Logo
२४ जेष्ठ २०८०, बुधबार

गठबन्धन सरकारको भविष्य स्पष्ट छैनः शंकर पोखरेल


दाङ, ९ चैत ।

नेकपा एमालेका महासचिव शंकर पोख्रेलले एमाले बलियो प्रतिपक्षीका रुपमा उभिएकाले पार्टी संगठन बलियो बनाउन गाउँगाउँमा पुगेको बताएका छन् । प्रेस चौतारी नेपाल दाङ शाखाले शुक्रबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले गठबन्धन सरकारको भविष्य स्पष्ट नरहेको बताए । राजनीतिक स्थायित्व र विकासका लागि दलहरुको निहित स्वार्थ जनताको हित विपरीत रहेको टिप्पणी गरे ।

अस्थिरताले कोही कसैको भलो नगर्ने हुँदा गहिरिँदो आर्थिक संकट समाधान गर्दै बलियो राष्ट्र बनाउन अबको दस दलीय गठबन्धन केन्द्रित हुनुपर्ने जिकिर गरे । पछिल्लो समय बढ्दो राजनीतिक अराजकता र स्थिरता, सांस्कृतिक, धार्मिक क्षेत्रमा बढ्दो हस्तक्षेप तथा विभिन्न वाह्य शक्तिको हस्तक्षेपले मुलुकको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्व कमजोर बनाउने खेल अहिलेको सत्ता साझेदार दलहरुबाट भईरहेकाले आम नागरिकले बलियो खबरदारी गर्न आवश्यक रहेको बताए ।

जति धेरै दलहरुको गठबन्धन उति धेरै अस्थिरता हुने विगतको अभ्यासले पुष्टि गरेको हुँदा राष्ट्र बनाउने सवालमा सरकारमा सामेल दलहरु बीच देश बनाउने मुद्दा पहिलो प्राथमिकता हुन सक्नुपर्नेमा जोड दिए । देशमा स्थायित्व र विकासका लागि पाँच वर्ष नै सरकार चलाउने गरी अघि बढ्न सत्तारुढ दललाई अपिल गरे ।

फरक स्वार्थ र मुद्दा बोकेका दलहरु आफ्नो स्वार्थ भन्दा माथि उठेर देश बनाउन नलागे मध्यावधि निर्वाचन हुन सक्ने तर्फ संकेत गर्दै आफ्ना कमजोरी सुधार्दै पाँच वर्ष स्थिर सरकार चलाउन सचेत गराए ।

फरक विचार भएका पार्टीको गठबन्धन स्वार्थको हुने भएकाले यो धेरैदिन नरहने बताए । कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य डा. राजन भट्टराई, प्रतिनिधिसभा सदस्य आस्मा चौधरीलगायतको उपस्थिति रहेको थियो । प्रेस चौतारी दाङ जिल्ला अध्यक्ष इन्द्र डिसीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा
  >>   नेपथ्या तिलोत्तमा र स्टार एकेडेमी विजयी   >>   प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारीमाथि हातपात   >>   संविधान समावेशी हुन सकेनः रेशम चौधरी   >>   तिलोत्तमा रेल मार्गको काम अघि बढाउने सर्वदलीय निर्णय   >>   लुम्बिनी केबलकारको उदघाटन प्रधानमन्त्रीबाट   >>   बुटवलका मासु पसल र सप्लायर्सहरुमा अनुगमन   >>   आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई बुझायो प्रतिवेदन   >>   पूर्व राज्यमन्त्री चौधरीको निधन   >>   त्रिवेणीको नर्वदेश्वर मन्दिरमा चार मुर्ती अनावरण, जोगजोगिनी पर्यटकीय स्थलको उदघाटन   >>   सरस्वती विद्यालयमा नयाँ नेतृत्व, शिवराजका विद्यालयमा धमाधम व्यवस्थापन गठन