ट्रेंडिंग:

>> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत

परिणाम देखिने गरी काम गर्न मुख्यमन्त्री गिरीको निर्देशन

१४ चैत्र २०७९, मंगलवार
१४ चैत्र २०७९, मंगलवार

दाङ, १४ चैत ।

लुम्बिनी प्रदेशको दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रम जारी रहेको छ । सोमबारदेखि सुरु भएको समीक्षा कार्यक्रममा मंगलबार पनि मन्त्रालयगत समीक्षा गरिएको छ ।

समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री लिला गिरीले परिणाम देखिने गरी कार्य सम्पादन गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिए । प्राकृतिक स्रोत साधन र खानीजन्य वस्तुहरुको प्रयोगबाट प्रदेशको समृद्धिको मार्ग कोर्नुपर्ने भन्दै मुख्यमन्त्री गिरीले प्रकृति नबिग्रने गरी स्रोत साधनको प्रयोग गर्नतर्फ लाग्नुपर्ने बताए । ‘प्राकृतिक स्रोत साधन र खानीजन्य वस्तुहरु हाम्रा सम्पत्ती हुन् । स्रोत साधनको प्रयोग नगर्दा त्यतिकै खेर गइरहेका छन् । यस्तो अवस्थामा सरकारले प्रकृति नबिग्रने गरी स्रोतसाधनको प्रयोग गर्ने नीति बनाउनुपर्दछ’, मुख्यमन्त्री गिरीले भने, ‘धेरै प्राकृतिक स्रोतसाधनमा हाम्रो ध्यान पुगेको छैन । ढोरपाटन आरक्षको अधिकांश क्षेत्र हाम्रो प्रदेशमा पर्छ । हाम्रो ध्यान नपुग्दा गण्डकी प्रदेशले एक्लै त्यसको प्रयोग गरिरहेको छ । नदीजन्य, वनजन्य, खानीजन्य स्रोत परिचालनका लागि आवश्यक ऐन निर्माण गरेर अगाडि बढ्नुपर्दछ ।’

प्रदेश सरकारले आगामी बजेटमा कृषि, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष सम्बोधन गर्नुपर्ने बताउँदै मुख्यमन्त्री गिरीले भने, ‘हामीले प्राथमिकताका आधारमा बजेट निर्माण गर्नुपर्दछ । कृषिका लागि मल उद्योग सञ्चालन गर्ने योजना अगाडि बढाउनुपर्दछ । त्यस्तै कागज उद्योग, कृषिमा आधारित उद्योगहरु सञ्चालन गर्ने योजना बजेटमा समावेश गर्नुपर्दछ । यसले कच्चा पदार्थको खपत र रोजगारी सिर्जना गर्दछ ।’

चालु आर्थिक वर्षमा मन्त्रालयले हासिल गरेका उपलब्धी र भावी कार्यक्रमका बारेमा मन्त्रालयका सचिवहरुले प्रगति विवरण प्रस्तुत गरेका थिए । दोस्रो दिन वन तथा वातावरण मन्त्रालय, उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, आर्थिक मामिला मन्त्रालय र प्रदेश पूर्वाधार विकास प्राधिकरणले प्रगति विवरण प्रस्तुत गरेका छन् ।

समीक्षा कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले मन्त्रालयको प्रगति विवरण पेश गरेका छन् । चालु आर्थिक वर्षमा २ अर्ब २१ करोड ७ लाख बजेट विनियोजन गरिएको भन्दै सचिव घिमिरेले फागुन मसान्तसम्म ६७ करोड ४९ लाख ९६ हजार रुपैया मात्र खर्च भएको जानकारी दिए । उनका अनुसार वन तथा वातावरण मन्त्रालयको वित्तिय प्रगति ३३.३९ प्रतिशत मात्र रहेको छ ।

समीक्षा कार्यक्रममा आर्थिक मामिला मन्त्रालयका सचिव केदारनाथ शर्माले मन्त्रालयले हालसम्म २९.८ प्रतिशत मात्र वित्तिय प्रगति हासिल गरेको जानकारी दिए । उनका अनुसार १० करोड ७३ लाख ८४ हजार रुपैया बजेट विनियोजन गरेको मन्त्रालयले ३ करोड २० लाख १८ हजार रुपैयाँ मात्र खर्च भएको छ ।

त्यस्तै उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयका सचिव रामहरि ज्ञवालीले प्रगति विवरण प्रस्तुत गरेका थिए । उनका अनुसार मन्त्रालयले हालसम्म २४.६९ प्रतिशत वित्तिय प्रगति गरेको छ । चालु आर्थिक वर्षमा ६८ करोड १८ लाख ७९ हजार रुपैयाँको बजेट विनियोजन गरेको भन्दै सचिव ज्ञवालीले १६ करोड ८४ लाख ११ हजार रुपैयाँ खर्च भएको बताए ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयले २०.५१ प्रतिशत मात्र वित्तिय प्रगति गरेको सचिव यामनारायण देवकोटाले जानकारी दिए । चालु आर्थिक वर्षमा २ अर्ब ४७ करोड ९५ लाख ७ रुपैयाको बजेट विनियोजन गरेको भन्दै सचिव देवकोटाले हालसम्म ५० करोड ८७ लाख ३७ हजार रुपैया मात्र खर्च भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?