Logo
२३ जेष्ठ २०८०, मंगलवार
मुख्य खबर

गन्तव्य उठाउन ‘जाउँ हिँड रेसुङ्गा’

धार्मिक महोत्सवका लागि चार सय सन्तहरु भारतबाट रेसुङ्गामा आउने कार्यक्रम समेततय भैसकेको संरक्षण समितिले जनाएको छ । रेसुङ्गा क्षेत्रको विकासवाट जिल्लाको अन्य धार्मिक र पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा टेवा पुग्ने भन्दै महोत्सवको तयारी गरिएको हो ।

गुल्मी(बुटवल टुडे) चैत । भारतको अयोध्या र गुल्मीको पबित्र धार्मिक क्षेत्र रेसुङ्गाको पुरानो धार्मिक एवं ऐतिहासिक सम्बन्धलाई विस्तार गर्न गुल्मीमा धार्मिक महोत्सवको आयोजन गर्न लागिएको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा आउँदो बैशाख २३ देखि ३१ गतेसम्म श्रीराम महायज्ञ कथा वाचन महोत्सव एवं विराट सन्त भक्त दर्शन मेलाको आयोजना गर्न लागेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले बताए ।
रेसुङ्गालाई धार्मिक एवं पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने उद्देश्यले बैशाखको तेश्रो साता रेसुङ्गाको पोखरी क्षेत्रमा उक्त धार्मिक महोत्सव गर्न लागिएको हो । त्रेता यूगदेखि रेसुङ्गाको सम्बन्ध अयोध्यासंग जोडिएको भएपनि यी दुइ बीचको धार्मिक सम्बन्ध र महत्वको बारेमा प्रचार प्रसार हुन सकेको थिएन ।
दुइ देशका महत्वपूर्ण धार्मिक स्थलहरुको सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि भारतको राम अयोध्या धामका स्वामी राजेन्द्रनन्द जी महाराज र राजस्थानका योगी शम्भुनाथ जी महाराजलले यतिबेला सम्बन्ध बिस्तारको लागि पहल शुरु गर्न लागेका हुन । उनीहरु दुबै जना पबित्र तपोभूमि रेसुङ्गा आएर जिल्लाका सवै सरोकारवालासँग धार्मिक सम्मेलन र यसको मुख्य उद्देश्यहरुको बारेमा जानकारी गराएका छन ।

धार्मिक महोत्सवका लागि चार सय शन्तहरु भारतवाट रेसुङ्गामा आउने कार्यक्रम समेत तय भैसकेको संरक्षण समितिले जनाएको छ । रेसुङ्गा क्षेत्रको विकासवाट जिल्लाको अन्य धार्मिक र पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा टेवा पुग्ने भन्दै महोत्सवको तयारी गरिएको हो । रेसुङ्गा नगरपालिका सहित छिमेकी पालिका, स्थानीय प्रशासन र विभिन्न संघ÷संस्थाहरुले बैशाख तेश्रो साता सम्मेलन आयोजना गर्ने बिषयमा सहमति भै सकेको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए ।
रेसुङ्गा नगरपालिकाले पनि रेसुङ्गा क्षेत्रको विकासको लागि केही दिनमै ‘जाउँ हिँड रेसुङ्गा’ भन्ने अभियान शुभारम्भ गर्न लागेको बताईएको छ ।

रेसुङ्गा नगरपालिकाको नीति तथा कार्यक्रममा रेसुङ्गाको पर्यटकीय विकासलाई मुख्य प्राथमिकतामा राखेको भन्दै यो धार्मिक महोत्सवले रेसुङ्गालाई पर्यटकीय गन्तव्य स्थलको रुपमा प्रचार प्रसार गर्न थप सहयोग पुग्ने नगर प्रमुख पन्थीले बताए । योगी शम्भुनाथ जी महाराजले ऐसिहासिक, धार्मिक तथा प्राकृति रुपले विचित्र र रमणीय रेसुङ्गा क्षेत्र ओझेलमा परेकोप्रति दुख व्यक्त गरेका थिए । उनले अयोध्याका राजा दशरथलाई पुत्र नभएपछि रेसुङ्गाका ऋष्यश्रृङ्ग ऋृषिलाई अयोध्या लगेर यज्ञ गरेपछि पुत्र प्राप्त भएको प्रशङ्ग बताए । रेसुङ्गा र अयोध्यासँगको पुरानो धार्मिक सम्बन्ध बिस्तार गर्दै साधु सन्तहरुको आवत–जावत बढाउने उद्देश्यले सम्मेलन मार्फत अभियान संचालन गर्न लागिएको रेसुङ्गा संरक्षण समितिले जनाएको छ ।
रेसुङ्गामा यदुकानन्दले वि.सं. १९८३ मा बनाएको सुनको गजुर र तामाको छाना भएको प्यागोडा शैलीमा निर्मित यज्ञशाला रहेको छ । यज्ञशाला भित्र रहेको हवन कुण्डमा अखण्ड दिप प्रज्वलित हुने भएका कारण आन्तरिक तथा बाह्य पर्यटकको लागी यो स्थान निकै आर्कषक मानिन्छ । सदरमुकाम तम्घासदेखि करिव २५ मिनेटको समयमा सवारी साधन मार्फत सहज रुपमा रेसुङ्गा क्षेत्रमा पुग्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?