ट्रेंडिंग:

>> यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै >> संजिवनी टोलको १० औ रक्तदान >> सुदूरपश्चिममा सत्ता गठबन्धन मन्त्रालय भागबण्डाको गृहकार्यमा >> विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह >> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु

आजदेखि बुटवलबाट श्रम स्वीकृती

१५ पुष २०७५, आईतवार
१५ पुष २०७५, आईतवार

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रदेशमा रहेका ६ वटा श्रम तथा रोजगार कार्यालयलाई अधिकार प्रत्यायोजन गरेको छ । मन्त्रालयले सूचना जारी गरी प्रदेशस्तरका कार्यालयलाई दिइएको अधिकारबारे जानकारी गराएको हो ।
श्रम तथा व्यवसाय जन्य सुरक्षा विभाग अन्तर्गतका धनगढी, सुर्खेत, बुटवल, पोखरा, जनकपुर र विराटनगरमा रहेका श्रम तथा रोजगार कार्यालयहरुलाई राजपत्रमा प्रकाशित गरी अधिकार प्रत्यायोजन गरिएको छ । वैदेशिक रोजगार ऐन, २०६४ को दफा १५ बमोजिम वैदेशिक रोजगारमा कामदार पठाउन निश्चित संख्यामा माग निर्धारण गरी पूर्व स्वीकृतिका लागि निवेदन लिने र पूर्व स्वीकृति दिन सक्ने छन् ।
व्यक्तिगत श्रम स्वीकृति पनि प्रदेश कार्यालयहरुले नै दिन सक्ने छन् । यस्तै म्यानपावर कम्पनीका शाखा कार्यालयको अनुगमन र वैदेशिक रोजगार ऐन कार्यन्वयन भए नभएको अनुगमन गर्ने अधिकार पनि प्रदेशमा रहने श्रम तथा रोजगार कार्यालयहरुलाई दिइएको छ । म्यानपावर व्यवसायीले विज्ञापन गरे नगरेको अनुगमन गरी तथ्य बुझ्ने तथा तोकिएको संख्यामा श्रम स्वीकृतिको स्टिकर दिने अधिकार प्रदेश कार्यालयलाई दिइएको छ ।
आजदेखि प्रदेश नम्बर २ को जनकपुर र प्रदेश नम्बर ५ को बुटवलबाट समेत श्रम तथा रोजगारसँग सम्बन्धी कामहरु हुने भनिएको छ । अन्य प्रदेशका कार्यालयबाट भने केही समय लाग्ने र तयारी भइरहेको मन्त्रालयले जनाएको छ । तत्कालका लागि पुनः श्रम स्वीकृति, म्यानपावर कम्पनी तथा अभिमूखीकरण तालिम दिने संस्थाहरुको अनुगमन र नियमन गर्ने, वैदेशिक रोजगारी सम्बन्धी सूचना जानकारी दिने र गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम हुने छन् ।
श्रम तथा रोजगार कार्यालय बुटवलले आइतबार (आज) दिउँसोदेखि सेवा प्रारम्भ गर्ने तयारी भईरहेको कार्यालय प्रमुख उमेश शर्माले जानकारी दिए । हामी तयारीमा छौं बुटवल टुडेसँग कुराकानी गर्दै शर्माले भने सेवा शुरु गर्नका लागि सिडिओ साप सँग पनि कुराकानी भयो दिउँसो बाह्, एक बजे ओपनिङ गछौं ।
उनका अनुसार श्रम स्वीकृतिको काम शुरु गर्नका लागि कार्यालयले सामग्री व्यवस्थापन र फास्ट ईन्टरनेट जडानको काम गरिरहेको छ । प्रमुख शर्माका अनुसार तत्काल काम शुरु गर्नलाई कार्यालयलाई भाषाविदको आवश्यक परेकोमा उक्त कर्मचारी पनि केन्द्रबाट पठाएको जानकारी आफुले पाएको बताए ।
श्रम तथा रोजगार कार्यालय, बुटवलका लागि लागि १४ जना कर्मचारीको दरबन्दी छ । दरबन्दीका कर्मचारीमध्ये अधिकांश बुटवल आइसकेको कार्यालयका मेकानिकल ईन्जिनियर पर्वत श्रेष्ठले बताए । तत्कालका आफुहरु कार्यालयलाई चाहिने भौतिक संरचना र प्राविधिक तयारीमा जुटेको जानकारी दिए ।
बुटवलबाट श्रम स्वीकृतीको काम शुरु भएसँगै यस क्षेत्रका बैदेशिक रोजगारका लागि जानेहरुले सरकारबाट लिने स्वीकृत लिन काठमाडौ जानुपर्ने समस्याको अन्त्य हुने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?