ट्रेंडिंग:

>> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी

प्रदेश राजधानीमा छिट्टै विद्युतिय बस

११ पुष २०७५, बुधबार
११ पुष २०७५, बुधबार

प्रदेश ५ को राजधानी सहित मुख्य शहरहरुमा विद्युतिय बस सञ्चालन तयारी भएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ मा विद्युतिय बस सञ्चालनको तयारी गरेको हो । सन् २०२० सम्म नेपालमा २० प्रतिशत विद्युतिय सवारीसाधन सञ्चालन गर्ने सरकारको लक्ष्यलाई सफल बनाउने योजनाका साथमा प्रदेश ५ को राजधानीमा पनि विद्युतिय बस सञ्चालन गर्ने तयारी गरिएको जनाएको छ ।
विद्युतिय बस सञ्चालनको विषयमा पहिलो चरणको छलफल भई विज्ञको सुझाव संकलनको कार्य भईरहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेलले बताए । उनले बस खरिद पछि दिर्घकालिन रुपमा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने बिषय महत्वपुर्ण भएको हुदा त्यस बिषयमा मन्त्रालय गंभीर रहेको बताए । विद्युतिय बस अरु जस्तो सहज नभएको हुदा प्राविधिक पक्षको विषयमा पनि आफुहरुले विकल्प के हुनसक्छ भन्नेबारे छलफल गरिएको उनको भनाई छ । कसले कसरी सञ्चालन गर्ने भन्ने विषयको टुङ्गो लाग्नासाथ मन्त्रालयले छुट्याएको बजेटका आधारमा टेन्डर आहवान गरेर बस खरिद गरिने सचिव पौडेलको भनाई छ ।
विद्युतिय बस सञ्चालन पहिलो चरणमा बुटवल देखि बेलहियासम्म सञ्चालनको प्रारम्भिक काम भईरहेको प्रदेश नं. ५ सरकारको भनाई छ । त्यसका लागि मन्त्रालयले बुटवल उपमहानगर पालिका, सिद्धार्थनगर नगरपालिका र तिलोत्तमानगर पालिकाका प्रमुखसँग छलफल गरेर सुझाव संकलन गरिसकेको मन्त्रालयका शाखा अधिकृत शोषदत्त चौधरीले बताए । विद्युतिय बस सञ्चालन गरेर बस व्यवसायी समितिको एकाधिकार कम हुने सरकारको बुझाई छ । प्रदेश सरकार र स्थानिय तहको सहकार्यमा भाडादर कायम गर्ने र यसले सेवाग्राहीलाई राहत हुने चौधरीले बताए ।
विद्युतिय बस सञ्चालनले धेरै कुरामा फाईदा हुने शिक्षक दलबहादुर गुरुङ्गले बताए । उनले सरकारले आफनो नितिमा राखेर विद्युतिय बस सञ्चालन गर्न सके राज्य कोषमा बृद्धि हुनुका साथै इन्धन बचत हुने बताए । अहिले सञ्चालनमा आएका बसहरुले धुवाले मानिसको स्वास्थ्यसँगै वातावरणलाई नै प्रदुषित गरेको हुदा पनि फाइदाजन हुने उनको भनाई छ ।
नयाँ कामको शुरुवात भएकाले धेरै चुनौतीसँग सहकार्य गर्नु परेको अधिकृत चौधरीको भनाई छ । उनले आफुहरुले कागजी कामसँगै अहिले सरोकारवाला र विज्ञहरुसँगै छलफल गर्ने र सुझाव संकलन गरिरहेको बताए । यिनै सुझावहरु अबको केहि समयमा नै मुख्य मन्त्रीकहाँबाट पारित गरेसँगै कामले तिव्रता लिने उनले जानकारी दिए ।
पश्चिम नेपाल बस व्यवसायी समितिका अध्यक्ष दधि खरेलले समय अनुसार सरकारले सञ्चालन गर्ने विद्युतिय बस स्वागत योग्य रहेको बताए । उनले यसो भनिरहदा अहिले रहेका बाटाहरुको क्षमतालाई पनि हेर्नुपर्ने सुझाव दिए । सवारीको चाप धेरै छ, आर्थिक अवस्थालाई हेर्ने हो लामो समयदेखि निर्माण हुन लागेको बुटवल भैरहवाको सडकको अवस्था हामीले देखिरहेका छौ । त्यसै माथि सरकारले २० वर्ष पुरान सवारी साधनहरु हामीलाई बन्द गर्न निर्देशन दिईरहेको छ । हाम्रा समस्याहहरुलाई सरकारले सम्बोधन गरेको खण्डमा हामीले २० वर्ष होईन १८ वर्ष मै बन्द गर्न सक्छौ । अहिले यस्ता कुरामा सरकारले लगानी गर्न भन्दा आर्थिक उपार्जनको क्षेत्रमा लगानी गर्न जरुरी भएको खरेलले बताए । विद्युतिय बस सञ्चालनमा सरकारल व्यवसायीलाई पनि साथमा लिएर काम गर्न सके राम्रो हुने उनले सुझाव दिए ।
विद्युतिय बस सञ्चालनले गर्नु आजको आवश्यकता भएको बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी अनिता अर्यालको भनाई छ । उनले भनिन म विहानै ६ बजे नै कक्षा भेटाउन सैनामैनाबाट बुटवल आउनु पर्छ । बसले गर्दा समयमा पुग्नै कठिन हुन्छ उनिहरुको समयमा चल्नु पर्ने बाध्यता छ तर विद्युतिय बस सञ्चालनमा आए समय व्यवस्थापनमा सहज होला भन्ने उनको आशा छ । विद्युतिय बस सञ्चालन गर्दा बस रोक्ने स्थान र पुग्ने समय निश्चित गर्न सके यसबाट धेरै फाईदा पुग्न सक्ने उनले बताइन ।
सरकारले विद्युतिय बस प्रदेश राजधानीमा मात्र होईन कोहलपुरदेखि नेपालगञ्ज र घोराहीदेखि तुल्सीपुरसम्म सञ्चालन गर्ने बताएको छ । मन्त्रालयले विद्युतिय बस सञ्चालनका लागि यो आर्थिक वर्षमा प्रदेश ५ को राजधानीमा विद्युतिय बस सञ्चालनका ५ करोड ५० लाख बजेट विनियोजन गरेको छ । यो बजेट विद्युतिय बस सञ्चालनका लागि पर्याप्त नभए पछि राम्रो काम भएका शुरुवात गरेको शाखा अधिकृत चौधरीले बताए । उनले यो कार्यले विकासका लागि एउटा ईट्टा थपिने विश्वास व्यतm गरे ।
विद्युतिय बस सञ्चालनले बढ्दो इन्धनको मुल्य वृद्धि र बढ्दो प्रदुषणलाई नियन्त्रण गर्ने सहज हुने अपेक्षा गरिएको छ । पेट्रोलियम पदार्थको अभावमा दुख भोग्दै आएका नेपालीलाई विद्युतीय बस सञ्चालन आए पश्चात राहत पक्कै मिल्ने छ । साथै, पेट्रोलियम पदार्थको आयातमा पनि कमि आउने छ । जसले गर्दा चुलिदै गएकोे व्यापार घाटामा समेत कमि आउने आशा गर्न सकिन्छ ।
एसियाली विकास बैंक (एडिवि) ले लुम्विनी बिकास कोषलाई दिएको पाँच वटा विद्युतिय बस पुर्वाधारको व्यवस्था नभएको कारणले राजधानीमा चलाईएको छ । गौतम वुद्ध विमानस्थल नबनेसम्म उक्त विद्युतिय बस उपत्यकामा नै चलाईने साझा यातायातले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?