ट्रेंडिंग:

>> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण

उद्योग वाणिज्य महासंघ निर्वाचन, यस्तो छ अन्जन श्रेष्ठ समूह

२२ चैत्र २०७९, बुधबार
२२ चैत्र २०७९, बुधबार

बुटवल,२२ चैत । नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष पदमा तीन प्यानलको उम्मेदवारी दर्ता भएको छ । महासंघको निर्वाचन यही २९ चैतमा हुँदैछ । विधानतः हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतमा स्वतः महासंघको अध्यक्ष बन्नेछन् ।

वरिष्ठ उपध्यक्षसहित वस्तुगत, एसोसिएट र जिल्ला–नगरका तीन उपाध्यक्ष पद तथा कार्यसमतिका लागि महासंघमा यसपटक तीन धार देखिएको छ । पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानल घोषणा गरेरै प्रतिस्पर्धामा उत्रिएका छन् ।

वरिष्ठ उपाध्यक्षका तीनैजना आकांक्षीले आ–आफ्ना प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । महासंघको निर्वाचन समितिको कार्यालयकाअनुसार महासंघको कुल ६४ पदका लागि ११८ जनाको प्रारम्भिक उम्मेदवारी परेको छ ।
अञ्जन श्रेष्ठ समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुण सुमार्गी, वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिष लालप्रधानले उम्मेदवारी दर्ता गरेका हुन् ।

एसोसिएट्सतर्फ श्रेष्ठ समूहसँग सहकार्य गर्दै उपाध्यक्ष पदमा भरतराज आचार्यले स्वतन्त्र प्यानलबाट उम्मेदवारी दर्ता गरेका छन् । जसमा अन्जन समूहका प्रबलजंग पाण्डे लगायतका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरे । एसोसिएट्समा दुवै तर्फ बराबर सदस्यहरु राख्ने सहमति भएको छ । यसैगरी वस्तुगत समूहका प्यानल सदस्यहरुले समेत आआफ्नो मनोनयन दर्ता गरेका हुन् ।

उम्मेदवारी दर्तापछि वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले महासंघलाई नयाँ उचाइमा पुर्‍याउन र संस्थाको व्यावसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारिता बढाउन आफूले उम्मेदवारी दिएको बताए ।

यस्तै वस्तुगत उपाध्यक्षमा सकुन्तला हिराचन, मनिषलाल प्रधान र मेहराज ढकाल उम्मेदवार छन् । एससिएट उपाध्यक्ष पदका लागि ज्योत्सना श्रेष्ठ र भरतराज आचार्यबीच प्रतिस्पर्धा हुनेछ ।

तीन उपाध्यक्ष पदका ८ उम्मेदवारमध्ये जिल्ला–नगरका दिनेश श्रेष्ठ, वस्तुगतका हेमराज ढकाल र एसोसिएट्सका भरत आचार्य उमेशलाल श्रेष्ठ प्यानलका हुन् ।

यस्तै अञ्जन श्रेठ प्यानलमा सुरकृष्ण श्रेष्ठ र अरुणराज सुमार्गी छन् । जिल्ला–नगर उपाध्यक्षका उम्मेदवार सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षका सुकुन्तलाल हिराचन र एसोसियट्सका ज्योत्सना श्रेष्ठ रामचन्द्र संघाइ प्यानलका हुन् ।

सात प्रदेशबाट निर्वाचित हुने ७ जना कार्यसमिति सदस्य पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । लुम्बिनी प्रदेश सदस्य निर्विरोध भएपछि अन्य ६ स्थानका लागि १४ जना प्रतिस्पर्धामा छन् । कोशी प्रदेशबाट टंकप्रसाद दुलाल, नरेन्द्रकुमार खड्का र तारानाथ घिमिरे प्रस्पिर्धामा छन् ।

मधेश प्रदेशबाट विजयकुमार साह र अरुणकुमार प्रधान उठेका छन् । बागमती प्रदेशमा कृषिप्रसाद अवाल र सविन श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ भने गण्डकी प्रदेशमा जीवनज्योति श्रेष्ठ र युवराज राजभण्डारी प्रतिस्पर्धामा छन् । त्यस्तै लुम्बिनीमा शम्शेर मियाँ निर्विरोध हुँदा कर्णाली प्रदेशमा लालमान बूढा, धनबहादुर राउत क्षेत्री र कुलबहादुर विश्वकर्मा प्रतिस्पर्धामा छन् ।

सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य पदका लागि रामबहादुर भण्डारी र जंगबहादुर मल्ल प्रतिस्पर्धामा छन् । संस्थापक सदस्य समूहतर्फको एकल कार्यसमिति सदस्य पदका लागि भीष्मप्रसाद न्यौपाने र टिकाराज ढकाल प्रतिस्पर्धामा छन् । यस्तै जिल्ला–नगर, वस्तुगत र एसोसिएटबाट कार्यसमितिमा चुनिने ५१ सदस्यका लागि ९० जना प्रतिस्पर्धामा छन् ।

वस्तुगत संघबाट निर्वाचित हुने १४ कार्यसमिति सदस्य पदका लागि २८ जना प्रतिस्पर्धामा छन् । यस्तै, उद्योग वाणिज्य संघबाट निर्वाचित हुने १८कार्यसमिति सदस्यमा ३२ जना र १९ एसोसिएट कार्यसमिति सदस्यका लागि ३० जना प्रतिस्पर्धामा छन् ।

 नवराज कुंवर केन्द्रीय सदस्य उम्मेदवार

कम्प्युटर एशोसिएसन नेपाल क्यान महासंघबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा रुपन्देहीका नवराज कुँवरले उम्मेदवारी दर्ता गरेका छन् । कुँवर क्यान महासंघका निवर्तमान अध्यक्ष हुन् ।

क्यान महासंघको १२३ वटा वस्तुगत संघहरूको तर्फबाट निवर्तमान अध्यक्ष कुंवर अन्जन श्रेष्ठ प्यानलबाट उम्मेदवार भएका हुन् ।
कुँवर एसियन ओसियन कम्प्युटिङ इन्डस्ट्रिज अर्गनाइजेसनका उपाध्यक्ष, उद्योग वाणिज्य महासंघका आईसीटी विकास उपसिमितिका सहसभापति, प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष, आईसीटी अप्टिमिस्ट क्लब अफ काठमाडौंका अध्यक्ष समेत हुन् ।

सूचना प्रविधि क्षेत्रको विकास, विस्तार तथा प्रवद्र्धधनका लागि निजी क्षेत्रमैत्री नीति र ऐन बनाउन सरकारसँग सहकार्य गर्नेगरी क्यान महासंघको तर्फबाट उम्मेदवारी दिने निर्णय भएको अध्यक्ष रन्जित पोदारले बताए ।

अत्यधिक करका कारण नेपालको इन्टरनेट सेवा दक्षिण एशियामै महँगो रहेकाले सस्तो र गुणस्तरीय बनाउन, सूचना प्रविधि तथा सम्बन्धित व्यवसायमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न, डिजिटल साक्षरता बृद्धि, सकेसम्म सबै कारोबार डिजिटल, विदेशी लगानी प्रवद्र्धन, डिजिटल अर्थतन्त्र निर्माण, उद्योग वाणिज्य महासंघलाई डिजिटल बनाउँदै वृहत राष्ट्रिय सञ्जालको निर्माण, स्टार्टअप र इन्नोभेसनलाई प्रवद्र्धन आफ्नो मुख्य एजेण्डा रहेको कुंवरले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?