ट्रेंडिंग:

>> वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै >> प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता >> विश्वविद्यालयहरु दलीय हस्तक्षेपबाट मुक्त हुन्छन : शिक्षामन्त्री श्रेष्ठ >> सुप्रिम सहकारी पीडितद्वारा प्रदर्शन >> सुनको भाउमा फेरि नयाँ रेकर्ड, ताेलाको १ लाख ३९ हजार २ सय रुपैयाँ >> बुटवलका छापा संचारगृहहरूको संयुक्त बैठक >> अन्डरग्राउण्डसहित बन्ने छ १२ तलाको अत्याधुनिक भवन >> शँकरनगर सामुदायिक वनमा निःशुल्क आँखाको चेकजाँच शिविर >> सुप्रिम सहकारी घोटाला प्रकरण : आजदेखि थुनछेक बहस हुने >> नयाँ बर्षले पर्यटन क्षेत्रमा दिएको उत्साह >> पर्यटनको नाममा अर्ब सकियो, न बन्यो पूर्वाधार, न आए पर्यटक >> नयाँ वर्ष सबैको घरमा उमंग बनेर आओस् >> पञ्चेबाजा बजाउँदै विद्यार्थी भर्ना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> परिवर्तनका उपलव्धिको रक्षा जरुरीः छविलाल विश्वकर्मा >> विकासको मूलधारमा जोडिन मिडियाले अभियान चलाउनुर्छ : मन्त्री शर्मा >> कृषिमा फड्को मार्दै बुटवल >> नेपालको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने कम्पनीः मुख्यमन्त्री >> नुवाकोटमा उजिरसिहको पूर्णकदको मूर्ति अनवरण >> धादिङ – काठमाडौं जोड्ने नागढुङ्गा सुरुङमार्ग छिचोलियो >> एसीसी प्रिमियर कप : हङकङविरुद्ध ८ विकेटको जितसँगै नेपाल सेमिफाइनलमा >> सशस्त्र प्रहरीद्वारा ३ लाख ८२ हजार बराबरको अवैध सामान बरामद >> ‘दुर्घटनापछिको सहजीकरणमा भलाई कोषको ठूलो योगदान’ >> हङकङद्वारा नेपाललाई १ सय १५ रनको लक्ष्य >> सुदुरपश्चिममा गठबन्धन भत्किएपनि फरक पर्दैन : ओली >> माधव नेपालको चेतावनी : लुम्बिनी,बागमति र मधेशमा पनि खतराको घण्टी >> आईएमई ग्रुपको चौथो केबलकार कैलालीको चिसापानीमा शिलान्याश >> लुम्बिनीमा १७ महिनापछि संसदीय समितिले पूर्णता पाउंदै >> राप्रपाको प्रदर्शनमा प्रहरीले हानेको अश्रुग्यासले अस्वस्थ बर्दियाका डांगीको मृत्यु >> विपदबाट एक वर्षमा झण्डै पाँचसयको मृत्यु >> आज प्रतितोला सात सय रूपैयाँले बढ्यो सुन >> एसीसी प्रिमियर कपमा नेपाल र हङकङबीच खेल हुंदै >> एमाले संसदीय दलको वैठक बस्दै >> विश्वदीपले पनि छाडे बाबुरामको साथ >> रिडी पावर कम्पनीका न्यौपानेलाई एक वर्ष कैद ,३ करोड ९८ लाख रुपैयाँ जरिवाना >> दाङमा लागुऔषध सहित महिला पक्राउ >> आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> मौसमजन्य रोगको प्रकोप र चुनौति >> ‘शैक्षिक बेरोजगार सम्बोधन कार्यक्रम’ >> भन्सार कार्यालयको सक्रियता बढ्दो >> सुनछहरीमा ‘शून्य उजुरी’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> दाङमा हुन लागेको राष्ट्रिय स्तरको मिडिया महोत्सवको तयारी पुरा >> दाङमा माटोको ढिस्कोमा पुरिएर दुई बालकको मृत्यु  >> सल्यानमा बस दुर्घटना, तीनजना घाइते >> स्वर्ण महोत्सवमा प्रशिक्षण, स्वास्थ्य शिविर तथा बृहत् रक्तदान कार्यक्रम >> सुप्रिम सहकारी घोटाला : जिबि राईसहित २८ जना प्रतिवादीसंग १ अर्ब २ करोड मागदाबी >> ठेकेदार भागेपछि कालीगण्डकी नदीको निर्माणाधीन पक्की पुल अलपत्र >> विनोद चौधरीको बयान लिंदै अख्तियार >> रूपन्देही सुपरलिगः लुम्बिनी खुकुरी फाइनलमा

राष्ट्रिय जनगणनाले थपेको चिन्ता

१२ चैत्र २०७९, आईतवार
१२ चैत्र २०७९, आईतवार

राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको जनसंख्या बृद्धिदरमा क्रमिकरुपमा कमी हुँदै गएको छ । यो नेपालका लागि चिन्ताको बिषय हो । तत्काल यसको असर र प्रभाव नदेखिएपनि कालान्तरमा यो ठूलो समस्याको रुपमा देखिने समाजशास्त्रीहरुको चिन्ता छ । २०५८ सालको जनगणनामा नेपालको वार्षिक जनसंख्या २ दशमलव २५ रहेकोमा सो दर घटेर २०६८ मा १ दशमलव ३५ र २०७८ सालको जनगणनाका ० दशमलव ९२ प्रतिशतमा झरेको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजामा उल्लेख गरिएको छ । राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । जसमध्ये पुरुषको संख्या एक करोड ४२ लाख ५३ हजार ५५१ र महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ जना रहेको छ । समाजशास्त्रीहरुले जनसंख्या वृद्धिदर कम हुनु भनेको दीर्घकालीन रूपमा भने नेपाललाई ठूलो घाटा हुने अवस्था भनेका छन । जनसंख्या बृद्धिदरमै कमी आउनु, पहाडबाट बसाईसराई गरि तराई झर्ने क्रम झनै बढ्नु मूख्य चुनौति हुन । यही स्थिति कायम भए नेपालमा भविष्यमा जनसंख्या कम हुँदा देशलाई चाहिने दक्ष जनशक्तिको अभाव हुनेमा शंका गरिरहनु पर्दैन ।

जनगणनाका अनुसार कुल १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना विदेशमा रहेका छन् । उक्त संख्यामध्ये १७ लाख ९९ हजार ६७५ जना पुरुष र तीन लाख ९० हजार ९१७ जना महिला रहेका छन् । २०६८ सालको जनगणना अनुसार १९ लाख २१ हजार ४९४ जना विदेशमा बसोबास गरेका थिए । विदेशमा बसोबास गर्नेक्रम बढ्दै गएको देखिनुपनि नेपालका लागि चुनौति हो । नेपालमा नेपालीहरु नै बसोबास नगर्ने अर्थात विदेशमै गएर उतै बस्ने जुन प्रवृत्ति देखिएको छ त्यो नेपालको लागि ठूलो घाटा हो । त्यसबाट न नेपालमा रेमिटान्सको मात्रा बढी आउँछ न त बिदेश पुगेका नेपालीबाट नेपालको विकासमा योगदान नै पुग्छ । राष्ट्रिय जनगणनाले नेपालको अवस्थाको बिषयमा धेरै चिन्ता नै थपेको छ ।

अर्कोतर्फ नेपालका पहाडी जिल्लाबाट ठूलो संख्यामा बसाईसराई गरि तराई झनै क्रम बढेको देखिएको छ । यो अर्को ठूलो चिन्ताको बिषय हो । जनगणनाले देखाएको तथ्याँक अनुसार यही अवस्थामा बसाईसराई हुने हो भने नेपालका पहाड रित्तिने अवस्थामा पुग्नेछन । शहरी क्षेत्रमा जनसंख्या थपिँदो छ जुन मूख्य चुनौतिका रुपमा रहनेछ । यही लुम्विनी प्रदेशकै अवस्था समेत गंभीर देखिएको छ । पहाडमा जनसंख्या समेत घटेको देखिएको छ । यो नेपालका लागि अर्को चुनौति हो । गुल्मी, पाल्पा र अर्घाखाँचीको जनसंख्या बृद्धि विगतमा सुस्त थियो तर अहिले ऋणात्मक भएको अवस्था छ । यो भनेको पहाडी जिल्ला रित्तिदैछन भन्ने संकेत हो । यस विषयमा अव सम्वन्धित निकायको ध्यान जानु जरुरी छ । बसाईसराई रोक्नेतर्फ अव पहल नगर्ने हो भने जनगणनाले औंल्याए जस्तोगरि अव तराई भरिने र पहाड रित्तिने निश्चित छ । यसले नेपाललाई दूरगामी असर पु¥याउने निश्चित छ । तसर्थ जनगणनाले देखाएको बिहंगम अवस्थाप्रति अव समयमै सोच्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np