ट्रेंडिंग:

>> प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु-गृहमन्त्री लेखक >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ >> नेप्सेमा हरियाली, ७० अंकले बढ्यो >> लुम्बिनीका प्रादेशिक अस्पतालमा निःशुल्क टिकटको व्यवस्था खारेज >> वैवाहिक बलात्कारको मुद्दामा गायक ओडलाई सफाई >> सहयोगको याचना गर्दै न्यौपाने >> परराष्ट्रमन्त्री राणालाई भारत र पाकिस्तानका समकक्षीको बधाई >> उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदुतको भेटवार्ता >> उत्तर कोरियाका कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबि >> अक्षयकुमारको सरफिरा बक्स अफिसमा असफल >> समाजवादी मोर्चाको बैठक बस्दै

एसईई विद्यार्थीहरुलाई शुभकामना

१७ चैत्र २०७९, शुक्रबार
१७ चैत्र २०७९, शुक्रबार

आज शुक्रवारदेखि २०७९ सालको एसईई परिक्षा सुरु हुँदैछ । फलामे ढोका मानिने एसईई परिक्षा विद्यार्थीका लागि नयाँ अवसर सिर्जना गर्ने प्रमुख माध्यम हो । एसईई परिक्षापछि विद्यार्थीहरुको भविष्य र रोजाई एकसाथ सुरु हुन्छ । अर्थात उनीहरुको पढाईको क्षमता, स्तर अनि नतिजा अनुसार आ–आफ्नो शैक्षिक क्षेत्रमा जाने अवसर पाउँछन । त्यही भएरपनि एसईईलाई फलामे ढोका अथवा नयाँ शैक्षिक अवसर सिर्जना गर्ने माध्यम भनिएको हो । वि.सं १९९० मा पहिलो पटक सञ्चालन भएको एसएलसी मुलुक सङ्घीयतामा रूपान्तरण भएपछि केही वर्षअघिदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) को नाममा सञ्चालन भइरहेको छ । एसईईमा परीक्षा मूल्यांकन पद्धतीमा केही परिवर्तन भएपनि हाल न्यूनतम उत्तिर्णाङ्क प्रयोगात्मक र मूल सैद्धान्तिक परीक्षा तथा अक्षराङ्क ग्रेडिङ पद्धतिलाई मूल्यांकनको आधार बनाइएको छ । एसईई परीक्षामा यो बर्ष देशभरिका पाँच लाख १६ हजार ५७७ जना सहभागी हुने भएका छन । रुपन्देही जिल्लाबाट पनि करिव १९ हजार विद्यार्थीले भविष्य खोज्दैछन । पुरानो पाठ्यक्रम अनुसारको यो वर्ष एसईई अन्तिम परीक्षा हो । यसकारण पनि यो बर्षको परिक्षा बढी महत्वपूर्ण छ ।

आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ भने प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ । परीक्षालाई समयानुकूल अनुशासित, मर्यादित तथा व्यवस्थित रूपमा सम्पन्न गर्ने दिशामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्डले आफ्नो तर्फबाट गरी आएको भूमिका तथा व्यवस्थापनका सवालमा अन्य सरोकारवाला निकायको सहकार्यसमेत अपरिहार्य छ । विशेषतः परीक्षाका सामान्य मूल्य मान्यतालाई कायम राख्ने, परीक्षार्थीमैत्री तथा भयरहित वातावरणमा परीक्षा सञ्चालन तथा व्यवस्थापनमा तल्लो तहमा केन्द्राध्यक्ष र निरीक्षकदेखि उपल्लो तहका निकाय र पदाधिकारीको समन्वयात्मक सहकार्य न्यूनतम आधार रहन्छ । सामान्यतः दुर्गम तथा पहाडी क्षेत्रका केही ठाउँ तथा तराई क्षेत्रमा परीक्षाको न्यूनतम मर्यादा र मूल्यलाई कायम गर्ने दिशामा विगतका अनुभवलाई मनन गर्दै थप मर्यादित र अनुशासित बनाउने कार्यमा शिक्षा मन्त्रालयको पहल आवश्यक छ । धेरै पछि हाम्रो शिक्षा प्रणालीमा सुधार भएको छ । अहिले विद्यालय शिक्षाले १२ कक्षाको परीक्षालाई विद्यालय तहको शिक्षाको अन्तिम परीक्षाको रूपमा ग्रहण गरेको छ । त्यस अर्थमा भन्ने हो भने १० कक्षा उत्तीर्ण परीक्षाको रूपमा एसईई नै हो र त्यसै अनुसार अघि बढ्नु जरुरी छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने १२ कक्षाको परीक्षा विद्यालय तहको अन्तिम परीक्षा हो र तत्पश्चात उच्च शिक्षाको प्रारम्भबिन्दु सुरु हुन्छ । अधिकांश मुलुकका शैक्षिक प्रणालीको अभ्यास पनि यही हो ।

नेपालले पनि यही शैक्षिक अभ्यासलाई अँगाल्नु जरुरी छ । मुलुक संघीयतामा गईसकेपछि परीक्षाको व्यवस्थापन, अनुगमन, सञ्चालन लगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्ने भनिएपनि यसवर्षको परीक्षाको जिम्मा राष्ट्रिय परीक्षा बोर्डले नै लिएको छ । परिक्षाको सम्पूर्ण तयारी पूरा भैसकेको अवस्था छ । विद्यार्थीहरुले उच्च मनोबलका साथ परिक्षामा सहभागी भएर आफ्नो भविष्यको गोरेटो कोर्नेछन भन्ने विश्वास गरिएको छ । जेहोस एसएलसी एसईईमा रूपान्तरण भैसेपछि पनि पुरानै शैलीमा परिक्षा सञ्चालन भैरहेको छ । यसमा अब बिलम्ब नगरी परिवर्तन गर्नुपर्ने जरुरी छ । परीक्षालाई अनुशासित, मर्यादित तथा मूल्यनिष्ठ रूपमा यसको गरिमा र साखलाई कायम गर्ने दिशामा सम्बन्धित सबैको सहकार्य र समन्वयात्मक भूमिका अपरिहार्य छ । नेपाल सरकार, सम्वन्धित बिद्यालय र विद्यार्थीहरुले पनि एसईईलाई मर्यादित र जिम्मेवार बनाउनु जरुरी छ । परिक्षाको साख जोगाउनु पनि उत्तिकै आवश्यक छ । विद्यार्थीहरुले पनि एसईईलाई हाउगुजीका रुपमा रुपमा लिनु हुँदैन । मेहनत र परिश्रमका साथ परिक्षा दिएर अधिकतम सफलता पाउने दिशामा आफूलाई क्रियाशील बनाउनु पर्दछ । परिक्षामा सहभागी हुने सवै विद्यार्थीहरुमा सफलताको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?