ट्रेंडिंग:

>> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा
विचार

लुम्बिनीको पर्यटनः गर्नैपर्ने केही कामहरु

२२ चैत्र २०७९, बुधबार
२२ चैत्र २०७९, बुधबार

गौतमबुद्धको जन्मस्थान लुम्बिनी र बुद्धसंग सम्बन्धित तिलौराकोट, कुदान, लुम्बिनी, देवदह र रामग्राम लगायतका कपिलवस्तुदेखि पश्चिम नवलपरासीसम्म फैलिएको समग्र भूभाग वृहत्तर लुम्बिनी क्षेत्र हो । क्रकुच्छन्द बुद्धको जन्मस्थान गोटिहवा, कनकमुनी बुद्धको जन्मस्थान निग्लिहवा लगायतका पुरातात्विक क्षेत्रहरु कपिलवस्तुमा रहेका छन् । रुपन्देहीमा विश्व सम्पदा सूचीमा समाबेश गौतम बुद्धको जन्मभूमि लुम्बिनी, बौद्धकालीन शहर भएको विश्वास गरिने सैनामैना र देवदह रहेका छन् भने नवलपरासीमा कोलिय राजधानी भएको विस्वास गरिएको पण्डितपुर र बुद्धको सग्लो अस्तुधातु रहेको रामग्राम स्तुपा रहेका छन् ।. यी तीन जिल्लामा रहेका अनेकौ पुरातात्विक र साँस्कृतिक थलोहरु बृहत्तर लुम्बिनी क्षेत्रभित्र पर्छन् । विश्व शान्तिको शहर लुम्बिनी नेपालमै धेरै पर्यटकहरुले भ्रमण गर्ने थलो हो । कोभिड १९ शुरु हुनुअघि सन् २०१९ मा १७ लाख ७९ हजार ८६ जनाले लुम्बिनी भ्रमण गरेका थिए । कोरोना कहर कम भएपछि यहाँ विस्तारै पर्यटकहरुको संख्या बढ्दैछ । तिलौराकोट, कुदान, रामग्राम, पण्डितपुर र देवदहमा केही पर्यटकहरु पुग्न थालेका छन् । तर, खर्च गर्ने पर्यटक भन्दा पनि फोटो खिचेर फर्कने पर्यटकहरु बौद्धस्थलहरुमा पुग्ने, त्यहाँ उनीहरु लामो समय नबस्ने र अन्यत्र पनि नघुमी फर्कने भएकोले पर्यटन बजारमा लुम्बिनी पस्कन थालेको दशकौं भएपनि लुम्बिनी र वरपरको क्षेत्रबाट पर्यटकीय र धार्मिक लाभ लिन सकिएको छैन । बौद्धस्थल र वरपर विकासका नाममा बनाईएका कंक्रिटका संरचनाले बौद्धमार्गीहरुलाई आकर्षित गर्न सकेका छैनन् । प्राकृतिक बौद्ध वातावरण बृहत्तर लुम्बिनी क्षेत्रमा नहँुदा पर्यटकहरुले बौद्धस्थलको स्वाद लिन सकिरहेका छैनन् । सबै बौद्धस्थलमा बौद्ध जनसंख्या अत्यन्त न्यून छ, जसले गर्दा बृहत्तर लुम्बिनी क्षेत्रले स्थानीयको अपनत्व प्राप्त गर्न सकिरहेको छैन । यो क्षेत्रको विकासको कुरा उठ्दा स्थानीयको जग्गा अधिग्रहण होला भन्ने डरले स्थानीय बासिन्दाहरु त्रसित भएकोले विस्तार र उत्खननमा कठिनाई भएको छ । बुद्ध र वृहत्तर लुम्बिनीको महत्व बुझाउन नसक्दा स्थानीय बासिन्दाहरु पर्यटन व्यवसायमा संलग्न हुनै सकेका छैनन् । भारत हुँदै विदेशी पर्यटकहरु यस क्षेत्रमा आउने र उतैबाट टुर अपरेटरले व्यवस्था मिलाउने भएकोले पर्यटकलाई घुमाएर लाभ लिने अवसर यहाँका स्थानीय वासिन्दाले नगन्य मात्रामा पाएका छन् ।.हामीसंग सम्पदा भएपनि सम्पदा बुझाउन सक्ने जनशक्ति छैन । पर्यटकलाई कुनैपनि ठाउँमा बाँध्न सक्ने कथा चाहिन्छ, तर हामीसंग कथा र कथा भन्न सक्ने दुवै उपलब्ध छैनन् । भारत हँुदै लुम्बिनी र अन्य ठाउँमा आउने पर्यटकहरु भारतीय गाइडले बुनेको कथामा अलमलिने भएकोले नेपाली दृष्टिबाट लुम्बिनीलाई बुझ्न र बाहिर प्रचार गर्न जान्दैनन् । यसले गर्दा पर्यटन विकासमा अवरोध उत्पन्न भैरहेको छ । बृहत्तर लुम्बिनी क्षेत्रमा पर्यटन विकासका लागि गर्नुपर्ने कामलाई यसरी वर्गीकरण गरौं ।

क.सम्पदाको उजागर र जनसहभागिता वृद्धि

अहिले मुख्य बौद्धस्थलको उत्खनन भैरहेको छ तर बृहत्तर लुम्बिनी क्षेत्रभित्र थुप्रै पुरातात्विक ऐतिहासिक र पर्या पर्यटनका स्थलहरु रहेका हुन सक्छन् । स्थानीय वासिन्दाहरु र अध्येताहरुको सहयोगले त्यस्ता स्थानहरुको पहिचान गर्ने, त्यसको इतिहास खोजी गर्ने र त्यससंग जोडिएका लोकगाथा र संस्कृतिको अभिलेखीकरण गर्नुपर्छ । अहिलेसम्म यस क्षेत्रमा भएका उत्खनन, विकासमा स्थानीयहरुको न्यून सहभागिता रहने गरेको छ र पर्यटनबाट स्थानीयले लाभ प्राप्त गर्न नसक्दा बृहत लुम्बिनी विकास भन्ने वित्तिकै नागरिक तर्सने अवस्था छ । स्थानीयतामा आधारित पर्यटन ब्यवसाय, पर्यटनमा स्थानीय उत्पादन र श्रोतको उपयोग जस्ता कार्यले जनसहभागिता वृद्धि गरी दिगो पर्यटनको आधार तयार गर्न र गरिबि निवारण गर्न सकिन्छ ।

ख) प्रचार प्रसारः

दिगो पर्यटनको मुख्य आधार भनेको पर्यटन बजारमा पर्यटकीय क्षेत्रको ब्यापक प्रचारप्रसार हो । नेपालमा जति चिच्याएपनि नेपालको पर्यटकीय सम्पदाको बारेमा अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रचार प्रसारको अवस्था दयनीय देखिन्छ । नेपाल घुमेर गएका पर्यटक र संचारमाध्यमहरुले बोलेको, लेखेको र देखाएकोबाट जानकारी पाएर पर्यटकहरु येनकेन आइरहेका छन् । उचित प्रचारको अभावले गर्दा नेपालका प्रमुख बौद्ध पर्यटनको फाइदा पनि भारतले मात्र लिइरहेको छ । अहिले विश्वमा चिनिया र भारतीय पर्यटकको संख्यामा तीव्र वृद्धि भैरहेको भएपनि छिमेकी देश भएरपनि त्यहाँका पर्यटकलाई नेपालमा आकर्षित गर्न सकिएको छैन । यी छिमेकी देशहरुमा राम्रो प्रचार गर्न सकियो र ती देशका एक प्रतिशत पर्यटकलाई मात्र लुम्बिनी क्षेत्रमा ल्याउन सकियो भने यहाँको पर्यटन क्षेत्रले मुहार फेर्न सक्ने देखिन्छ ।

ग) पर्यटन उद्यमको विस्तार

नेपालमा पर्यटकलाई सुविधा दिने उद्योगहरुको संख्या विस्तारै वृद्धि भैरहेको भएपनि तिनीहरु काठमाडौं, पोखरा, चितवन र लुक्ला सेरोफेरोमै रहेका छन् । नेपालको पर्यटन तथ्यांकलाई हेर्दा पर्यटन उद्यम जहाँ छ त्यसको सेरोफेरोमै पर्यटकहरु घुम्ने गरेको देखिन्छ । नेपालका सबै ठाउँमा पर्यटकलाई पु¥याउनका लागि सबै लुम्बिनीमा मात्र नभएर सबै बौद्ध स्थलको नजिक र प्रदेशका सबै भौगोलिक क्षेत्रमा पर्यटकको लागि सुबिधा पु¥याउने उद्यमको विस्तार गर्नुपर्छ । होटेल, ट्राभल एजेन्सीजस्ता संस्थालाई पर्यटन सम्भाव्य सबै भौगोलिक क्षेत्रमा पु¥याउनको लागि आवश्यक छुट र सहुलियत प्रदान गर्ने नीति र कार्यक्रमहरु स्थानीय र प्रदेश सरकारले ल्याउनु जरुरी छ ।

घ) पर्यटकीय पूर्वाधार

वृहत्तर लुम्बिनी क्षेत्रमा सडक संजाल विस्तार भएपनि समग्र लुम्बिनी प्रदेशमा रहेका अधिकांश पर्यटकीय स्थलहरुसम्म पुग्न, अवलोकन गर्न र रमाउनको लागि घुम्न चाहनेहरुले ठुलै कष्ट बेहोर्नुपर्ने बाध्यता छ । बाटोघाटोको असुविधा, संचारको असुविधा, बास बस्ने ठाउँको अभाव, पर्यटकीय सुचनाको कमी, पर्यटनमैत्री सँस्कारको कमी जस्ता कारणले गर्दा पर्यटन विकासमा तगारोको काम गरिरहेको छ । सबै सम्भाव्य पर्यटकीय स्थलहरुमा भौतिक पूर्वाधारहरु पु¥याउने र स्थानीय बासिन्दालाई पर्यटन मैत्री संस्कार र सिप सिकाएर उनीहरुलाई नै पर्यटकहरुको सेवा सत्कार र व्यापारमा लाग्ने अवसर प्रदान गर्न सकियो भने सबै ठाउँमा पर्यटकहरु रमाएर घुम्ने, बस्ने र खर्च गर्ने वातावरण मिल्नेछ र त्यसले पर्यटकहरुको संख्या र बसाइ वृद्धि गर्न मद्दत मिल्नेछ ।

ङ) पर्यटकका लागि कथा

सम्पदा भएर मात्र पर्यटक भुल्दैनन् । पर्यटकलाई भुलाउन रोचक कथा चाहिन्छ । हामीसंग प्रशस्त सांस्कृतिक प्राकृतिक सम्पदा भएपनि त्यसलाई रोचक ढंगले पर्यटनलाई बताउन सक्ने जनशक्ति छैन र भन्ने कथा पनि छैनन । हरेक क्षेत्रमा रहेका सम्पदाहरुलाई ऐतिहासिकता र कथात्मक रुप दिएर भन्न सक्ने, हरेक पर्यटकीय, साँस्कृतिक र प्राकृतिक सम्पदालाई कथामा जेल्न सक्ने र त्यसलाई पर्यटककै भाषामा बताउन सक्ने हो भने यहाँका प्रत्येक स्थान, प्रत्येक सम्पदाहरूमा पर्यटकलाई पुगौ पुगौ लाग्ने हुन्छ । उनीहरुमा उत्सुकता वृद्धि हुन्छ, बढी भन्दा बढी यो ठाउँमा बिताउने चाहना वृद्धि हुन्छ । त्यसैले स्थानीय समुदायमा रहेका अभ्यास, परम्परा र लोकगाथालाई पर्यटनसंग जोड्ने गरी बताउन सक्ने जनशक्ति उत्पादन गर्न स्थानीय सरकार, लुम्बिनी विकास कोष र स्थानीय शैक्षिक संस्थाहरु अग्रसर हुनुपर्छ । बाहिरबाट लुम्बिनीमा पर्यटक ल्याएर आउने हरेक गाईडले यहाँको कथा भन्न सक्नुपर्छ.

च) आन्तरिक पर्यटनमा जोड

अहिलेसम्म लुम्बिनी प्रदेशको पर्यटन क्षेत्र आन्तरिक पर्यटककै भरमा चलिरहेको कुरा सबैलाई राम्रै थाहा छ । तर पर्यटकीय स्थलहरुमा नेपाली पर्यटकहरुलाई मान्छे नै नगन्ने, उनीहरुलाई तोकिएको रकम तिर्दा पनि पर्यटकीय सेवा सुविधा प्रयोग गर्न नदिने गरेको गुनासो बारम्बार सुनिने गरिएको छ । घुम्न खोज्ने नेपालीहरुलाई पर्यटकको सुविधा उपलब्ध गराउने, विद्यालयको पाठ्यक्रममा स्थानीय क्षेत्रका पर्यटकीय स्थानको जानकारी दिने, बाल शिक्षणमा घुमाइबाट सिकाइलाई प्राथामिकता दिने काम गर्न सकियो भने मात्र प्रदेशका सबै स्थानमा पर्यटकहरु घुम्न जाने वातावरण निर्माण हुन्छ । आन्तरिक पर्यटकहरुको घुमफिरको क्रम बढ्न सक्यो भने उनीहरु मार्फत नै देश विदेशमा लुम्बिनी र समग्र नेपालकै पर्यटकीय स्थल र अवसरको बारेमा प्रचार प्रसार हुन्छ जसले गर्दा नेपालमा दिगो पर्यटन विस्तार हुन सक्छ ।

छ) स्थानीय उत्पादनमा जोड

लुम्बिनी प्रदेशका सबै पर्यटकीय क्षेत्रमा विदेशी उत्पादनकै हालीमुहाली छ । खानेपानीदेखि भोजनसम्म, मेच कुर्सीदेखि डोरीसम्म विदेशी उत्पादन नै प्रयोग भैरहेको छ । यो अवस्थाले गर्दा पर्यटन उद्योगले गरेको कमाईको ठूलो हिस्सा विदेशतर्फ नै गैरहेको छ । कुनैपनि ठाउँमा घुम्न जाने पर्यटकले स्थानीय स्वादका खाना, बसाई र आतिथ्यता खोज्ने गर्छन तर अहिलेसम्म लुम्बिनीमा स्थानीय ब्रान्डको भरपर्दो उत्पादन पर्यटकलाई बेच्न सकिएको छैन । स्थानीय कला, सीप र मौलिकता झल्कने सामाग्रीहरु पर्यटकलाई बेच्न सक्ने र उनीहरुले कोसेलीको रुपमा ती सामग्री आफूसंग लैजाने बनाउन सकियो भने मात्र पर्यटनबाट स्थानीय क्षेत्रले लाभ लिन सक्छ र पर्यटनबाट गरेको कमाई स्वदेशमै रोकिन सक्छ ।

ज) आध्यात्मिक वातावरण निर्माण

वृहत्तर लुम्बिनी क्षेत्रमा भ्रमण गर्न आउनेहरु बौद्ध दर्शन र शान्तिको खोजीमा आएका हुन्छन । उनीहरुलाई खोजेको कुरा दिलाएर लामो समयसम्म यो क्षेत्रमा राखिरहन यहाँ बौद्ध वातावरण निर्माण हुनु जरुरी छ । यसको लागि कंक्रिटका ठूला संरचना निर्माण गर्नुभन्दा पनि बौद्धकालिन वन विकास, बौद्ध समुदाय वा बौद्ध दर्शन बुझेका समुदाय भएका वस्ती निर्माण, परम्परागत शैलीका गुम्बा, विहार र चैत्य निर्माण गर्नुपर्छ । यसले धार्मिक र आध्यात्मिक पर्यटकलाई आकर्षित गर्न र दिगो लाभ लिन मद्दत पुग्नेछ ।

झ) पर्यटनमा अन्तरपालिका आवद्धता

कपिलवस्तु, लुम्बिनी साँस्कृतिक, देवदह र रामग्राम नगरपालिकाहरू वृहत्तर लुम्बिनीका अभिन्न अंगहरु हुन् । यसबाहेक बर्दघाट, सुनवल, बुटवल, सैनामैना, बाणगंगा र बुद्धभूमि नगरपालिकाहरू पनि बौद्ध पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरु हुन् । यी कुनैपनि पालिकाका पर्यटकीय सम्पदाहरूले पर्यटकहरुलाई धेरै समय बसाल्न सक्दैनन् । पर्यटकहरुलाई बढीभन्दा बढी समय आफ्नो ठाउँमा टिकाइराख्न र उनीहरुलाई बढीभन्ंदा बढी सुविधा दिनको लागि स्थानीय सरकारहरु बीचमा अन्तरआवद्धता र सहकार्य हुनु जरुरी छ । स्थानीय सरकारहरुले पर्यटन योजना बनाउँदा एक अर्कोसँग आवद्ध हुने, एक अर्को भूगोलका सुविधाहरुको प्रयोग गर्ने गरी बनाउनु पर्छ.। अंन्तरपालिका पर्यटन आवद्धताले गर्दा श्रोतको उपयोग, बाँडफाँड गर्न, कार्यक्रमहरुमा दोहोरोपन आउन नदिन र आपसी विवाद आउने नदिन मद्दत पुग्छ । पालिकाहरुले संयुक्तरुपमा पर्यटनका नीति र कार्यक्रमहरु बनाएर काम गर्दा पर्यटकहरुले बढी सुविधा प्राप्त गर्न सक्छन र स्थानीय क्षेत्रले पर्यटनबाट दिर्घकालिन रुपमा फाइदा प्राप्त गरिरहन सक्छ ।

अन्त्यमा

पर्यटकीय सम्पदा हँुदैमा पर्यटकहरु आउँदैनन भन्ने कुरा अहिलेसम्मको अभ्यासले देखाइसकेको छ । वृहत्तर लुम्बिनी लगायत लुम्बिनी प्रदेशकै पर्यटनबाट दिगो लाभ लिनको लागि विश्व पर्यटन बजारमा लुम्बिनी पर्यटनलाई मौलिक स्वरुपमा पस्कन सक्नुपर्छ । स्थानीय बासिन्दाहरुले अपनत्व ग्रहण गर्ने, राज्यले पर्यटकीय पूर्वाधारको विकास गरिदिने र नेपालीहरुले देशभित्र घुम्नुपर्छ भन्ने भावनाको विकास गर्ने हो भने लुम्बिनी र यसको सेरोफेरोलाई पर्यटकको कहिल्यै कमी हुँदैन र पर्यटनको प्रचार गर्न कसैको मुख ताक्नु पर्दैन । आन्तरिक पर्यटक, स्थानीय पर्यटन स्वाद र पर्यटनमैत्री संस्कार र आध्यात्मिक पर्यटकीय वातावरणको अभिवृद्धि गर्न सकियो भने लुम्बिनी क्षेत्रले मात्र नभएर देशले नै दिगो पर्यटकीय लाभ हासिल हुने कुरामा शंकै गर्नुपर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?