ट्रेंडिंग:

>> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

जोगाइँदै मौलिक नृत्य

२३ मंसिर २०७५, आईतवार
२३ मंसिर २०७५, आईतवार

उमेरले ५० कटिसकेका । महिलाको पहिरनमा सजिएका दुई जना पुरुष । जसलाइ मारुनी भनिन्छ । यस्तै एक जना पुरुसुङे र तीन जना मादले । शनिबार सल्यान त्रिवेणी गाउँपालिकाको पवित्र धार्मिक स्थल त्रिवेणी तिर्थशाला धामको प्रांगणमा मारुनी, पुरुसुङे र मादलेले भरपुर मनोरञ्जन दिए । मनोरञ्जन मात्रै दिएनन् । उहिलेको जमानाको याद पनि दिलाए । स्थानीय लोक कला संस्कृती संरक्षण तथा प्रस्तुतीकरण कार्यक्रममा त्रिवेणीका ६ वटै वडाबाट १५ वटा समूहले पैस्यारु, सोरठी र बनगाडी टप्पा नाच प्रस्तुत गरेका छन् ।
त्रिवेणी ३ को पैस्यारु नृत्यको गुरु धनविर ओलीले सयौँ जनाको विचमा आफ्नो गाउँको पुरानो नाच देखाउन पाउँदा खुसि व्यक्त गरे । उनले भनेका छन्, ‘पहिलेपहिले गाउँघरमा मेला, पर्व, विवाह, चाडवाडमा सोरठी, पैस्यारु नाच नाचिन्थ्यो । हाम्रो संस्कृतीको मलाइ निकै माया लाग्छ । तर पछाडीका सन्तानले यो कला संस्कृती चटक्कै विर्सने हुन् की भनेर चिन्ता लाग्छ ।’
कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर विष्टले मौलीक नृत्य सम्मेलनको आयोजना गरेर त्रिवेणी गाउँपालिकाले गाउँठाउँका मौलीक संस्कृती संरक्षणतर्फ सबैलाइ जागरुक बनाएको बताए । यस्तै शारदा नगरपालिकाका मेयर सुरेश अधिकारिले कला संस्कृतीमा धनी जिल्ला सल्यानमा मौलिकता जोगाउन पर्याप्त पहल हुन आवश्यक रहेकोमा जोड दिए । यस्तै प्रमुख जिल्ला अधिकारि कमलराज ढकालले बनगाडी टप्पा, सोरठी सल्यानको सम्पत्ती र पहिचान भएकाले यसलाइ दर्ता गरेर संरक्षण गर्नुपर्ने तथा यसलाइ नै पर्यटक भित्राउने र आर्थीक उन्नतीको माध्यम बनाउनुपर्ने धारणा राखे ।
गाउापालिका अध्यक्ष मान बहादुर डागीले आफुहरूले कुन वडामा कस्ता मौलिक संस्कृती रहेछन् भनेर यो पटक कार्यक्रम राखेको बताउँदै मौलिक संस्कृती संरक्षणमा गाउँपालिकाले निरन्तर कार्यक्रमहरू गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । पत्रकार महासंघका केन्द्रीय सदस्य टेकराज शाही, जिल्ला अध्यक्ष प्रतिक इच्छुक शर्माले मौलिक नृत्य सम्मेलन गर्न सफल भएको बताए ।
पत्रकार शंकर केसीले सहजीकरण गरेको कार्यक्रममा नेपाली सेना सिमखर्क व्यारेकका गुल्मपती रामकृष्ण श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख विरेन्द्र बहादुर शाही, शशस्त्र प्रहरी सल्यान जिल्ला प्रमुख विमल डाँगी, त्रिवेणीका प्रमुख प्रशसकीय अधिकृत रेमन्त बहादुर डाडी, ६ वटै वडाका वडाध्यक्षहरू, पत्रकार लगाएतको सहभागीता रहेको गाउँपालिकाका सूचना अधिकारि गोपाल केसीले जानकारि दिएका छन् । सोरठीको लागी त्रिवेणीको पिमखोला उद्गम थलो मानिन्छ । यहिबाट सल्यानभर सोरठी फैलिएको बताइन्छ । सोरठीमा मारुनीले घाँगर, चोली, धरो, रुमाल, गाउँघरतीर पाइने वनस्पछि केतुकीको कपाल, चुरा, पोते, टिका आदि लगाउने गर्छन् । पुरुसुङेले दौरा सुरुवाल, स्टकोट लगाएको हुन्छ भने कम्पनी माला र शिरमा सेली पहिरिएको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?