Logo
१४ जेष्ठ २०८०, आईतवार

व्यापार संघ अध्यक्ष र सदस्यको बाल गृहमा जन्मदिन बिशेष


कपिलवस्तु, ११ चैत ।

उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल “कोपिल” तथा समिति सदस्य मुक्तिराम कंडेलले आफ्नो जन्मदिन कपिलवस्तु बाल गृहमा मनाएका छन् । दुवैले जन्मदिनको अवसरमा बाल गृहका बालकहरुसँग केक काटेर खुसी साटेका थिए ।

सो अवसरमा बाल गृहका बालकहरुका लागि २० हजार बराबरको खाद्यान्न सहितका सामग्री हस्तान्तरण गरिएको संघका महासचिव बासुदेब खनालले जानकारी दिए । आफ्ना सदस्यहरुलाई सामाजिक कार्यमा प्रेरित गर्ने उद्देश्यले जन्मदिनमा सामाजिक क्रियाकलाप गरिदै आएको अध्यक्ष खिमानन्द पौडेल “कोपिल” ले बताए ।

बाल गृहका बालकहरुसँग जन्मदिनको खुसी साट्दै सहयोग गर्ने कार्य उदाहरणीय भएको कपिलवस्तु बाल गृहका व्यवस्थापक राम प्रसाद अर्यालले बताए । जन्मदिन बिशेष तथा सामाग्री हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ शाखा अध्यक्ष किरणमान बज्राचार्य, संघका सदस्य कलामुद्दिन मुसलमान सहित उद्योग ब्यापार कपिलवस्तु का पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   राष्ट्रपतिद्वारा रेशम चौधरीको जन्मकैद सजाय माफी,स्वीकार्य हुन्न : एमाले   >>   पर्यटन उद्योग उकास्न पहल : घरभाडा छुटदेखि पर्यटन प्रवद्र्धन अभियान   >>   लुम्बिनी केबुलकारको व्यवसायिक सञ्चालन जेठ १५ देखि, स्थानीयलाई ४५ प्रतिशत छुट   >>   रशेम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट   >>   कोशी प्रदेश सभा भवन अगाडि पहिचानवादी र प्रहरीबीच झडप   >>   घरभाडा छुट गर्न होटल ब्यवसायीहरुको आग्रह   >>   रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस   >>   घरायसी विवादमा बाबुले काटिदिए छोराको नाक   >>   तिलोत्तमाका स्वास्थ्यकर्मीको समस्या तत्काल संबोधन गर्न पेशागत महासंघको माग   >>   रेशम चौधरीलाई आममाफी दिन सरकारको  सिफारिस