ट्रेंडिंग:

>> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह
मुख्य खबर

किन घटे तालमा आगन्तुक चरा ?

८ चैत्र २०७९, बुधबार
८ चैत्र २०७९, बुधबार

चन्द्रौटा(कपिलवस्तु), ७ चैत ।
प्राकृतिक सुन्दरताले भरिएको छ, कपिलवस्तु । जसमध्ये जगदीशपुर ताल पनि एक हो । जहाँ चराचुरुङ्गी लगायत अनेकौँ रंगीचंगी भएको पाइन्छ । जिल्लाकै ठूलो रहेको जगदीशपुर तालले बेग्लै पहिचान बनाएको छ ।
जुन ताल आगन्तुक चराको प्रमुख आकर्षणको गन्तव्य रुपमा मानिन्छ । पहिले विभिन्न प्रजातिका चराचुरुङ्गीको ताँती नै देखिन्थ्यो । हिँउदे जाडो छल्न आएका चराले ताल आसपासको क्षेत्र मनमोहक देखिन्थ्यो । सिमसार क्षेत्रमा सम्बन्धित निकायको ध्यान नगएकोले तालमा आगन्तुक चरा घट्दै गएको सहजै अनुमान गर्न सकिन्छ ।
यहाँ कंक्रिटको संरचना निर्माण भए सँगै आगन्तुक चराको संख्या वर्षेनी घट्दै गएको छ । सीमसार क्षेत्रमा सरकारले पर्यटन, प्रवर्द्धन तथा विकास निर्माणका नाममा जथाभावी कंक्रिट संरचना निर्माण गर्न थालेपछि जल र जमिनमा आश्रित आगन्तुक चरा हराउन थालेका छन् ।
चराचुरुङ्गीको क्रियाकलाप हेर्न स्थानीय पर्यटकको घुइँचो लाग्ने गर्दथ्यो । अहिले जगदीशपुर तालमा त्यस्तो अवस्था विरलै देख्न पाइन्छ । ताल घेराबारदेखि पर्यटक लोभ्याउन डुङ्गा चलाउने, मठमन्दिर बनाउने, पिक्निक स्पोट बनाउने जस्ता गतिविधिले सुन्दर जैविक विविधता हराउन थालेको स्थानीयले गुनासो गरेका छन् । सिमसार क्षेत्रमा संरचना निर्माण गर्दा विज्ञहरुसँग सुझाव नलिएको जनाइएको छ ।

पन्छी विज्ञ कृष्ण प्रसाद भुसालले रामसारमा सूचीकृत क्षेत्रमा बन्ने संरचना पर्यावरण मैत्री नभएको जिकिर गरे । उनले भने ः “संरचना निर्माण गर्दा पर्यावरण संरक्षणमा समेत जोड दिनुपर्छ । जगदीशपुर आरक्ष बन्नुपूर्व तालको डिलमा टायल राखेर पदमार्ग निर्माण गरिएको थियो ।“ विज्ञ भुसालले थपे ः “अहिले दुई स्थानमा कंक्रिटका ठूला टावर स्थापना भएका छन् । पूर्वी भेगमा होटल सञ्चालित छन् । तालमा डुङ्गा सञ्चालन रहेको छ । ताल क्षेत्रमा मानवीय क्रियाकलाप बढेसँगै शान्त वातावरण रुचाउने चराको संख्या निरन्तर घटेको छ ।“

सो आरक्षमा सन् २०१९ मा १४ हजार ९८०, सन् २०२० मा २० हजार आठ सय, सन् २०२१ मा १२ हजार ६३, सन् २०२२ मा ११ हजार १८ चरा गणना भएको थियो । पन्छी संरक्षण संघका बायोलोजिस्ट दिलिप चन्दका अनुसार यस वर्ष ११ हजार २ सय २२ चरा गणना भएको छ ।कृष्णनगर नगरपालिकाको अजिगरा ताल, विजयनगर गाउँपालिकाको शंकरपुर तालमा संरचना निर्माणका लागि डीपीआर तयार भइरहेको छ । बुद्धभूमि नगरपालिकाको बुड्ढी ताललाई सौन्दर्यीकरण गर्न संघीय सरकारले बजेट समेत विनियोजन गरेको छ । ताल संरक्षणको नाममा निर्माणको कार्य सुरु भएसँगै चराको चहलपहल घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?