Logo
१४ जेष्ठ २०८०, आईतवार

बसन्त कुंवर बने नयां आईजीपी


बुटवल,१० चैत । सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक ९आईजीपी०मा नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले एआईजी कुँवरलाई आईजीपिमा बढुवा गर्ने निर्णय गरेको हो ।

कुँवरसहित ५ जना आईजीपी बन्ने होडमा थिए । दुई दिनअघि मात्र उनिहरुले एआईजीको फुली लगाएका थिए । कुँवरले २०८१ चैतसम्म नेपाल प्रहरीको आईजिपी सम्हाल्नेछन् ।

हालका आईजिपी धिरजप्रताप सिंहले ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राती १२ बजेदेखि अनिवार्य अवकाश पाउँदैछन् । उनीसहित ९ जना उच्च प्रहरी अधिकारीले एक साथ अवकाश पाउन लागेका हुन्। सिंह गत बैशाखको तेस्रो साता आईजीपी बनेका थिए ।

एसएसपीबाट डीआईजी बढुवा हुनेक्रममा छलाङ मारेका कुँवर नेपाली कांग्रेसनिकट मानिन्छन् । उनी गत असारमा एसएसपीबाट पहिलो नम्बरमा डीआईजीमा बढुवा भएका थिए ।

सरकारले एआईजीमा बढुवा गर्दा वरियता हेरफेर नगरि कुँवरलाई पहिलो नम्बरमा राखेको थियो । त्यसअघि एसएसपीमा कुँवर १३ औँ नम्बरमा रहेका थिए । कुँवरका दाई बाबुराम नेपाली कांग्रेस नेतृत्वको सरकारका बेला महान्यायधिवक्ता रहेका थिए ।

२०२६ चैत १५ गते जन्मिएका कुँवर २०५१ चैतमा प्रहरी निरिक्षकबाट सेवा प्रवेश गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   लुम्बिनी केबुलकारको व्यवसायिक सञ्चालन जेठ १५ देखि, स्थानीयलाई ४५ प्रतिशत छुट   >>   रशेम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट   >>   कोशी प्रदेश सभा भवन अगाडि पहिचानवादी र प्रहरीबीच झडप   >>   घरभाडा छुट गर्न होटल ब्यवसायीहरुको आग्रह   >>   रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस   >>   घरायसी विवादमा बाबुले काटिदिए छोराको नाक   >>   तिलोत्तमाका स्वास्थ्यकर्मीको समस्या तत्काल संबोधन गर्न पेशागत महासंघको माग   >>   रेशम चौधरीलाई आममाफी दिन सरकारको  सिफारिस   >>   लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, विनियोजन विधेयक पेश हुँदै   >>   भारत भ्रमणबारे प्रधानमन्त्रीले सामूहिक छलफल गर्दै