Logo
१४ जेष्ठ २०८०, आईतवार

नमस्ते एकेडेमी क्याम्ब्रिज इन्टरनेसनल स्कुल सर्टिफाइड


बुटवल,१७ चैत । ब्रिटिस कलेजको व्यवस्थापनमा सञ्चालित तिलोत्तमाको नमस्ते एकेडेमी काठमाडौं बाहिरको पहिलो क्याम्ब्रिज इन्टरनेसनल स्कुल सर्टिफाइड शैक्षिक संस्था बनेको छ । यो सर्टिफाइडसंगै स्कुलको कक्षा ७ सम्म क्याम्ब्रिज स्कुलको अन्तर्राष्ट्रिय मापदण्डमा पढाई हुन्छ ।

विशेष गरी अंग्रेजी,गणित र विज्ञान विषय क्याम्ब्रिज इन्टरनेसनल स्कुलको मापदण्ड अनुसार पढाई हुने विद्यालयका प्रिन्सिपल जिग्मे शेर्पाले बताए । सर्टिफाइडसंगै नमस्तेका शिक्षकहरुलाई भर्चुअल प्रशिक्षण, शिक्षण सामग्री र स्रोतहरु क्याम्ब्रिज इन्टरनेसनल स्कुलले उपलब्ध गराउने छ भने अनय अन्तरक्रियाहरु पनि हुने र विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा नै प्रतिस्पर्धी बनाउन नमस्ते एकेडेमी प्रतिवद्ध भएको प्रिन्सिपल शेर्पाले बताए ।
विश्वका १२० देशमा क्याम्ब्रिज इन्टरनेसनल स्कुल सर्टिफाइड स्कुलहरु छन् । जसमध्ये काठमाडौं उपत्यकामा ५ वटा छन् । विद्यालयको शैक्षिक गुणस्तर,भौतिक पुर्वाधार,विद्यार्थीको अतिरिक्त क्रियाकलाप लगायत विषयहरु स्थलगत अनुगमनपछि मात्रै क्याम्ब्रिज इन्टरनेसनल स्कुल सर्टिफाइड प्राप्त भएको विद्यालयका संस्थापक प्रिन्सिपल राजेन्द्र कुंवरले बताए ।
यसले विद्यार्थीहरुलाई जिज्ञासु बनाउने र आफै खोजेर सिक्ने क्षमताको विकास गराउने विद्यालयले जनाएको छ ।

द ब्रिटिस कलेजले व्यवस्थापन गरेपछि विद्यालयको शैक्षिक गुणस्तरसंगै विद्यार्थीको चौतर्फी क्षमता विकासमा थुप्रै सकारात्मक परिवर्तनहरु भएका विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   अखिल नेपाल किसान महासंघको प्रदेश अधिवेशनको तयारी पूरा   >>   राष्ट्रपतिद्वारा रेशम चौधरीको जन्मकैद सजाय माफी,स्वीकार्य हुन्न : एमाले   >>   पर्यटन उद्योग उकास्न पहल : घरभाडा छुटदेखि पर्यटन प्रवद्र्धन अभियान   >>   लुम्बिनी केबुलकारको व्यवसायिक सञ्चालन जेठ १५ देखि, स्थानीयलाई ४५ प्रतिशत छुट   >>   रशेम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट   >>   कोशी प्रदेश सभा भवन अगाडि पहिचानवादी र प्रहरीबीच झडप   >>   घरभाडा छुट गर्न होटल ब्यवसायीहरुको आग्रह   >>   रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस   >>   घरायसी विवादमा बाबुले काटिदिए छोराको नाक   >>   तिलोत्तमाका स्वास्थ्यकर्मीको समस्या तत्काल संबोधन गर्न पेशागत महासंघको माग