ट्रेंडिंग:

>> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप
खबर

राईड टु रानीमहल चैत १७ बाट

१४ चैत्र २०७९, मंगलवार
१४ चैत्र २०७९, मंगलवार

बुटवल(बुटवल टुडे) चैत । बिगत २ वर्षयता निरन्तर सञ्चालन गर्दै आएको राईड टु रानीमहल सिजन ३ यहि चैत १७ र १८ गते हुने भएको छ । जिल्ला साईकलिङ संघ रुपन्देहीले मंगलबार जितगढी किल्लामा पत्रकार सम्मेलन गरि सिजन ३ यहि चैत १७ र १८ गते हुने जानकारी गराएको हो ।
प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोगमा सञ्चालन हुने राईड टु रानीमहल कार्यक्रमको तयारी तिब्रा पारिएको छ । साईकल चलाऔ,आन्तरिक पर्यटन प्रवद्र्धधन गरौं भन्ने नाराका साथ राईड टु रानिमहल कार्यक्रम गर्न लागेको जिल्ला साईकलिङ संघ रुपन्देही अध्यक्ष पुकार थापाले पत्रकार सम्मेलन मार्फत जानकारी गराए । २०७८ मा कोरोनाले रोकिएको कार्यक्रम तेस्रो सस्करण २०७९मा गर्न लागिएको बताउदै उनले १७ गते शुक्रबार बिहान ७ बजे औपचारिक कार्यक्रम शुरु गरि ८ बजे जितगढीबाट हिड्ने बताए ।
काठमाडौ, रुपन्देही, लमजुङ, हेटौडा, धरान, बाँके,द ाङ लगायतका ९५ जना साईकलिस्टहरुको सहभागीता रहने अध्यक्ष थापाले जानकारी दिए । उनले राइड टु रानीमहलमा सहभागीहरुलाई ईन्ट्री फि २५ सय राखिएको बताउँदै सोही रकमबाट प्रतिव्यक्ती २ लाखको दुर्घटना बीमा गरिएको बताए ।
१२० किलोमीटर लामो कार्यक्रम सञ्चालन गर्न साढे ५ लाख खर्च अनुमान गरिएको अध्यक्ष थापाले बताए । पत्रकार सम्मेलनमा बोल्दै प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले खेल, स्वास्थ्य र पर्यटन संग जोडिएको बताउँदै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए । उनले यो वर्ष छोटो समयमा जानकारी पाएको बताउदै अर्को वर्ष देखि प्रदेशको तर्फबाट आर्थिक सहयोगका लागि पहल गर्ने बताए । उनले यो बर्ष प्रदेश खेलकुद परिषदले आर्थिक सहकार्य गरेको जानकारी दिदै आगामी बर्षमा यसलाई अझ बढि विस्तार गर्ने प्रतिवद्धता समेत जनाए । साईकल खेल लाई अझ बढि र व्यापक बनाउन जरुरीरहेको भन्दै उनले स्वाथ्यको दृष्टिकोणबाट यो अत्यान्तै महत्पूर्ण रहेको बताएका थिए ।
जिल्ला खेलकुद बिकास समिति रुपन्देही अध्यक्ष हरि बहादुर क्षेत्रीले पर्यटनसंग जोडेर हुन लागेको कार्यक्रम सफल बनाउन आवश्यक रहेको बताए । उनले वार्षिक रुपमा योजना ल्याएमा कार्यक्रमको लागि बजेटको ब्यवस्थापन गर्न सकिने बताए ।
राईड टु रानिमहलमा विश्व साइकलयात्री पुष्कर शाह प्रमुख आकर्षकको रुपमा रहेको कार्यक्रम संयोजक रिन्जी थापाले जानकारी दिइन । कार्यक्रममा रुपन्देहीका पुर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, नेपाल पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष विश्वास ढकाल, साईकलिङ संघ रुपन्देही रुपन्देही सचिव अशोक राई लगायतले बोलेका थिए । पत्रकार सम्मेलनमा टिसर्ट सार्वजनिक समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?