ट्रेंडिंग:

>> कानुनविपरित भर्ना शुल्क असुल्दै निजी विद्यालयः बुटवल उपमहानगर भन्छ– गुनासो आएको छ, अनुगमन गर्छौं >> हामीलाई कमजोर ठाने फेरि अर्को उथलपुथल : नेपाल >> लुम्बिनीसहित देशका विभिन्न प्रदेशमा ठूलो हावाहुरी, २४ घण्टे चेतावनी >> रास्वपा स्वार्थी, अस्थिर र डोलायमान : ओली >> एनजी मार्केटको बम्पर उपहार विजेतालाई डेढकरोडको घर बनाइदिने सम्झौता हस्तान्तरण >> नासिंदै चौपारीहरु : गमलाको पिपल पूजा गर्दै, संस्कृति जोगाउँदै >> भारतले रोक्यो नेपाली चिया निर्यात,१७ ट्रक चिया भारतमा अलपत्र >> काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना, १९ जना घाइते >> सल्यान उद्योग वाणिज्य संघको मतदान सुरु >> नवलपरासीमा आगलागी : १० घर जलेर नष्ट >> आइपिओ जारी गर्दै ड्रिम इन्टरनेशनल >> एमाले प्रतिनिधि परिषद् बैठक आज, २ हजार ४ सयको सहभागिता रहने >> कथाः हेडसर >> यसरी नियन्त्रण गर्न सकिन्छ आगलागी >> सरकारसँगै फेरिन्छन भूमि आयोग >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कान्तिमा स्तरमापन परीक्षा >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु >> पेमेन्ट गेटवे प्रकरणमा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर, मधु मरासिनीलाई सफाइ >> सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा हुने >> यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै >> संजिवनी टोलको १० औ रक्तदान >> सुदूरपश्चिममा सत्ता गठबन्धन मन्त्रालय भागबण्डाको गृहकार्यमा >> विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह >> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध

बर्दघाट खानेपानी संस्थाले एकघर एक धाराको लक्ष्य भेटायो

२६ चैत्र २०७९, आईतवार
२६ चैत्र २०७९, आईतवार

बर्दघाट, २६ चैत ।

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाले एकघर एकधारा घोषणा गरेको छ । संस्थाको २२ औँ वार्षिक साधारण सभा एवं ९ औँ अधिवेशनको अवसर पारेर संस्थाले आयोजना क्षेत्रभित्रका ४ हजार ७० घरमा धारा जडान गर्दै हरेक घरमा धारा जोडिएको घोषणा गरेको हो । २०५५ सालमा ५० सामुदायिक धाराबाट खानेपानी वितरण सुरु गरेको सँस्थाले अहिले आयोजना क्षेत्र भित्रका ४ हजार ७० घरमा धारा वितरण गरी २४ सै घण्टा शुद्ध पिउने पानी उपलब्ध गराउँदै आएको छ ।

सँस्थाको २२ औँ साधारण सभा एवं एकघर एक धारा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट खानेपानी सँस्थाले नेपाल गुणस्तरको खानेपानी २४ सै घण्टा उपलब्ध गराउँदै आएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा समेत निरन्तरता रहने आशा ब्यक्त गरेका छन् ।

बर्दघाट नगरपालिका अन्तर्गत अन्य वडाहरुमा पनि खानेपानी आयोजना रहेको तर बर्दघाटले २४ सै घण्टा सेवा उपलब्ध गराएको बताउँदै अन्य आयोजनाले पनि शुलभ र सहज खानेपानी उपलब्ध गराउनु पर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका सँस्थापक नगर प्रमुख धिरज शर्माले बर्दघाट खानेपानी सँस्थाले वडा नम्बर ४ का सबैको घरमा खानेपानी पँहुच पु¥याइरहँदा सरसफाई क्षेत्रमा समेत उदाहरणीय काम गर्नुपर्ने बताए । उनले नगरले खानेपानी र सरसफाईलाई प्राथमिकतामा राखी योजनाहरु अघि बढाउनुपर्ने समेत बताए । ‘बर्दघाट खानेपानीको आयोजना क्षेत्रमा खानेपानीको समस्या छैन तर अन्य वडाहरुमा सहज हुन सकेको छैन, नगरले सबै वडाका नागरिकलाई सहज रुपमा पिउने पानी उपलब्ध गराउनु पर्छ’ शर्माले भने ।

कार्यक्रममा दामोदर जिसी, रविन्द्र विक्रम हमाल, गँगा पाण्डे, मिलन श्रेष्ठ, महेन्द्र सिँह ठकुरी, वृहस्पती अधिकारी, चुडामणी भण्डारी लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा सँस्थाका अध्यक्ष धातानन्द बश्यालले वार्षिक प्रगति प्रतिवेदन, उपाध्यक्ष दिपक लम्सालले खानेपानी सुरक्षा योजना प्रतिवेदन, कोषाध्यक्ष थुमकला बसेलले आर्थिक प्रतिवेदन र लेखा सँयोजक गोपाल पाण्डेयले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनलाई बन्दसत्रले पारित समेत गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np