Logo
१४ जेष्ठ २०८०, आईतवार

राष्ट्रिय गौरवका योजना आर्थिक संकटका कारण रोकिए : ओली


चन्द्रौटा, ११ चैत ।

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका योजना आर्थिक संकटका कारण रोकिएको बताएका छन् ।अहिलेको सरकारले देशलाई आर्थिक संटकतर्फ धकेलेको दावी गर्दै एमालेको सरकारका पालामा शुभारम्भ गरेका योजना अहिले रोकिएको उनले बताए ।

नेकपा (एमाले) ले देशव्यापी रूपमा सञ्चालन गरेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार) अभियानअन्तर्गत शनिवार कपिलवस्तुको सिद्धार्थ क्याम्पसको सभाहलमा आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा ब्यक्त गरेका हुन् ।

अध्यक्ष ओलीले नेकपा एमाले वैचारिक‚ संगठनात्मक, समृद्ध, सम्पन्न समाज बनाउने र देशलाई गरिबीतर्फ धकेल्नेहरूबीचको लडाइँ लडिरहेको दाबी गरे । पूर्वप्रधानमन्त्री ओलीले आफ्नो सरकारका पालामा हुलाकी सडक, मदन भण्डारी सडक, रेल वे, अपर तामाकोशी, मेलम्ची खानेपानी, तुइन समाप्त पार्ने जस्ता महत्त्वपूर्ण अभियानलाई कार्यान्वयन गर्दै देशको आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा बढी भएको दावी गरे ।

पार्टी कार्यकर्तालाई स्वार्थमा केन्द्रित नभई समाजको नमुना योग्य, आदर्श नागरिक बन्न आग्रह गर्दै पार्टीको उद्देश्य प्राप्ति गर्ने काममा लाग्नुपर्नेमा ओलीले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   राष्ट्रपतिद्वारा रेशम चौधरीको जन्मकैद सजाय माफी,स्वीकार्य हुन्न : एमाले   >>   पर्यटन उद्योग उकास्न पहल : घरभाडा छुटदेखि पर्यटन प्रवद्र्धन अभियान   >>   लुम्बिनी केबुलकारको व्यवसायिक सञ्चालन जेठ १५ देखि, स्थानीयलाई ४५ प्रतिशत छुट   >>   रशेम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट   >>   कोशी प्रदेश सभा भवन अगाडि पहिचानवादी र प्रहरीबीच झडप   >>   घरभाडा छुट गर्न होटल ब्यवसायीहरुको आग्रह   >>   रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस   >>   घरायसी विवादमा बाबुले काटिदिए छोराको नाक   >>   तिलोत्तमाका स्वास्थ्यकर्मीको समस्या तत्काल संबोधन गर्न पेशागत महासंघको माग   >>   रेशम चौधरीलाई आममाफी दिन सरकारको  सिफारिस