ट्रेंडिंग:

>> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु >> नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ? >> सल्यानमा बस दुर्घटना हुंदा १३ जना घाइते >> एन्फा उपाध्यक्ष दावा लामा पक्राउ >> जँगली बँदेलले गाउँ पसेर मकैबाली खान थालेपछि स्थानीय चिन्तित >> बेष्ट ईन्स्टिच्युटले सुरु गर्यो लोकसेवा तयारी कक्षा >> घुस प्रकरणमा पोखरा महानगरका इन्जिनियर पक्राउ >> स्थानीय तहमा सडक बत्ती बापतको ३७ करोड बक्यौता, किस्ताबन्दीमा बुझाउने तयारी >> इलाम र बझाङमा उपचुनावको मतपत्र पठाइदै,इलाम २ मा १९ र बझाङमा ११ जना उम्मेदवार >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> एसीसी प्रिमियर कप : नेपाल र साउदी अरब भिड्दै >> आज रामनवमी पर्व मनाइँदै, देशैभरि सार्वजनिक बिदा >> जीवजन्तु मानव स्वास्थ्यमा खतरा !

बढ्दो अपराधका कारण असुरक्षित बन्दै महिला

८ चैत्र २०७९, बुधबार
८ चैत्र २०७९, बुधबार

दाङ, ८ चैत ।

समाजमा विभिन्न प्रकृतिका आपराधिक घटना बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा पछिल्लो तीन वर्षको तथ्यांक हेर्ने हो भने पनि आपराधिक घटना डरलाग्दो गरी बढ्दै गएको देखिएको छ ।

फागुन २६ गते राती घोराही उपमहानगरपालिका वडा नम्बर १७ कीे २९ वर्षीया महिलामाथि सामूहिक बलात्कार भयो । जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१७ बेलभारबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई बेलभार चोकदेखि करिब १ सय मिटर पश्चिममा रहेको खाली जग्गामा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमो प्रहरीले पक्राउ गरेको हो । बंगलाचुली गाउँपालिका ४ मुलाबारीमा चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

जिल्लामा भइरहेका बलात्कार, बलात्कार प्रयास, बहुविवाह, बाल यौन हिंसा, बेखविखन, आत्महत्यालगायतका अपराधको संख्या निकै ठूलो छ । आर्थिक वर्ष २०७७–०७८ मा ८१ बलात्कारका घटनामा महिला तथा बालिका पीडित भएका छन् भने आर्थिक वर्ष २०७८–०७९ मा ८३ बलात्कारका घटना भएको प्रहरी तथ्यांक छ । त्यस्तै चालु आर्थिक वर्षको हालसम्म ४८ वटा बलात्कारका घटना भएका जिल्ला प्रहरी उपरीक्षक वीर वहादुर वलीले जानकारी दिए ।

आपराधिक घटना बढ्दै गएपनि राजनीतिक, सामाजिक, पारिवारिक प्रभाव, पीडित र जाहेरीवाला नै आर्थिक प्रलोभनमा पर्ने, होस्टाइल हुने, अदालतमा बयान फेर्ने, पीडित खुलेर बोल्न नसक्ने अवस्थाले हिंसासम्बन्धी अपराध न्यूनीकरणमा चुनौती देखिएको प्रहरी उपरीक्षक वलीले बताए ।

प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमका अनुसार आर्थिक वर्ष २०७७–०७८ मा दुई सय ७० हिंसाका निवेदन प्रहरी कार्यालयमा आएका थिए भने आर्थिक वर्ष २०७८–०७९ मा यो संख्या चार सय ३१ पुगेको थियो । चालु आर्थिक वर्ष २०७९–०८० को हालसम्म प्रहरी कार्यालयमा हिंसाकोे उजुरी संख्या चार सय २० पुगिसकेको छ । विद्यमान कानूनको अज्ञानता, झुट्ठा निवेदन दिने प्रचलन पनि बढेको उनले बताए । समुदाय, नागरिक र प्रहरीको संयुक्त प्रयासबाट समाजलाई अपराधमुक्त गर्न सकिने हुँदा सबैको सामूहिक प्रयास आवश्यक रहेको उनको भनाई छ ।

आर्थिक वर्ष २०७७–०७८ मा दाङ प्रहरीमा एक सय ४१ घरेलु हिंसाका घटनाका निवेदन परे भने आर्थिक वर्ष २०७८–०७९ मा यो संख्या एक सय २९ थियो । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ७४ वटा घरेलु हिंसासम्बन्धी उजुरी प्रहरीसम्म पुगेका छन् ।

चालु आर्थिक वर्षको हालसम्म सबैभन्दा बढी लैंगिक हिंसाका घटना प्रहरी कार्यालयमा दर्र्ता भएको छ । लैंगिक हिंसाका ४ सय २० वटा रहेको छ । यसपछि बलात्कार सम्बन्धी घटना रहेको छ । समाजमा मौलाउँदो अपराधले महिलाहरु सुरक्षित छैनन् भन्ने स्पष्ट संकेत देखाएको छ । प्रहरी कार्यालयको तथ्यांक अनुसार, यो आर्थिक वर्षको हालसम्म ४८ वटा बलात्कारका घटना भएका छन् । बलात्कार प्रयासका १०, बाल यौन दुरुपयोगका ६ वटा घटना दर्ता भएको छ । पछिल्लो ३ वर्षको अन्तरालको अवस्था नियाल्दा वर्षेनी बलात्कारका घटना बढ्दै गएको देखिएको छ । आर्थिक वर्ष २०७७–०७८ मा ८१ वटा बलात्कारका घटना भएकोमा आर्थिक वर्ष २०७८–०७९ मा ८३ वटा र चालु आर्थिक वर्षको हालसम्म ४८ वटा बलात्कारका घटना हुनुले समाजमा यसको प्रभाव डरलाग्दो देखिएको छ ।

यसैगरी, हिंसापीडितहरुलाई उपचार, मनोपरामर्शलगायतका सेवा दिइरहेको लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) ले घोराहीमा पनि पछिल्लो समय बलात्कारका ४७, यौन दुव्र्यवहारका १३ र शारीरिक दुव्र्यवहारका ५८, बालविवाह तथा जबर्जस्ती विवाहका १२, स्रोत साधन र अधिकारबाट बञ्चित भएका चार, मानसिक दुव्र्यवहारका ३१ र अन्य दुई गरी एक सय ६७ जनालाई सेवा दिएको ओसिएमसी संयोजक डा. विभूति शर्माले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?