ट्रेंडिंग:

>> प्रेस चौतारी रुपन्देहीको आयोजनामा डिजिटल मिडिया व्यवस्थापन तालिम सम्पन्न  >> लुम्बिनी वल्र्ड स्कुलले “हेप्पीनेस लाईफ” कार्यक्रम गर्दै >> दाङमा लागुपदार्थ सहित एक महिला पक्राउ >> ग्याष्ट्रो सेन्टर बुटवलमा पहिलो पटक बच्चाको ईन्डोस्कोपी >> स्वरुप फेर्दै बुटवल बसपार्क : कस्ता बन्दैछन् संरचना ? >> बन चौरी अंकित चिन्ह राखेर एमाले हुम्लाले बनायो लोगो >> एमाले रुपन्देहीको अधिवेशन जेठ १६ र १७ गते, करिब ८ सय मतदाता >> निसन्तान दम्पत्तिका लागि लुम्बिनी प्रादेशिकमा ‘आईयूआई’ सेवा सुरु >> सिईसि र धनगढी विजयी >> सुनको मूल्यमा नयाँ रेकर्ड कायम >> बुटवलमा एक पुरुष मृत अवस्थामा फेला >> प्रधानमन्त्री र देउवाबीचको भेटमा के कुरा भए ? >> नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द >> लुम्बिनीका होटेल व्यवसायीको अनिश्चितकालीन धर्ना शुरु >> समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी >> दाङका चार क्रेसर उद्योग बन्द गर्ने निर्णय >> लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र चार नगरपालिकाबीच समझ्दारी >> प्रधानमन्त्रीले बोलाए संधानिक परिषद् बैठक >> थुनामा रहेका रायमाझी अस्पताल भर्ना >> कक्षा १२ मा पढ्दै गरेकी युवतीको हत्या प्रकरण: पाल्पा अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि बुटवल ल्याइयो शव >> टी–२० सिरिजको पहिलो खेमा नेपाल ए र आयरल्याण्ड खेल्दै >> काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु >> लुम्बिनीमा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग >> दाङमा भिरबाट लडेर एकको मृत्यु  >> आईपीएलमा हैदराबादले बनायो सर्वाधिक रन, मुम्बई ३१ रनले पराजित >> यी प्रदेशमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना >> यस वर्षको एसईई आजबाट, ५ लाख भन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी हुँदै >> ‘दलित ज्ञान उत्सव’ रूपन्देहीमा >> उत्कृष्ट नतिजाको अग्रिम शुभकामना >> कस्तो जमाना ? अरुको भलाईमा परिवन्दको डर ! >> सात वर्षमा दुई पटक भाँचियोः अब कहिले बन्छ पुल ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलका मासुपसलमा मनपरी नेपालगञ्ज रोडमा सडेगलेको मासु बेचबेखन >> कर्तव्य ज्यान मुद्दाका कसुरदार १८ बर्ष पछी पक्राउ >> वीरेन्द्रनगरमा सडेको अवस्थामा महिलाको शव फेला >> भुमि सम्बन्धि समस्या दुई वर्ष भित्र समाधान हुन्छः मन्त्री अधिकारी >> मदन भण्डारी र स्टार विजयी हुदै अन्तिम चारमा >> प्रदेशको भागबण्डा टुंगिएको छैन : प्रधानमन्त्री >> रमेश खरेलद्वारा रास्वपा छाडेको घोषणा >> विनोद चौधरीसँग कुनै किसिमको पूर्वाग्रह नराखिएको गृहमन्त्रीको स्पष्टीकरण >> दाङमा १२ हजार ८ सय ९८ जना विद्यार्थीले एसइई परीक्षा दिदै >> प्रेस चौतारी रुपन्देहीद्वारा डिजिटल मिडिया तालिम सुरु >> २८ लाख ८८ हजार बराबरको अबैध सामान पक्राउ >> बुटवल १२ राजपुर खोलामा पक्की पुल निर्माण शुरु >> पाल्पामा कक्षा १२ मा पढ्दै गरेकी युवतीको घाँटी रेटेको अवस्थामा शव भेटियो >> बुटवलको मिलनचोकमा युवाहरुबीच चक्कु प्रहार, एक गम्भीर >> चेन्नईसामु गुजरात ६३ रनले पराजित >> आज यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना >> लुम्बिनी प्रदेश सरकारको चासोः नयाँ बजेट छाडेर नयाँ सरकार >> जनताको अपेक्षा अझैपनि तपसिलमा !

सम्झौता कार्यान्वयन गर्न मुक्त कमलरीको माग

१४ चैत्र २०७९, मंगलवार
१४ चैत्र २०७९, मंगलवार

दाङ, १४ चैत ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी समक्ष मुक्त कमलरी, कमैया गायत सम्वद्ध चार संस्थाले विगतका सम्झौता कार्यान्वयन गर्न विद्यमान समस्या समाधानमा चासो दिन माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । मुक्त कमैया, कमलरी, हलिया र हरवाचरवाको वस्तुस्थितिबारे अध्ययन प्रतिवेदनले मुक्त कमैया तथा मुक्त कमलरीका विषयमा सिफारिस गरेका सुझावलाई अंगीकार गरी आवश्यक नीति तथा कार्यक्रमहरूमा परिवर्तन गर्न माग गर्दै मुख्यमन्त्री गिरी समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री गिरीले प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग र सहकार्य हुने वचन दिएका छन् । उनले आगामी आर्थिक वर्षको बजेटमा पनि थप प्रोत्साहनका कार्यक्रम पनि समावेश गरी कार्यान्वयन गर्दै पुनस्र्थापना र दीगो व्यवस्थापनको प्रयास हुने बताए ।

ज्ञापन पत्रमा भनिएको छ, “मुक्त कमैया तथा कमलरी परिवारहरूले स्वतन्त्रतापूर्वक सम्मानजनक जीवन जिउन सक्ने गरी प्रदेशस्तरीय पुनःस्थापनाको एकीकृत प्याकेज निर्माण गर्न र सो कार्य गर्दा काम, ज्याला, समानता, स्वतन्त्रतासहित शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा सहितको दीगो जीविकोपार्जनको सुनिश्चितताको मागसहित ज्ञापन पत्र बुझाएका छन् ।

मुक्त कमैया, कमलरी, हलिया, हरवाचरवा सम्वन्धी वस्तुस्थिति अध्ययन समितिले तयार गरेको प्रतिवेदन अनुसार सरकारी तथ्यांकले बताएको अभिलेख भन्दा फरक रहेर मुक्त कमैया समाज केन्द्रीय समितिको तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा ४ हजार ६ सय ९५ मुक्त कमैयाँ परिवारको पुनस्र्थापना हुन बाँकी रहेको ज्ञापन पत्रमा उल्लेख छ ।

नेपाल सरकारले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा तथा २०७० असार १३ गते कमलरी मुक्तिको घोषणा गरेको थियो । त्यसपछि शुरु भएको मुक्त कमैया पुनस्र्थापना कार्यले २७ हजार २१ मुक्त कमैया परिवार पुनस्र्थापित भएका छन् । जसमा लुम्बिनी प्रदेशमा १४ हजार ९७ मुक्त कमैया परिवारको पुनस्र्थापना भएको बताईएको छ ।

यस्तै, भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको २०७५–०७६ को तथ्यांक अनुसार लुम्बिनी प्रदेशका ३ जिल्लाका ४ हजार ७ सय ८६ कमलरीले परिचयपत्र पाउन बाँकी रहेको मुक्त कमलरी विकास मन्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले जानकारी दिइन् ।

उनका अनुसार सो कार्य सम्पन्न लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्नुपर्ने र पुनस्र्थापनालाई प्राथमिकतामा राख्नुपर्ने बताइन् । कमैया, कमलरीलाई सरकारले प्राथमिकतामा नराख्ने र सरकारी तथ्यांक भन्दा मुक्त कमलरी विकास मञ्चको २०७८ को तथ्यांकमा लुम्बिनी प्रदेशका १ हजार ५ सय ६१ कमलरी छुट भएको उनले बताइन् ।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको तथ्यांक अनुसार ९ हजार ४ सय ९० कमलरीको तथ्यांक लिइएको र ती मध्ये १ हजार १ सय ८० जनाले परिचयपत्र प्राप्त गरेको देखिएको हुँदा बाँकी रहेका काम अबिलम्ब पूरा गर्न प्रदेश सरकार समक्ष ज्ञापन पत्र बुझाउनु परेको मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले जानकारी दिइन् ।

ज्ञापन पत्र बुझाउन मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरी, कमैया महिला जागरण समाजकी केन्द्रीय अध्यक्ष बिरुनी थारु, मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरी र मुक्त कमैया समाज लुम्बिनी प्रदेशका अध्यक्ष जागेश्वर चौधरीलगायत प्रतिनिधि टोली देउखुरी पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?