >> दुर्घटना न्युनीकरण गर्न चालक र सहचालकलाई प्रशिक्षण >> सामाजिक विभेदको पराकाष्ठा : गल्ती एउटाको, निर्दोष बालकलाई सामाजिक सजायँ >> सुदुरपश्चिममा फेरि लफडा : रेशम पक्षका लक्ष्मणकिशोर सर्वोच्चमा >> आगलागीबाट प्रभावित परिवारलाई राहत वितरण >> गुरुकुलीय संस्कृत शिक्षाप्रतिको आकर्षण बढ्दो >> उजिरसिहमा बिदाई तथा शुभकामना >> पुरातात्विक संरचनालाई जोगाउँदै समृद्ध बुटवल निर्माणमा जोड >> अझै हुन सकेन कर्णालीमा मन्त्रिपरिषद् विस्तार >>  भिम रावललाई एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा  निषेध >> वामपन्थीबिच अहिले एकताको सम्भावना छैन : प्रधानमन्त्री >> विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर >> संघीय निजामती सेवा ऐन छिटो पारित गर्न माग
पसिनाको कमाई

ओखलढुंगाका राईको खेती दाङमा नमूना

दाङमा खेतीपाती गर्न सजिलो लाग्यो । टेक्टरले खेतबारी जोतेर खेती गर्ने भएकाले यहाँ सजिलो भएको हो । ‘आफ्नै भूमिमा पसिना बगाउनु पर्छ यही सुन फल्छ’ उनले भने । काम गर्ने मानिसलाई यही सम्भावना छ, अर्काको देशमा जानु हुँदैन । खेती गरेको ६ महिनामै आम्दानी गर्न सुरु गरेपछि कर्ण दंग छन् ।
५ बैशाख २०८०, मंगलवार
५ बैशाख २०८०, मंगलवार

दाङ, ५ वैशाख ।

सानो पराले घर, घरछेउँमा लहलह झुलेको चना, धनियाँ र गहुँ खेतीका दृश्य देख्न सकिन्छ । घोराही –१७ ठाटीगाउँमा ओखलढुंगाका तुलकर्ण राईका जाँगर लहलह झुलेको देख्दा जो कसैको मन लोभ्याउने गर्छ । गहुँ पाकेर काट्ने तयारीमा छ । चना र धनियाँ आधा हरियोमै बिक्री भयो आधा सुकेर दाना लागेको छ ।

ओखलढुंगाका राई दुइ वर्षअघि दाङ आइपुगेका हुन् । ओखलढुंगामा अकवरे खुर्सानीका बिरुवा उत्पादन गरेर बिक्री गर्ने र व्यावसायिक बंगुर पालन गरेको उनले बताए । “दाङ आएपछि पनि कृषि पेसाबाट आम्दानी गर्ने गरेको छु । जमिन कट्ठाको वर्षको पाँच हजार दिने शर्तमा ११ कट्ठा जमिन भाडामा लिएको छु”–उनले भने । सोही जमिनमा चना, धनियाँ खेती गरेको उनको भनाई छ । चनाकोे दाना त देखेको तर बोट दाङमा आएर देखेको उनले बताए । “दाङमा चनाको राम्रो व्यापार हुँदो रैछ । हरियो चना ३० हजारको बिक्री गरें । धनियाँ पनि ३५ हजारको बिक्री गरें । सुकेको बिक्री गर्न बाँकी नै छ”–उनले भने ।

चना र धनियाँ खेती बाहेकको तीन बिघा जमिनमा गौतम जातको गहुँ खेती गरेका छन् । स्थानीय बमबहादुर बस्नेतको जमिन र उनैसंगको सहकार्यमा खेती गरेको उनी बताउँछन् । नासिक बिउ उत्पादन कम्पनीसंगको सम्झौतामा मूल बिउका लागि खेती गरेको कर्णको भनाइ छ । “गहुँ खेती पनि राम्रो छ, उत्पादन राम्रो हुन्छ होला”–उनले भने ।

आफ्नो बिगत सम्झदै उनले भने,“ओखलढुंगाबाट छिमेकी भाइ दाङ आउने जाने गर्दथे । उनैले दाङमा हावापानी राम्रो छ उतै खेती गरौ जग्गाको चाँजोपाँजो म मिलाउँछु भने । उनैको सहारामा दाङ झरेको हुँ । भने जस्तै पानीको सुविधा भएको जमिन भेटाएँ ।”

दाङमा खेतीपाती गर्न सजिलो लाग्यो । टेक्टरले खेतबारी जोतेर खेती गर्ने भएकाले यहाँ सजिलो भएको हो । ‘आफ्नै भूमिमा पसिना बगाउनु पर्छ यही सुन फल्छ’ उनले भने । काम गर्ने मानिसलाई यही सम्भावना छ, अर्काको देशमा जानु हुँदैन । खेती गरेको ६ महिनामै आम्दानी गर्न सुरु गरेपछि कर्ण दंग छन् । राम्रो तरिकाले खेतीपाती गर्ने हो भने पाँच जनाको परिवारलाई खान लाउन समस्या नहुने उनको भनाई छ । दुइवटा छोरालाई नजिकैको सरकारी विद्यालयमा भर्ना गरेका छन् भने जेठो छोरोले आफूलाई काममा सघाउने गरेको उनले बताए । कर्ण घोराहीमा दैनिक संचालन हुने तरकारी बजारमा आफूले उत्पादन गरेको तरकारी ल्याएर बिक्री गर्न आइपुग्छन् । पछिल्लो समय बैदेशिक रोजगारीमा जाने युवाहरुलाई आफ्नै भूमिमा पसिना बगाउन सल्लाह दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?