ट्रेंडिंग:

>> आफूबाहेक अरुलाई वामपन्थी नदेख्ने ओली सच्चिएपछि अहिलेको समीकरण : भुसाल >> कानुनविपरित भर्ना शुल्क असुल्दै निजी विद्यालयः बुटवल उपमहानगर भन्छ– गुनासो आएको छ, अनुगमन गर्छौं >> हामीलाई कमजोर ठाने फेरि अर्को उथलपुथल : नेपाल >> लुम्बिनीसहित देशका विभिन्न प्रदेशमा ठूलो हावाहुरी, २४ घण्टे चेतावनी >> रास्वपा स्वार्थी, अस्थिर र डोलायमान : ओली >> एनजी मार्केटको बम्पर उपहार विजेतालाई डेढकरोडको घर बनाइदिने सम्झौता हस्तान्तरण >> नासिंदै चौपारीहरु : गमलाको पिपल पूजा गर्दै, संस्कृति जोगाउँदै >> भारतले रोक्यो नेपाली चिया निर्यात,१७ ट्रक चिया भारतमा अलपत्र >> काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना, १९ जना घाइते >> सल्यान उद्योग वाणिज्य संघको मतदान सुरु >> नवलपरासीमा आगलागी : १० घर जलेर नष्ट >> आइपिओ जारी गर्दै ड्रिम इन्टरनेशनल >> एमाले प्रतिनिधि परिषद् बैठक आज, २ हजार ४ सयको सहभागिता रहने >> कथाः हेडसर >> यसरी नियन्त्रण गर्न सकिन्छ आगलागी >> सरकारसँगै फेरिन्छन भूमि आयोग >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कान्तिमा स्तरमापन परीक्षा >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु >> पेमेन्ट गेटवे प्रकरणमा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर, मधु मरासिनीलाई सफाइ >> सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा हुने >> यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै >> संजिवनी टोलको १० औ रक्तदान >> सुदूरपश्चिममा सत्ता गठबन्धन मन्त्रालय भागबण्डाको गृहकार्यमा >> विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह >> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’
किसानमा कुरा

पालिकाले तरकारी किनिदिँदा मुसिकोटका किसान ढुक्क

२० चैत्र २०७९, सोमबार
२० चैत्र २०७९, सोमबार

बुटवल, चैत – गुल्मीको मुसिकोट नगरपालिका वडा नं. १ का सुभाष भण्डारीले आफ्नै बारीमा तरकारी खेती गरेर राम्रो आर्यआर्जन गर्न सकिन्छ भन्ने विश्वास बोकेका युवा हुन् । उनी भ्रमाचौर प्रगतिशील कृषक समूह मार्फत तरकारी खेती गरिरहेका छन् । तर उत्पादन भएको तरकारीले बजार नपाउँदा सोचे जस्तो तरकारी उत्पादन हुन नसकेको बेलामा नगरपालिकाले तरकारी खरिद र बिक्री गर्न थालेपछि खुशी छन् ।

उनी भन्छन्, जहिले पनि किसानका समस्या समाधान गर्छाैं भने पनि काम शुरु भएको थिएन । यसपाली हाम्रै गाउँमा आएर तरकारी किन्ने काम शुरु हुँदा आशा पलाएको छ । यसरी नगरले उत्पादन भएको तरकारीलाई बजार दिने हो भने यहाँ धेरै तरकारी खेतीको संभावना छ । संभावना भएपनि बजार अभावका कारणले सबै तरकारी खेती नगरेको उनको भनाइ छ । तरकारी उत्पादन ग¥यो विचौलियालाई मात्रै फाईदा बजारसम्म पुग्दा उपभोक्ताले पनि धेरै पैसामा खरिद गर्नु पर्ने किसानले कम मूल्य पाउने अवस्था थियो । अब यसको अन्त्य हुन्छ भन्ने आशा पलाएको छ ।

यो पाली मात्रै हामीले करिब एक टन आलु बिक्री ग¥यौं नगरपालिकाले स्थानीय जातको आलुको मूल्य ४० रुपिँया प्रति केजी र अरू जातको आलुलाई ३५ रुपिँया केजीका दरले खरिद गरेको छ । यो मूल्य किसानका लागि अति राम्रो हो । त्यसै गरी यहाँ फलेका बन्दा गोभीहरू खरिद बिक्री हँुदै आएको छ । नगरले गरेको यो कार्यले किसानलाई हौसला थपेको छ भण्डारी बताउँछन् ।

कृषकहरूले उत्पादन गरेका कृषिजन्य सामाग्रीहरूको बजार ग्यारेण्टी गर्ने गरी कृषि उपज बिक्री सुनिश्चितता कार्यक्रमको मुसिकोट नगरपालिकले सुरुवात गरेको छ ।नगरपालिकाले पहिलो चरणमा तरकारीजन्य सामाग्रीहरू खरिद गर्ने भन्दै खरिद सामग्रीहरूको मूल्य सुचि समेत सार्वजनिक गरेर अहिले वडा नं १ देखि ६ वडा सम्मका तरकारीहरू संकलन गरेको नगरका कृषिशखा प्रमुख जनक पौडेलले जानकारी दिए ।

उनले अहिले किसानले उत्पादन गरेका आलु, बन्दा गोपी, सिपचना, बेसार, अदुवा लगायतका सामानहरू खरिद र बिक्रि कार्य भएको बताए । यसरी घरैमै संकलन गर्न जादा किसानमा तरकारी खेति गर्न प्रोत्साहन मिलेको पौडेलले बताए । उनले प्रत्येक हप्ताको मगंलबार र शुक्रवार वडास्तरमा पुगरे कृषि उपजहरू संकलन गरिने बताए । कृषकहरूसँग खरिद गरिएका सामग्रीहरूलाई नगरपालिकाले आफै बिक्री गर्ने गरी सकंलन तथा बिक्री केन्द्र निर्माण गरिएको हो ।

मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेलले यो कार्यक्रमले आफनो नगर भित्रका किसानलाई हौसला मिल्ने र आगामी दिनमा तरकारी खेतीबाट नगरलाई आर्थिक रूपमा सबल बनाउन कार्यक्रम सहयोगी बन्नु बताए ।

उनले नगरका किसानको ठुलो समस्याको रूपमा रहेको बजारलाई व्यवस्थापन गर्दा धेरैको आर्थिक सुधार हुने भएकोले पनि यो कार्यक्रम नगरको प्राथमिकतामा परेको जानकारी दिए । कृषकहरूलाई कृषि पेशामा प्रोत्साहित गर्ने र उत्पादित सामाग्रीको बजार ग्यारेण्टी गर्ने गरी यो कार्यक्रम शुरु भएकाले सबै किसानलाई मौसम अनुसारका तरकारीहरू लगाउन अनुरोध गरे ।

नगरपालिकाले कृषकहरूका उत्पादनहरूको मूल्य निर्धारण गरी सोझै कृषकहरूको टोल टोलमै गई उत्पादित सामाग्री खरिद गरिरहेको छ । कृषकसँग रहेका विभिन्न कृषि सामाग्रीहरूको चलनचल्ती बजार भाउ र विभिन्न मापदण्डलाई आधार मानेर विभिन्न समयमा मूल्य निर्धारण तथा परिवर्तन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np