Logo
२३ जेष्ठ २०८०, मंगलवार

मन्त्रालय भागबण्डा वैठक निश्कर्षविहीन


बुटवल, १४ चैत । मन्त्रालय भागबण्डा गरेर मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न बसेको सत्तारुढ गठबन्धन दलहरुको वैठक निश्कर्षविहीन भएको छ । दलहरुले आआफ्नै अडान कायम राखेपछि बैठक निष्कर्षविहीन भएको हो ।

बेठकमा नेपाली कांग्रेसले ८ मन्त्रालयको अडान राखेको थियो । त्यस्तै, जसपा र नेकपा एसले ३–३ मन्त्रालयको अडान कायमै राखेकाले सहमति हुन नसकेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

वैठकमा मन्त्रालय भागबण्डामा कुरा नमिलेपछि न्यूनतम साझा कार्यक्रमको मस्यौदा माथि छलफलका लागि वितरण गरिएको थियो । गठबन्धनको अर्को भोलि बिहान ९ बजे बैठक बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?