Logo
१४ जेष्ठ २०८०, आईतवार

स्विव्त एजुकेशनको ‘करियर परामर्श कार्यक्रम भव्य’


बुटवल, चैत – स्विव्त एजुकेशनको आयोजना यहि २०२३ मार्च १७ देखि १९ गते चलेको करियर परामर्श सम्पन्न भएको हो । डेल्टा एजुकेसनमार्ट मिलनचौकमा आयोजना गरिएको कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको हो ।
युवाहरुलाई आ–आफ्नो करियरको बाटो देखाउन गरिएको यस कार्यक्रममा बुटवल देखि नेपालभरीका थुप्रै विद्यार्थी र युवा मात्र नभई विभिन्न क्याम्पस, प्रमुख तथा अन्य कम्पनीका व्यापार प्रमुखहरूको पनि सहभागिता थियो ।
अन्तर्राष्ट्रिय बूटक्याम्प मार्गदर्शन खोज्दै गरेका युवाहरुका लागि एक उत्कृष्ट अवसर रहेको जनाइएको छ । यो कार्यक्रममा सहभागीहरुले ग्राफिक डिजाइनीङ्ग, सफ्टवेयर इन्जिनियरिङ्ग र उद्यमशिलता क्षेत्रहरुमा उद्योग विशेषज्ञहरुबाट सल्लाह लिदै उद्योगमा मूल्यवान अनुभवहरु प्राप्त गरेका हुन ।
कार्यक्रमका अन्तरक्रियात्मक गेम जोनहरूमा सहभागीता जनाएका थिए । नेटवकिङ्ग जोनमा ठुला–ठुला नाम चलेका कम्पनीहरुका संचालक र प्रतिनिधिहरु समेत सहभागी भएका थिए ।
स्विव्तसंगै सम्बद्ध अरु कम्पनीहरु, सिटी ९७७ र सयपत्री को आगामी प्रोजेक्टहरुको पनि कार्यक्रममा जानकारी प्रदान गरिएको थियो । स्विव्तको टेक्नोलोजी देखेर सहभागीहरुले पंससासमेत गरेका थिए ।
नेपाली नयाँ वर्ष २०८० कै दिन शुरुवात हुने सिटी ९७७, एक अनलाइन खाद्य र ग्रोसरी डेलिभरी एप हो भने, सयापत्री एक अफलाइन भुक्तानी सेवा प्रदता हो, जसले इन्टरनेट वा सुरक्षा पिनको बिना नै स–सानो भुक्तानीहरु आर.एफ.आइ.दि. टेक्नोलोजीद्वारा गर्ने छ । स्विव्त एजुकेशनले नेपालमा उच्च गुणस्तरको शिक्षा र तालिम प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
अन्तर्राष्ट्रिय बुट क्याम्पको पुर्व तयारी स्वरुप यो कार्यक्रम आयोजना गरिउको छ । जसमा ६ महिना सम्मको कोर्ष गराउने छ । स्विव्त एजुकेशनका ६ महिनाको कोर्सहरुले विद्यार्थीहरुलाई उनीहरुको छानेक्षेत्रमा प्रदान गर्ने छन् । स्विव्त एजुकेशनद्वारा आयोजित यो कार्यक्रम सफलतापुर्वक सकिएको छ र कम्पनीले बूटक्याम्प जस्ता थप कार्यक्रमहरु गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   रशेम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट   >>   कोशी प्रदेश सभा भवन अगाडि पहिचानवादी र प्रहरीबीच झडप   >>   घरभाडा छुट गर्न होटल ब्यवसायीहरुको आग्रह   >>   रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस   >>   घरायसी विवादमा बाबुले काटिदिए छोराको नाक   >>   तिलोत्तमाका स्वास्थ्यकर्मीको समस्या तत्काल संबोधन गर्न पेशागत महासंघको माग   >>   रेशम चौधरीलाई आममाफी दिन सरकारको  सिफारिस   >>   लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, विनियोजन विधेयक पेश हुँदै   >>   भारत भ्रमणबारे प्रधानमन्त्रीले सामूहिक छलफल गर्दै   >>   कोशी प्रदेश नामाकरणविरुद्ध प्रदेश सभाको बैठक अवरुद्ध गर्ने प्रयास,२३ जना पक्राउ