ट्रेंडिंग:

>> प्रदेशमा अपाङ्गता कार्यक्रमः सीप बिर्सदै पूर्वाधारको पछिपछि >> प्रि मनसुनको जोखिम र सावधानी >> मधेशमा बिकराल बन्दै मिटर ब्याजको समस्या >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रेस चौतारी रुपन्देहीको आयोजनामा डिजिटल मिडिया व्यवस्थापन तालिम सम्पन्न  >> लुम्बिनी वल्र्ड स्कुलले “हेप्पीनेस लाईफ” कार्यक्रम गर्दै >> दाङमा लागुपदार्थ सहित एक महिला पक्राउ >> ग्याष्ट्रो सेन्टर बुटवलमा पहिलो पटक बच्चाको ईन्डोस्कोपी >> स्वरुप फेर्दै बुटवल बसपार्क : कस्ता बन्दैछन् संरचना ? >> बन चौरी अंकित चिन्ह राखेर एमाले हुम्लाले बनायो लोगो >> एमाले रुपन्देहीको अधिवेशन जेठ १६ र १७ गते, करिब ८ सय मतदाता >> निसन्तान दम्पत्तिका लागि लुम्बिनी प्रादेशिकमा ‘आईयूआई’ सेवा सुरु >> सिईसि र धनगढी विजयी >> सुनको मूल्यमा नयाँ रेकर्ड कायम >> बुटवलमा एक पुरुष मृत अवस्थामा फेला >> प्रधानमन्त्री र देउवाबीचको भेटमा के कुरा भए ? >> नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द >> लुम्बिनीका होटेल व्यवसायीको अनिश्चितकालीन धर्ना शुरु >> समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी >> दाङका चार क्रेसर उद्योग बन्द गर्ने निर्णय >> लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र चार नगरपालिकाबीच समझ्दारी >> प्रधानमन्त्रीले बोलाए संधानिक परिषद् बैठक >> थुनामा रहेका रायमाझी अस्पताल भर्ना >> कक्षा १२ मा पढ्दै गरेकी युवतीको हत्या प्रकरण: पाल्पा अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि बुटवल ल्याइयो शव >> टी–२० सिरिजको पहिलो खेमा नेपाल ए र आयरल्याण्ड खेल्दै >> काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु >> लुम्बिनीमा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग >> दाङमा भिरबाट लडेर एकको मृत्यु  >> आईपीएलमा हैदराबादले बनायो सर्वाधिक रन, मुम्बई ३१ रनले पराजित >> यी प्रदेशमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना >> यस वर्षको एसईई आजबाट, ५ लाख भन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी हुँदै >> ‘दलित ज्ञान उत्सव’ रूपन्देहीमा >> उत्कृष्ट नतिजाको अग्रिम शुभकामना >> कस्तो जमाना ? अरुको भलाईमा परिवन्दको डर ! >> सात वर्षमा दुई पटक भाँचियोः अब कहिले बन्छ पुल ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलका मासुपसलमा मनपरी नेपालगञ्ज रोडमा सडेगलेको मासु बेचबेखन >> कर्तव्य ज्यान मुद्दाका कसुरदार १८ बर्ष पछी पक्राउ >> वीरेन्द्रनगरमा सडेको अवस्थामा महिलाको शव फेला >> भुमि सम्बन्धि समस्या दुई वर्ष भित्र समाधान हुन्छः मन्त्री अधिकारी >> मदन भण्डारी र स्टार विजयी हुदै अन्तिम चारमा >> प्रदेशको भागबण्डा टुंगिएको छैन : प्रधानमन्त्री >> रमेश खरेलद्वारा रास्वपा छाडेको घोषणा >> विनोद चौधरीसँग कुनै किसिमको पूर्वाग्रह नराखिएको गृहमन्त्रीको स्पष्टीकरण >> दाङमा १२ हजार ८ सय ९८ जना विद्यार्थीले एसइई परीक्षा दिदै >> प्रेस चौतारी रुपन्देहीद्वारा डिजिटल मिडिया तालिम सुरु >> २८ लाख ८८ हजार बराबरको अबैध सामान पक्राउ >> बुटवल १२ राजपुर खोलामा पक्की पुल निर्माण शुरु >> पाल्पामा कक्षा १२ मा पढ्दै गरेकी युवतीको घाँटी रेटेको अवस्थामा शव भेटियो >> बुटवलको मिलनचोकमा युवाहरुबीच चक्कु प्रहार, एक गम्भीर

नेपाल औषधी ब्यवसायीको अधिवेशन हुँदै

२१ लाख ब्यावसायिक हित कोष स्थापनादेखि उत्कृष्ट पत्रकारिता पुरस्कारसम्मका निर्णय
१४ चैत्र २०७९, मंगलवार
१४ चैत्र २०७९, मंगलवार

बुटवल, १४ चैत ।

गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधीको आपूर्ति ः हाम्रो प्रतिवद्घता नारासहित स्थापना भएको नेपाल औषधि ब्यवसायी संघ, रुपन्देही जिल्ला शाखाको दोसो अधिवेसन तथा चौथो साधारण सभा चैत १८ गते शनिबार बुटवलमा हुने भएको छ । विभिन्न उपसमिति मार्फत कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष सुरज भट्टराईले बताए ।

मंगलबार संघको सचिवालयमा बसेको अन्तिम बैठकबाट विभिन्न निर्णयहरु समेत गरिएको उनले बताए । रुपन्देहीमा छरिएर रहेका ब्यवसायीलाई एकतावद्ध गर्न विभिन्न पालिकाहरुमा घरदैलो गरी सदस्यता वृद्धि, सुझाव संकलनका कामहरु गरेको उनले बताए । ‘संघमा ५ सय बढी ब्यवसायीहरु नविकरण गरिएको छ’– उनले भने । आफ्नो कार्यकालमा १५ लाख रुपैया बराबरको ब्यावसायिक हित कोष स्थापना गरेको भन्दै उनले यसको रकम बढाएर २१ लाख बनाउने गरी अघि बढेको बताए ।

यसैगरी ७ लाख रुपैयाँको औषधी सम्मान कोषको स्थापना गर्ने तयारी रहेको उनले बताए । जसबाट कार्यक्रममा वरिष्ठ औषधी ब्यवसायी सम्मान, उत्कृष्ट पत्रकारिता पुरस्कार वितरण गरिने उनले बताए ।

संघमा महासचिव पुरुषोत्तम भट्टराईको संयोजकत्वमा प्रचारप्रसार तथा किटब्याग उपसमिति गठन गरी आवश्यक तयारी भएको छ । संघको स्मारिका प्रकाशन अन्तिम चरणमा पुगेको संघका उपकोषाध्यक्ष माधव खनालले बताए । कार्यक्रममा नेपाल खुद्रा औषधी ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष राम प्रसाद खरेल, विशेष सल्लाहकार रोहितराज क्षेत्री, सल्लाहकार मोहन पाण्डे, नेपाल औषधि ब्यवसायी संघ प्रदेश अध्यक्ष शिव ज्ञवाली, प्रदेश महासचिव लुकराज न्यौपाने, कोषाध्यक्ष प्रकाश ज्ञवाली, कानुनी सल्लाहकार युवराज घिमिरे, संघका उपाध्यक्ष खड्ग बहादुर बस्नेतले नेतृत्व विकास गर्दै बयवसायिक भुमिका, सामाजिक उत्तरदायित्वमा रहेर काम गर्नुपर्ने बताए । प्रदेश अध्यक्ष शिव ज्ञवालीले पुरस्कृत गर्ने मापदण्ड बनाएर सिफारिस गरिएको भन्दै संघको मापदण्ड पूरा गरेको, सदस्य नियमित भएका उत्कृष्ट खुद्रा र थोक विक्रेतालाई सम्मानको कार्यक्रम गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?